कारोबार संवाददाता
सोमवार, चैत्र २५, २०७५

साताको पहिलो दिन आइतबार सेयरको मूल्यमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १७ दशमलव १६ विन्दुले बढेर एक हजार १८२ दशमलव ३६ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ४१ विन्दुले बढेर २५२ दशमलव ९८ विन्दुमा पुगेको छ ।

652
कारोबार संवाददाता
शुक्रवार, चैत्र २२, २०७५

हिमालय ऊर्जा विकास कम्पनीको साधारण सेयर (आईपीओ) मा दोस्रो दिनमै १.२५ गुणा बढी सेयर आवेदन परेको छ । बुधबारदेखि सेयर निष्कासन गरेको कम्पनीमा दुई दिनमै मागभन्दा बढी सेयर परेको र सेयरमा लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको कम्पनीका प्रबन्धक प्रकाश दुलालले जानकारी दिए ।

907
कारोबार संवाददाता
बिहिवार, चैत्र २१, २०७५

मंगलबार दोहोरो अंकको वृद्धि भएको सेयर बजार बुधबार भने सामान्य अंकले मात्र वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.०१ बिन्दुले बढेर १ हजार १६५.८४ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५७ बिन्दुले बढेर २४८.७२ बिन्दुमा पुगेको छ ।

680
कारोबार संवाददाता
मंगलबार, चैत्र १९, २०७५

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएपछि कारोबार चाप बढेको छ । पहिलोको नेप्सेको अनलाइन प्रणालीबाट हुने कारोबारको तथ्यांकभन्दा लगानीकर्ताले नै चलाउने प्रणाली सुरु भए पनि कारोबार संख्या बढेको हो । लगानीकर्ताले प्रणाली नचलाउँदा साउनदेखि कात्तिक १९ गतेसम्मको अवधिमा कुनै एक दिन १० हजार पटकसम्म सेयर कारोबार हुँदै आएकोमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली आएपछि १५ हजार पटकसम्म सेयर किनबेच भएको नेप्सेले जनाएको छ । लगानीकर्ताले अनलाइन चलाउन थालेपछि पहिलेको तुलनामा कारोबार संख्या ५० प्रतिशतले बढेको हो ।

818
कारोबार संवाददाता
सोमवार, चैत्र १८, २०७५

सेयर बजार बढ्ने क्रम साताको पहिलो दिन आइतबार थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.९१ विन्दुले घटेर एक हजार १४३.५९ विन्दुमा झरेको छ ।

641
कारोबार संवाददाता
शुक्रवार, चैत्र १५, २०७५

नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज(नेप्से)को सिफरसमा नै धितोपत्र ब्रोकरलाई मार्जिङ कारोबार गर्न स्वीकृति दिने भएको छ । यसअघि मार्जिङ कारोबारको कार सुरु गर्ने भनिएपनि धितोपत्र ब्रोकरलार्ई केन्द्रीय बैंकमा सिफारिस गर्ने विषय स्पष्ट नभएपनि अन्योल देखिएको हो । केन्द्रीय बैंकले निर्देशन जारी गर्दै नेप्सेको सिफारिसमा धितोपत्र ब्रोकरलाई मार्जिङ कारोबारको सुविधा दिने व्यवस्था गरेपछि काम पनि सुरु हुने भएको छ । कर्जा सम्बन्धी काम गर्ने भउकाले केन्द्रीय बैंकको अनुमती आवश्यक हुन्छ । तर, केन्द्रीय बैंकको अनुमती लिनका लागि कस्ले सिफारिसस गरीदिने भन्ने स्पष्ट हुन सकेको थिएन ।

691
कारोबार संवाददाता
बिहिवार, चैत्र १४, २०७५

बुधबार सेयर दलालहरूको भेण्डर कम्पनीको डाटा सेन्टरमा समस्या आएपछि सेयर खरिद बिक्रीसमेत प्रभावित भएको छ । सेन्टरको फायरवाल तथा राउटरमा समस्या आएपछि बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले साँझ ६ बजेसम्म सेयर कारोबार खुला गर्नु परेको हो ।

745
कारोबार संवाददाता
मंगलबार, चैत्र १२, २०७५

लगातार घट्दै आएको सेयर बजार सोमबार भने सामान्य अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.८७ विन्दुले बढेर एक हजार १३८.६७ विन्दुमा पुगेको छ ।

690
कारोबार संवाददाता
शुक्रवार, चैत्र ८, २०७५

केही दिन सेयर बजार उकालो लागेपछि प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा लगानीकर्ता उत्साहित देखिएका छन् । बुटवलमा रहेका लगानीकर्ताले सेयर बजार ‘बुलिस साइकल’ तर्फ अग्रसर भएको आँकलन गर्दै अझै पनि बजारले स्पष्ट मार्ग समात्न नसकेको बताएका छन् । उनीहरूले सानो सानो लगानी गरेर बजारबाट लाभ लिन आग्रह गर्दै यस्तो बेलामा संयमतापूर्वक लगानी गर्न आवश्यक भएकामा जोड दिएका छन् । “करिब पाँच महीनादेखि सेयर बजार ‘स्टेट प्रियड’ मा छ, बजार घट्ने वा बढ्ने भइरहन्छ तर आत्तिहाल्नुपर्ने अवस्था हुँदैन,” नेपाल इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष कमल तिवारीले बताए । उनले सेयर बजारको ‘वियरिस चरण’ र ‘स्टेट लाइन’ दुवै अन्त्य भएको उल्लेख गर्दै सेयर बजारको आफ्नै साइकिलिङ हुने बताए ।

967
रासस
शुक्रवार, चैत्र ८, २०७५

यो सातको अन्तिम दिन बिहीबार पनि नेप्से ओरालो लाग्यो । बिहीबार पनि करिब ७ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ६.८६ विन्दुले घटेर एक हजार १४०.६० विन्दुमा पुगेको छ । स्वास्थ्य बिमा कार्यक्रमप्रति सिरहाका सर्वसाधारण उत्साहित भएका छन् । गत फागुन २ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि स्वास्थ्य बिमाबोर्ड लहान शाखाले जिल्लाका सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचार–प्रसारसँगै बिमितहरूको नाम दर्ताको कार्य सुरु गरेको हो । स्थानीय तहका सम्पूर्ण वडामा बिमितको नाम दर्ता सुरु गरेपछि नाम दत्र्ता गराउन सर्वसाधारणको भीड लाग्न थालेको स्वास्थ्य बिमाबोर्ड शाखाले जनाएको छ । प्रत्येक वडामा एक÷एक सहजकर्ता परिचालन गरी बिमाको महत्व, यसको प्रक्रिया र बिमा कार्यक्रमबाट प्राप्त हुने सुविधाका बारेमा प्रचार–प्रसार गर्नुका साथै बिमा गराउनेको नाम दर्ताको कार्य भइरहेको बिमा अधिकारी भोगेन्द्र साहले जानकारी दिए । सहजकर्तामार्फत दत्र्ता भएको बिमितको नामलाई यही महिनाबाट कम्प्युटरमा दत्र्ता गर्न सुरु गरिएको र अहिले नाम दत्र्ता हुने बिमितले आउँदो जेठ महिनाबाट बिमा सेवा पाउने साहले बताए । पाँचजनाको परिवारले वार्षिक रूपमा प्रतिपरिवारले २ हजार ५ सय रुपैयाँको प्रिमियम तिरे स्वास्थ्य उपचारवापत वार्षिक ५० हजारको स्वास्थ्य बिमा पाउने व्यवस्था छ । पाँचजनाभन्दा बढी सदस्य भएमा प्रतिथप सदस्यले वार्षिक ४ सय २५ रुपैयाँका दरले थप प्रमियम तिर्नुपर्ने र सुविधा १० हजार रुपैयाँ थपिनेछ ।

646
कारोबार संवाददाता
बिहिवार, चैत्र ७, २०७५

सेयर लगानीकर्ताहरुले उपत्यकाबाहिरबाट विक्री नभएको हकप्रद सेयरको लिलामीमा भाग लिन पाउने भएका छन् ।

1058
भुवन पौडेल
बिहिवार, चैत्र ७, २०७५

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल कम्पनीलाई मापदण्ड तोकेर शाखा विस्तारमा केन्द्रित भएको छ । सेयर कारोबार प्रणाली अनलाइन भइसकेपछि बजार विस्तारका लागि सब–ब्रोकर तथा एजेन्टमार्फत् जानुपर्नेमा शाखा नै विस्तार गर्न बाध्य बनाएको हो ।

783
रासस
मंगलबार, चैत्र ५, २०७५

पछिल्ला केही दिनमा सुधार देखिएको नेप्से परिसूचक मंगलबार भने घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ७.४७ विन्दुले घटेर एक हजार १५३.९८ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६२ विन्दुले घटेर २४५.५४ विन्दुमा पुगेको छ । परिसूचक घटे पनि कारोवार रकम भने बढेको छ । कुल १६९ कम्पनीको १३ लाख ९३ हजार ५५८ कित्ता सेयर रु. ३६ करोड सात लाख ९ हजार ७८० मूल्यमा खरीद बिक्री भए ।

734
कारोबार संवाददाता
सोमवार, चैत्र ४, २०७५

भोजपुर जिल्लामा हालसम्मकै ठूलो पिखुवा खोलामा निर्माण भइरहेको ५ मेगावटको इस्ट्रन हाइड्रोपावर जलविद्युत् आयोजनाका लागि संस्थापक सेयर खुला गरिएको छ । आयोजनाको प्रभावित क्षेत्र र भोजपुर जिल्लाका लागि संस्थापक सेयर खुला गरेको हो । उक्त आयोजनाको संस्थापक सेयर प्रतिव्याक्ति न्यूनतम ५० कित्तादेखि १० हजार कित्तासम्म किन्न पाउने भएका छन् ।

733
रासस
सोमवार, चैत्र ४, २०७५

नेप्से परिसूचक आइतबार ६ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५.९९ विन्दुले बढेर १ हजार १६१.४५ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०८ विन्दुले बढेर २४७.१७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कुल १७२ कम्पनीको १४ लाख ७७ हजार ८९२ कित्ता सेयर ३७ करोड १२ लाख ३६ हजार २ सय ५२ रुपैयाँमा कारोबार भएको छ । कारोबार भएका कुल १० उपसमूहमध्ये आज तीन उपसमूहको सेयर कारोबार घटेको छ भने सात उपसमूहको सेयर भने बढेको छ । होटल २०.३६, विकास बैंक ४.६५ र अन्य उपसमूह ०.७१ विन्दुले घटेको छ । यस्तै बैंकिङ ७.६१, जलविद्युत् ९.१, वित्त ६.९२, निर्जीवन बिमा २.४४, उत्पादन ३५.४१, लघुवित्त १, जीवन बिमा ४५.८५ विन्दुले बढेको छ ।

632