कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६
434

नेपाल प्रेस यूनियनको आगामी महाधिवेशनको मिति तय भएको छ । प्रेस यूनियनको सचिवालय बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो ।
अध्यक्ष बद्री सिग्देलले मंसिर २८ र २९ गते यूनियनको नवौं महाधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए । अहिलेसम्म ७१ जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन सम्पन्न भइसकेको छ ।
प्रेस यूनियनका डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा जिल्ला शाखा छन् भने काठमाडौँ र कैलालीमा उपशाखा तथा सात प्रतिष्ठान शाखा छन् । अध्यक्ष सिग्देलका अनुसार सचिवालय बैठकले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्य, प्रेस यूनियनका पूर्वअध्यक्ष समिरजंग शाह र पत्रकार कबिर राणालाई यूनियनको सल्लाहकारमा मनोनित गरेको छ ।