दीननाथ बराल
मंगलबार, चैत्र ५, २०७५

आगामी वैशाख १ गतेदेखि पोखराका बसमा ई–टिकेटिङ सिस्टम लागू हुने भएको छ । पोखरा महानगरपालिकाको समन्वयमा काठमाडौंको एन क्लाउड र पोखरा क्षेत्रका सार्वजनिक यातयात व्यवसायीहरूबीच भएको सम्झौतापछि वैशाख १ गतेदेखि लागू हुने गरी पोखरा क्षेत्रका बस सेवामा ई–टिकेटिङ सिस्टम लागू हुने भएको हो ।

219
कारोबार संवाददाता
मंगलबार, चैत्र ५, २०७५

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ डाँडावनमा हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा डोटीको सायल गाउँपालिकाका ३६ वर्षीय गणेश साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

172
कारोबार संवाददाता
सोमवार, चैत्र ४, २०७५

सशस्त्र प्रहरी बलले भूकम्पपछि क्षतिग्रस्त भएका आफ्ना संरचनाको ९२ प्रतिशत पुनर्निर्माण सम्पन्न गरेको छ । आइतबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पुनर्निर्माणसम्बन्धी आर्थिक वर्ष ०७५-७६ को प्रगति प्रस्तुत गर्दै बलका वरिष्ठ उपरीक्षक सन्दीप थापाले दिएको जानकारी अनुसार, पुनर्निर्माण कार्य संचालन भएका २८ मध्ये २६ वटाको सम्पूर्ण कार्य सम्पन्न भएको छ । पुनर्निर्माण सम्पन्न भएका संरचनामा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयलगायत विभिन्न बाहिनी, गण तथा गुल्मका हेडक्र्वाटर रहेका छन् ।

225
कारोबार संवाददाता
सोमवार, चैत्र ४, २०७५

साविकका स्थानीय निकायमा स्थायी नियुिक्त पाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्वतःसमायोजित कर्मचारी समायोजन हुँदा तह संघीय कानुनको अभावमा अहिलेसम्म स्वतःसमायोजित स्थानीय तहका कर्मचारीको तह मिलान हुनसकेको छैन । कतिपय स्थानीय तहले स्वतःसमायोजित कर्मचारीको पनि तह मिलान गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ स्थानीय तहलाई पत्राचार गरी ती कर्मचारीको तह मिलानको कानुनी व्यवस्था नरहेको स्पष्ट पारेको हो ।

214
महादेव अवस्थी
शुक्रवार, चैत्र १, २०७५

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणका आरोपी प्रहरी कर्मचारीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । सार्वजनिक न्यायविरुद्धको कसुर र यातना विरुद्धको कसुरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारीलाई बिहीबार जिल्ला अदालत कञ्चनपुरले ३२ पानाको आदेश जारी गरेको हो ।

316
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५

नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय एकता र अखण्डताको लागि नेपाली सेना प्रतिबद्ध रहेको बताएका छन् । लमजुङ सदरमुकाम बेंसीशहरमा आयोजित गण्डकी प्रदेश स्तरीय छैटौं लमजुङ महोत्सवको समापन समारोहमा थापाले यस्तो बताएका हुन् । प्रधानसेनापति थापाले नेपाली सेना नेपाली जनताको साझा सेना भएकोले नेपालको स्वाधिनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको लागि प्रतिबद्ध रहेको बताए । उनले राष्ट्रिय एकताको लागि सविधानले नै नेपाली सेनालाई जिम्मेवारी दिएको भन्दै आफ्नो जिम्मेवारीप्रति सेना जिम्मेबार रहेको दाबी गरे ।

576
कारोबार संवाददाता
सोमवार, फाल्गुन २७, २०७५

एक युवाको हत्या गरेको आरोपमा ४ जना युवालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका १४ स्थित आधिखोलाको मोटरेबल पक्की पुलमुनी फागुन १९ गते घाइते अवस्थामा भेटिएका पुतलीबजार–१ नारायणस्थानका २५ वर्षिय सिसोक गुरुङलाई हत्या गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

450
कारोबार संवाददाता
सोमवार, फाल्गुन २७, २०७५

भोजपुरको षडानन्द नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किशोर किरातले नगरपालिकाका प्रशासकीय अधिकृत ध्यान कुमार थापामाथि हातपात गरेका छन् । राईले अधिकृत थापालाई उनकै कार्यकक्षमा गई हातपात गरेका हुन् । अधिकृत थापामाथि किरातले बिहिबार दिउँसो १२ बजे उनकै कार्यकक्षमा कुटपिट गरेको बताइएको छ । किरातले अधिकृत थापालाई ‘तैंले सबै योजनाको रकम पेश्कीबापत किन दिँदैनस् ।

513
कारोबार संवाददाता
आइतवार, फाल्गुन २६, २०७५

वरिष्ठ भाषाशास्त्री प्राज्ञ बालकृष्ण पोखरेलको नाममा सडकको नामाकरण गरिने भएको छ । विराटनगर महानगरपालिकाले ट्राफिक चोकदेखि पोखरेलको निवास निलसदनसम्मको सडकलाई बालकृष्ण मार्ग नामाकरण गर्ने प्रक्रिया अगाडि बढाइएको मेयर भीम पराजुलीले जानकारी गराए । पोखरेलको १३ औं पुण्यतिथिका अवसरमा महानगरले शनिबार आयोजना गरेको श्रद्धाञ्जलीसभामा मेयर पराजुलीले भने, “उहाँ विराटनगरका मात्रै नभएर मुलुकै गहना हुनुहुन्थ्यो । उहाँले नेपाली भाषा, साहित्य र अनुसन्धानमा पु¥याएको योगदानको उच्च कदर गर्दै बालकृष्ण मार्ग नामाकरण गर्ने तयारी भइरहेको छ ।”

300
कारोबार संवाददाता
आइतवार, फाल्गुन २६, २०७५

भोजपुरमा जिल्ला प्रहरी कार्यालयले ठूलो मात्रामा लुकाएर राखेको अवस्थामा वन्यजन्तुको अवैध छाला, अंग र हातहतियार बरामद गरेको छ । भोजपुरको पश्चिम टेम्के मैयुङ गाउँपालिकाको वडा नम्वर २ रुमलाबाट जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी केशव कुुमार थेवेको नेतृत्वमा गएको प्रहरी टोलीले ती सामग्रीहरु बरामद गरेको हो ।

317
कारोबार संवाददाता
शनिवार, फाल्गुन २५, २०७५

अन्तरर्राष्ट्रिय महिला दिवस ८ मार्चका अवसरमा ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारस्समृद्धिको आधार’ नारा सहित महिला र बालिकामाथि हुने हिंसाविरुद्ध पुरुष पदयात्रा आयेजना गरिएको छ । युवालयको आयोजनामा २२ भन्दा बढी संघसंस्थाको सहकार्यमा ललितपुरमा पदयात्रा सम्पन्न गरिएको हो । कार्यक्रममा करिब २०० पुरुष सहभागी थिए ।

352
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २४, २०७५

एमएस ग्रुपका अध्यक्ष तथा वरिष्ठ उद्योगी शिवकुमार अग्रवालको भारतको चेन्नाइमा ७६ वर्षको उमेरमा निधन भएको छ । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि एक साताअघि थप उपचारका लागि भारत लगिएको थियो । अग्रवाल लामो समयदेखि मुटु तथा मिर्गाैला रोगबाट पीडित हुनु हुन्थ्यो । अग्रवालका श्रीमती र दुई छोरा, एक छोरी छन् ।

360
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २४, २०७५

सर्वोच्च अदालतले राज्यविरुद्ध सङ्गठित अपराधको मुद्दामा चन्द्रकान्त राउत भनिने डा. सीके राउतलाई तारेखमा छाड्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले राउतलाई तारेखमा रहेर मुद्दा खेप्न पाउने गरी तारेखमा छाड्न आदेश जारी गरेको हो ।

298
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २४, २०७५

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय नाटक महोत्सव सुरु भएको छ । सांस्कृतिक संस्थान काठमाडौं र आरङ्ग नेपाल सुर्खेतको संयुक्त आयोजनामा प्रदेशमै पहिलो पटक बिहीबारदेखि वीरेन्द्रनगरस्थित प्रहरी व्यायामशाला हलमा राष्ट्रिय नाटक महोत्सव सुरु भएको हो । यही फागुन २९ गतेसम्म सञ्चालन हुने ‘रारा राष्ट्रिय नाटक महोत्सव’मा देशभरका कलाकारले १२ वटा नाटक प्रस्तुत गर्ने आरङ्ग नेपालका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए ।

241
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २४, २०७५

उपत्यकाभित्र मोटरसाइकलको दुर्घटना सबैभन्दा बढी हुने गरेको बताउँदै यो चुनौतीको रुपमा देखिएको सरोकारवालाहरुले जनाएका छन् । मोटरसाइकल सुरक्षा वर्ष २०७५ को अवरमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । नेपाल अटो मोबाइल्स एसोसिएसन (नासा)ले आयोजना गरेको नेपालमा बढ्दै गएको मोटरसाइकल, सडक दुर्घटना न्यूनीकरण सम्बन्धी कार्यक्रममा सरोकारवालाले दुर्घटना घटाउन उचित पहलकदमी हुनुपर्नेमा जोड दिए ।

334