भुवन पौडेल
सोमवार, मंसिर २५, २०७४

स्थायित्व र समृद्धिको नारा दिएका बाम गठबन्धनले मुलुकका अत्यधिक स्थानमा जित हासिल गर्दा सेयर लगानीकर्ताले भने त्यसलाई पत्याउन सकेनन् । नयाँ संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलोपटक खुलेको सेयर कारोबार निरासाजनक रह्यो । निर्वाचनमा वाम गठबन्धनले विजय हसिल गरेपछि आर्थिक नीति कस्तो हुन्छ भन्नेमा सेयर लगानीकर्ता द्विविधामा छन् । विगतदेखि नै वामपन्थी सरकारमाथि पुँजी बजारप्रति नकारात्मक रहने गरेको आरोप लाग्दै आएको छ ।

1367
कारोबार संवाददाता
आइतवार, मंसिर २४, २०७४

साताभरमा ९.७७ अंकले उकालो लागेको नेपाली सेयर बजार आगामी दिनमा समेत अझै उकालो लाग्ने सम्भावना छ । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मतपणिाम यसै साता आइसक्ने भएकाले यसले नै बजारमो आगामी दिशा निर्धारण गर्ने अनुमान सहजै गर्न सकिन्छ । चुनावपछि देशमा स्थायी सरकार आउने विश्वासले लगानीकर्ता सेयर खरिद गरिरहेका देखिन्छन् । गएको साता सेयर बजारमा खरिदकर्ताको चाप अत्यधिक थियो ।

1093
कारोबार संवाददाता
आइतवार, मंसिर २४, २०७४

नेपाल धितोपत्र बोर्डमा ३ अर्ब ७० करोड रुपैयाँबराबरको सामूहिक लगानी कोष योजना सञ्चालनको अनुमति माग्दै आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डले ती सामूहिक लगानी कोषका योजना निष्कासनको लागि दिएको आवेदनलाई अध्ययन गरी उपयुक्त ठानेमा निष्कासन अनुमति दिन सक्छ । ती सामूहिक लगानी कोष योजना सञ्चालनमा आएको खण्डमा सेयर बजारमा धितोपत्रको चाप लागि बढ्नेछ ।

1252
कारोबार संवाददाता
बुधवार, मंसिर २०, २०७४

सेयर दलाल व्यवसायीले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि मस्यौदा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुझाएका छन् । स्टक ब्रोकर एसोसिएसनले कार्यविधिको मस्यौदा तयार पारेर बुझाएको नेप्सेले जनाएको छ । नेप्सेले कार्यविधि स्वीकृत गरेर धितोपत्र बोर्डमा पठाउने छ र बोर्डले स्वीकृत गरेपछि कार्यान्वयनमा आउने नेप्सेले जनाएको छ ।

1322
भुवन पौडेल
बिहिवार, मंसिर १४, २०७४

मुलुकमा हुने निर्वाचनले सरकार मात्र होइन सेयर बजार पनि तलमाथि हुने गरेको पाइएको छ । तर, हरेक निर्वाचनका बेला सेयर बजार परिसूचक बढे पनि चुनावपछिका दिनमा भने उत्तिकै मात्रामा घटेको पनि छ । यसअघिका चार निर्वाचनमा हरेक पटक सेयर बजार परिसूचकले नयाँ उचाइ लिएको छ । चुनावी प्रभावले सेयर बजारमा बनाएको नयाँ उचाइ लामो समय भने टिकेको देखिँदैन । चुनावका कारणले बढेको बजार चुनावी प्रभाव सकिएसँगै उत्तिकै गतिमा घट्ने गरेको पाइन्छ । सन १९९४ देखि २०१३ सम्म ४ पटक निर्वाचन भएको छ ।

2748
कारोबार संवाददाता
सोमवार, मंसिर ११, २०७४

सेयर बजारमा सुधार आउने क्रमले यो साताको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ । गत साताभर करिब ४ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आइतबार २१ अंकले बढेको हो ।

1051
कारोबार संवाददाता
शुक्रवार, मंसिर ८, २०७४

सेयर बजारमा सुधार आउने क्रमले साताको अन्तिम दिन बिहीबार पनि निरन्तरता पाएको छ । पछिल्लो दिनहरूमा निरन्तर घटेको सेयर बजार यो साताको अन्तिम तिर सुधारको गतिमा देखिएको हो ।

1098
कारोबार संवाददाता
बुधवार, मंसिर ६, २०७४

सेयर बजारमा ३ अंकभन्दा धेरैको सुधार आएको छ । गत सातादेखि निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक मंगलबार बढेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बढेको भए पनि कारोबार रकममा भने गिरावट आएको छ । नेप्से परिसूचक ३ अंकभन्दा धेरैले बढेको भए पनि कारोबार रकम भने ३५ करोडमा सीमित छ ।

1124
कारोबार संवाददाता
मंगलबार, मंसिर ५, २०७४

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले झापाको चन्द्रगढीमा उपशाखा कार्यालय विस्तार गरेको छ । बिमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान् कार्कीको कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गर्दै समितिका निमित्त कार्यकारी निर्देशक कार्कीले बिमा क्षेत्रले केही समयदेखि अर्थतन्त्रमा उत्साहजनक योगदान पु¥याई रहेको बताए ।

1128
कारोबार संवाददाता
सोमवार, मंसिर ४, २०७४

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम गरेको मर्चेन्ट बैंकले सोही कम्पनीको सेयर निष्कासनमा प्रत्याभूति गर्न नपाउने भएको छ । नेपाल धितोपत्र बोर्डले आइतबार निर्देशन जारी गर्दै बिक्री प्रबन्धकको काम गरेकाले प्रत्याभूति नगर्न भनेको हो । धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) आधारभूत सेयरधनी रहेको तथा मुख्य कम्पनीको धितोपत्रको निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी कार्य गर्दा स्वार्थ बाझिने भन्दै काम नगर्न भनेको हो ।

1186
कारोबार संवाददाता
आइतवार, मंसिर ३, २०७४

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत २७ वाणिज्य बैंकमध्ये २ बैंकको मात्र प्रतिसेयर आम्दानी बढेको छ । प्रतिसेयर आम्दानी बढाउनेमा एनएमबि र सिभिल बैंकमात्रै छन् । यी दुई बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चाल्ू आवको असोज मसान्तसम्मको प्रतिसेयर आम्दानी बढाएका हुन् ।

1270
कारोबार संवाददाता
आइतवार, कार्तिक २६, २०७४

सिडिएस एण्ड क्लियरिङ (सिडिएस)ले आस्बा प्रणालीलाई प्रभावकारी बनाउन सि आस्बा नामक सफ्टवेयर बनाउने भएको छ । सिडिएसले बनाएको सफ्टवेयर सबै आस्बा सदस्यहरुले प्रयोग गर्नेछन् । निष्काशन तथा बिक्री प्रबन्धक र अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका लागि धितोपत्र खरिदसम्बन्धी दरखास्तको आवश्यक जाँचबुझ तथा हितग्राही खाता रुजु गर्नुका साथै सम्पूर्ण निष्काशन प्रक्रियामा संलग्न निकायहरुले प्रदान गर्ने सेवामा एकरुपता कायम गर्ने उद्देश्यले धितोपत्र सार्वजनिक निष्काशनको केन्द्रीकृत विद्युतीय सेवा कार्य सञ्चालन निर्देशिका, २०७४ लाई धितोपत्र बोर्डले स्वीकृत गरेको छ ।

1707
कारोबार संवाददाता
आइतवार, कार्तिक २६, २०७४

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नागरिक लगानी कोषलाई फाइनान्स समूहबाट हटाउने तयारी गरेको छ । कोषलाई अन्य समूहमा सूचीकृत गर्नका लागि फाइनान्स समूहबाट हटाउन लागेको हो । नेप्से यसभन्दा अघि विकास बैंक समूहमा सूचीकृत माइक्रोफाइनान्सलाई पनि छुट्याएर छुट्टै लघुवित्त समूहको नयाँ समूहगत परिसूचक सुरु गरेको छ । सेयर बजारमा सूचीकृत कम्पनीको कामको प्रकृतिअनुसार विभाजन गरेर समूहगत सूचक निर्माण गरेको हो । हाल नेप्सेमा समूहगत परिसूचकको संख्या १० पुगेको छ ।

2859
कारोबार संवाददाता
आइतवार, कार्तिक २६, २०७४

एनआईसी एसिया बैंकले १ हजार अंकित दरका ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँबराबरको ‘एनआईसी एसिया ऋणपत्र २०८१÷८२’ निष्कासनको निमित्त नबिल इन्भेस्टमेन्ट बैंकिङलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ ।

1129
कारोबार संवाददाता
आइतवार, कार्तिक २६, २०७४

गएको साता पनि सेयर बजार ओरालो लाग्दै गएको छ । साताको सुरुमा १४ सय ९६ मा सुरु भएको भए पनि लगातार ओरालो लाग्दै साताको अन्तिम दिनसम्म ३५ अंकले घटेर १४ सय ६० मा बन्द भएको थियो । आउँदै गरेको पहिलो त्रैमासिक रिपोर्टको असर पनि सेयर बजारमा प्रस्टै देखिन्छ । समूहगत रुपमा हेर्ने हो भने उत्पादनमूलक वाहेक कुनै पनि समूह उकालो लागेका छैनन् । विमा समूह एक्लै २६१ अंकले घटेको छ । सेयर बजारमा सबैभन्दा धेरै प्रभाव राख्ने वाणिज्य बैंक समूह ३० अंकले ओरालो लागेको छ । आगामी साता समेत सेयर बजारमा ठूलो परिवर्तनको आशा गर्न सक्ने देखिँदैन ।

1082