कारोबार संवाददाता
बुधवार, कार्तिक २२, २०७४

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली पूर्ण स्वचालित बनाउन अझै समय लाग्ने भएको छ । यसअघि नेप्सेले मंगलबारदेखि अनलाइन कारोबार गर्ने घोषणा गरेको थियो । नेप्सेका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले मंगलबारदेखि नेप्सेको कारोबार प्रणाली पूर्ण स्वचालित हुने बताउँदै आएका थिए । तर, नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने अनलाइन कारोबार प्रणालीका लागि अझै केही समय लाग्ने बताएका हुन् ।

1010
कारोबार संवाददाता
मंगलबार, कार्तिक २१, २०७४

नेपाल धितोपत्र बोर्डले धितोपत्र मार्जिन टे«डिङको काम सुरु गर्न दलाल व्यवसायीलाई निर्देशन दिएको छ । बोर्डले मार्जिन ट्रेडिङको काम गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र दलाललाई कार्यविधि बनाउनसमेत निर्देशन दिएको छ । बोर्डले दिएको निर्देशनमा कम्तीमा १० हजार सेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा वार्षिक १० प्रतिशत लाभांश वितरण गरेको सूचीकृत संगठित संस्थाको सेयरमा मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।

1208
कारोबार संवाददाता
बिहिवार, कार्तिक १६, २०७४

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले माइक्रो फाइनान्स कम्पनीको समूहगत सूचक छुट्टै बनाएको छ । नेप्से विकास बैंकबाट छुट्टाएर माइक्रो फाइनान्सको समूह बनाएको हो । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले माइक्रो फाइनान्स कम्पनीको समूहगत सूचक छुट्टै बनाएको छ । नेप्से विकास बैंकबाट छुट्टाएर माइक्रो फाइनान्सको समूह बनाएको हो । 

1161
कारोबार संवाददाता
सोमवार, कार्तिक १३, २०७४

नेपाल धितोपत्र बोर्डले हकप्रद सेयरको आवेदन पनि एप्लिकेसन सोर्पोटेड बाइ ब्लक्ड अमाउन्ट(आस्बा) मार्फत दिन सकिने बनाएको छ । बोर्डले हकप्रद सेयर मात्र नभई लिलाम प्रक्रियामा उपत्यकाभन्दा बाहिरबाट पनि आवेदन दिन सक्ने व्यवस्था गर्ने मर्चेन्ट बैंकरलाई निर्देशन दिएको छ ।

949
भुवन पौडेल
सोमवार, कार्तिक १३, २०७४

अघिल्लो साता वाणिज्य बैंकहरूमा ह्याकरबाट भएको साइबर हमलाको जोखिम पुँजी बजारमासमेत रहेको देखिएको छ । पछिल्लो समयमा वित्तीय क्षेत्रमा देखिएको साइबर अपराधको जोखिममा सेयर बजार पनि देखिएको विज्ञहरू बताउँछन् । सेयर बजारमा कारोबारदेखि राफसाफसम्मको काममा सूचना प्रविधिकै प्रयोग भइरहे पनि कमजोर पूर्वाधारका कारण यस्तो समस्याको सम्भावना देखिएको उनीहरूको भनाइ छ ।

1412
मुना कुँवर
बिहिवार, कार्तिक ९, २०७४

विकास निर्माणको काम बढेसँगै जीवन बिमा व्यवसाय पनि बढ्दै गएको छ । तर, गत वर्ष बैंकिङ प्रणालीमा देखिएको तरलता अभावले निर्जीवन बिमा व्यवसायमा खुम्चिएको बिमकहरूले बताएका छन् । निर्जीवन बिमा व्यवसायमा सबैभन्दा बढी हिस्सा मोटर बिमाका रहेको छ । तरलता अभाव कारण नेपाल राष्ट्र बैंकले मोटर कर्जामा सीमा तोकेपछि मोटर बिक्री दर घटेको थियो । फलस्वरूप निर्जीवन बिमा व्यवसाय पनि प्रभावित बनेको हो । यद्यपि गत आवमा निर्जीवन बिमा कम्पनीहरूको व्यवसाय २८ प्रतिशतले बढेको छ ।

1409
कारोबार संवाददाता
आइतवार, कार्तिक १२, २०७४

राजनीतिक परिवर्तनसँगै सेयर बजार गएको साता २१ अंकले बढेर बन्द भएको छ । साताका पहिलो केही दिनमा लगानीकर्तामा केही आशा देखिए पनि अन्ततिर निरास हुँदै गएको देखिन्छ ।

979
कारोबार संवाददाता
सोमवार, श्रावण २, २०७४

सेयर वजारलाई विभिन्न समयमा विभिन्न क्षेत्रले असर गरिरहेको हुन्छ । कहिले राजनीतिक कारण त कहिले आर्थिक कारण हुन्छ । विश्वभर नै सेयर वजार यीनै २ कारणले नै प्रभावित बन्दछ । हाम्रो जस्तो देशमा त आर्थिकभन्दा राजनीतिक कारणवाट वजार अझ धेरै प्रभावित हुने गरेको छ ।

1125