कारोबार संवाददाता
आइतवार, असार १, २०७६
1702

भैरहवा क्षेत्रमा शनिबार देशमै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ । शनिबार भैरहवाको तामक्रम अधिकतम ४३.३ डिग्री र न्यूनतम २८.३ डिग्री मापन भएको छ ।
नेपालगन्ज र धनगढीलाई पनि भैरहवाको तापक्रमले उछिनेको छ । शनिबार नेपालगन्जमा ४३ र धनगढीमा ४२.५ डिग्री मापन भएको छ । गर्मीले जनजीवन प्रभावित भएको छ भने अस्पतालमा बिरामी बढेका छन् । गर्मीका कारण सबैभन्दा बढी मजदुर, रिक्सा चालक जस्ता श्रम गर्नेहरु प्रभावित भएका छन् । धेरै श्रम गर्ने मजदुर रिक्साचालकलाई गर्मीले छिटो छुने भएकाले घामबाट बचेर काम गर्न चिकित्सकले आग्रह गरेका छन् । भैरहवास्थित मौसम विभाग कार्यालयका अनुसार २०६९ असार १ मा अधिकतम तापक्रम ४३.८ डिग्री रेकर्ड गरिएको थियो ।
यस क्षेत्रमा वर्षा हुन नसक्दा रोपाइँ गर्ने बेला आउँदासम्म पनि किसानले धानको ब्याड हाल्न सकेका छैनन् भने तयार रहेको बिउ खेतमै डढ्न थालेको छ ।