सागर परियार
आइतवार, कार्तिक २४, २०७६
797

जुम्ला खलंगा बजारको एक खाजा घरमा बिद्युत सर्ट भएर भिषण आगलागी भएको छ । चन्दननाथ नगरपालिक ५ नेवाकिचन खाजा घरमा शनिबार बिहान ११ बजेतिर आगलागी भएको हो । जिल्ला प्रशासन कार्यालय अगाडि रहेको नवराज श्रेष्ठको घरमा आगलागी करिब ६० लाख ७९ हजार बढिको क्षेती भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख डिएसपी लालवहादुर धामीले बताए ।
होटल समेत संचालनमा रहेको उक्त घरमा आगलामी हुँदा मानवीय क्षती हुन सकेको छैन् । तर धनमाल भने पुरौ जलेर जष्ट भएको डिएसपी धामीको भनाई छ । पिडित नवराज श्रेष्ठको आगलागीबाट नगद ८ लाख ,सुनचादी गरगहना, घर, लत्ता कपडा, ईलेक्ट्रोनिक सामान ,फर्निचर ,भाडावर्तन लगाय अन्य गरी ६० लाख ७९ हजार बराबरको क्षेति भएको प्रहरी निरिक्षक राजेन्द्र बहादुर चन्दले जानकारि दिए ।

पिडित परिवारलाई अहिले लगाउने एकसरो लुगा पनि छैन् । भने, बस्ने ठाउँको समेत समस्या भएको अबस्था छ । नयाँ घर निर्माण भएको एक वर्ष नबित्दै आगलागी भएपछि पिडित परिवारले ठुलो क्षति व्यहोर्नु परेको छ । शनिवार आगलागी भएपनि परिवार बेहोस भएपछि प्रहरीले क्षतिको विवरण संकलन गर्न सकेको थिएन । आगलागीबाट भएको क्षतिको विवरण आईतबार सार्वजानिक गरिएको हो ।
दमकलले जोगायो मुख्य शहर
सदरमुकाममै अघिल्लो पटक चन्दननाथ नगरपालिका १ जयबहादुर भण्डारीको घरमा आगलागी हुँदा विभित कारण दमकल पुग्न सकेन् । जसका कारण ७३ लाख बरारबको क्षति भएको थियो । तर शनिवार प्रशासन अगाडीको होटलमा भएको आगालामीमा ५ मिनेटमै दमशल आएपछि घरसहित शहर आगजनी हुने खतराबाट बचायो । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे भन्छन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय युवाहरुको सहयोगले आगो नियन्त्रण सम्भव थिएन । चन्दननाथ नगरपालिकाको दमकल आएपछि ५ मिनेटमै आगो नियन्त्रण गरी ठुलो क्षति हुनबाट बचाएको प्रजिअ बञ्जाडेको भनाई छ ।
दमकल नआएको भए, खलंगाको मूख्य बजारर्नै खरानी हुने अबस्था थियो । समयमै आगो नियन्त्रणमा आएकोले अन्य घरहरुलाई जोगाउन सफल भएको र बिपत पूर्ब गरिएको तयारी मजबुद भएकोले ठुलो क्षति हुन बाट बचेको मेयर कान्तिका सेजुवालाको दाबी छ । उनका अनुसार अहिले दमकलमा हरेक दिन पानी भरेर तयारी अवस्थामा राख्ने गरिएको छ । सेजुवालले पिडितलाई नियम अनुसार जे जति सहयोग गर्न सकिन्छ सहयोग गर्ने बाचा गर्नु भएको छ । जुम्लाका कतिपय मुख्य बजारमा दमकल नै नछिर्ने भएकाले त्यसअनुसारको बाटोको आवश्यकता छ । तथापि बढ्दो विकाससँगै यो विषयमा ध्यान नदिएकोमा उच्च जोखिम रहने भन्दै भौतिक पूर्वाधार निर्माणमा स्थानीयले जोड दिएका छन् । आगलागी पिडित श्रेष्ठलाई आबश्यक राहत उललब्ध गराउनका लागि सबै क्षेत्रबाट पहल भईरहेको प्रजिअ बञ्जाडेले बताईन् ।