कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६
272

काठमाडौंको साँखुमा बिहीबार अपरान्ह बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार आमा ह्योल्मो यातायातको बस सिन्धुपाल्चोकबाट काठमाडौं आउँदा गरेको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनामा परेको हो । तीनजनाको घटनास्थलमै मृत्यु भएको र घाइते सबैको उद्धार गरिएको छ । ओरालोमा चिप्लिएर बस दुर्घटनामा परेको बताइएको छ ।