Logo

बजार अनुमगन तीब्र

जुम्लामा दसैं सुरु भएसँगै बजार अनुगमनालाई तीव्र पारिएको छ । दसैंलाई लक्षित गरी जुम्लामा बजार अनुमगनलाई तीब्र पारिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।
चाडपर्वका बेला म्याद गुज्रिएका सामग्री बेचेर उपभोक्ता नठगिउन भनेर बजार अनुगमन तीब्र पारिएको बञ्जाडेले बताइन् । उनका अनुसार बजार अनुगमनमा खाद्य सपल, डिजेल पेट्रोलका डिलर, होटल मिठाई पसलमा दुइ टोली गरेर अनुमगन गरिएको छ ।
करिब तीन दर्जन बढी पसलहरुमा गरिएको अनुगमनबाट म्याद सकिएका करिब २४ हजार पाँच सय तीस रुपैयाँ बराबरको म्याद सकिएको खाद्य सामाग्री जफत गरी नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्