कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६
302

अर्घाखाँची- सुपादेउराली मन्दिर नजिकै जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । घटनास्थलमा दुई जनाको र प्राथमिक स्वास्थ्य केन्द्र ठाडाँमा उपचारको क्रममा एक जनाको मृत्यु भएको हो ।
कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्कका लागि छुटेको लु १ ज १३२९ नम्बरको जिप दुर्घटना भएको हो । जिपमा ८ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । मृत्यु हुनेमा सवारी चालक अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा नम्बर ३ घर भई हाल कृष्णनगर बस्ने वर्ष ५२ का सुमन्त भुसाल रहेका छन् । चालक भुसाललाई गाडीले च्यापेको थियो ।
त्यस्तै मालारानी गाउँपालिका वडा नम्बर ३ का वर्ष ३७ का रूद्रप्रसाद भुसालको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडाँमा मृत्युु भएको ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी जवान नारायण पराजुलीले जानकारी दिए । एक जनाको शव पहिचान हुन सकेको छैन ।