रजनी श्रेष्ठ
आइतवार, आश्विन १२, २०७६
1018

एहिपस्सिको बुद्धिस्ट फाउन्डेशनद्वारा आयोजित "धर्मको नाममा पशुबलि नगरौँ " भन्ने नारा सहितको र्याली सम्पन्न भएको छ । फाउन्डेशनका अध्यक्ष श्रदेय भिक्षु पियदस्सी भन्छन् " दशैँ र तिहारको बेलामा धेरै बलि दिने चलन छ , यो कदापी ठिक होइन । दण्ड देखेर सबै डराउँछन्, सबै प्राणीमा ज्यानको माया हुन्छ । त्यसकारण आफुले आफुलाई उपमाको रुपमा लीई कुनै पनि प्राणीलाई घात नगर्नु र नगराउनु भनेर बुद्ध धर्म को किताबमा प्रस्ट पारिएको छ । यो कुरा बुद्ध धर्मले मात्र हैन हरेक धर्ममा लागु हुन्छ, अपनाउने नअपनाउने आफ्नो मानको कुरा हो । यस बिषयमा धेरै जनचेतना नभएको हुँदा र्यालीको मध्यमबाट सानो धर्म तर्फको कदम हो । "
चन्द्रागिरी नगरपालिका, किसिपिडी बाट शुरु भएको र्याली थानकोट विहारमा सम्पन्न भएको हो ।

उपस्थित मुख्य अतिथिका रुपमा सम्मानित चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरिले आफुले पहिला पशु बलि दिने गरेको र पछि  बिहार गएर प्राणी हिंशाको बारे बुझे पछि पशुलाई बलि दिंदा सन्तुष्टि प्राप्त हुँदैन भन्ने कुरा मनन गरेको बताएका हुन् । साथै यस अभियानमा नगरपालिकाले निरन्तर साथ दिने पनि बताए ।
चन्द्रागिरी नगरपालिकाका बौद्ध बिहारहरु तथा संघ संस्थाहरुको संलग्नतामा र्याली भएको हो । 
शान्तिको लागि अन्तर्धार्मिक अभियान सँग सहकार्य गरी र्यालीमा सह-आयोजकको भूमिकामा युथ धम्म फ्यामिलीका समूह हुन् । साथै र्यालीलाई सफल बनाउन थानकोट पोलिस चेकपोस्टको पनि सहकार्य रहेको थियो ।