भुवन पौडेल
शुक्रवार, बैशाख २६, २०७७

करिब १ महिना आधा बन्द रहेको सेयर बजारमा आगामी सातादेखि कारोबार सुरु हुने भएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि बन्द भएको सेयर बजार आगामी सातादेखि खुल्ने भएको हो ।

1265
कारोबार संवाददाता
बुधवार, बैशाख २४, २०७७

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेसँगै बन्द भएको सेयर बजारको कारोबार खुल्ने बुधबार बस्ने मन्त्रीपरिषद्को निर्णयमा भर पर्ने भएको छ । बुधबार सरकारले लकडाउनलाई केही खुकुलो बनाउने नीति लिएको खण्डमा

1173
कारोबार संवाददाता
आइतवार, चैत्र ३०, २०७६

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा निष्कासन गरिएको एनएलजी इन्स्योरेन्स कम्पनीको २०७६ माघ २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम साविक सेयरधनीहरूका लागि १० सेयर बराबर नयाँ ६ सेयर (१०ः६) को अनुपातमा प्रतिसेयर १ सय रुपैयाँ अंकित दरको ३८ लाख ४२ हजार ४ सय ३७.५० कित्ताहकप्रद सेयरका लागि मिति फागुन २२ गतेदेखि २०७६ चैत १२ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो ।

1609
भुवन पौडेल
आइतवार, चैत्र २३, २०७६

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सेयर कारोबारको राफसाफ गर्ने समय एक महिना थप भएको छ । लकडाउनभन्दा अघि भएको सेयर कारोबारको राफसाफ आगामी वैशाख मसान्तसम्म गरे हुने व्यवस्था भएको हो ।

2087
भुवन पौडेल
मंगलबार, चैत्र १८, २०७६

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा धितोपत्रको कारोबार सरकारले लागू गरेको लकडाउन अवधिभर नहुने भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन अवधि ८ दिन थप गरेसँगै सेयर कारोबार पनि रोकिने भएको हो । तत्कालका लागि सरकारले थप गरेको लकडान अवधिसम्ममा सेयर कारोबार बन्द गर्ने निर्णय गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । सरकारले पहिलो चरणको लकडाउन सात दिनका लागि गरेकोमा नेप्सेले सोही अवधिसम्मका लागि बजार बन्द गर्ने निर्णय गरेको थियो ।

1262
कारोबार संवाददाता
बिहिवार, चैत्र १३, २०७६

नेपाल धितोपत्र बोर्डले ‘कोरोना भाइरस संक्रमण रोगथाम एवं नियन्त्रण उपचार कोष’मा ५० लाख रुपैयाँ योगदन गर्ने भएको छ । विश्वव्यापी महामारीका रूपमा द्रुत गतिमा फैलिरहेको कोरोना भाइरस रोगको संक्रमणलाई मुलुकभित्र फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारबाट भइरहेको प्रयास बोर्ड पनि सहभागी बनेको हो ।

1066
भुवन पौडेल
सोमवार, चैत्र १०, २०७६

कोरोना संक्रमणका कारण अन्योलमा रहेको सेयर बजार सोमबार (आज)देखि यस साताभर बन्द हुने भएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आइतबारसम्मका लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो । बोर्डले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नका लागि धितोपत्र ऐनअनुसार ५ दिनका लागि सेयर कारोबार बन्द गर्न लागेको हो ।

1102
रासस
आइतवार, चैत्र ९, २०७६

कोरोना भाइरसको त्रासले सेयर बजारसमेत प्रभावित भएको छ । सोही कारण नेप्सेमा चरम उतारचढावसमेत देखा परेका छन् । यस साता लगानीकर्तामा पनि एक प्रकारको नकारात्मक अवस्था देखा प-यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कुल १ सय ७४ कम्पनीका कुल २ करोड २७ लाख १९ हजार १ सय २२ कित्ता सेयर ८ करोड २६ लाख ९५ लाख २ हजार ७ सय ११ रुपैयाँबराबरको कारोबार भयो ।

1013
कारोबार संवाददाता
बुधवार, चैत्र ५, २०७६

नेपाल उद्योग परिसंघ र नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा उत्पादनमूलक क्षेत्रको हिस्सा बढाउने तथा बजार सुधार प्रक्रियालाई गति दिन सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा उत्पादनमूलक तथा सेवा उद्योगको प्रतिनिधित्व गर्ने संगठन भएकाले पुँजी बजारको विकास तथा सुधारका लागि परिसंघ तत्पर रहेको बताए । अध्यक्ष मोरले बोर्डमा नयाँ नेतृत्व आएपछि पुँजी बजारमा देखिएको सुधारको गतिलाई निजी क्षेत्रले स्वागत गरेको पनि उल्लेख गरे ।

1035
कारोबार संवाददाता
सोमवार, चैत्र ३, २०७६

चारबाट पाँच घण्टा कारोबार हुन थालेको पहिलो दिन सेयर बजार फराकिलो अन्तरले पनि घटेको छ । आइतबार नेप्से परिसूचक ६४ अंकले घटेर १ हजार ३१३ अंकमा आएको छ । चार घण्टा कारोबार हुँदा दैनिक सवा दुई अर्बमाथि किनबेच हुन्थियो । पाँच घण्टा कारोबार हुँदा पनि किनबेच २ अर्ब १० करोड रुपैयाँको मात्र भएको छ । बिहीबार मात्रै २ अर्ब २२ करोडको किनबेच भएको थियो ।

874
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ३०, २०७६

साताको अन्तिम दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अंकले घटेको छ । मंगलबार झन्डै ६ प्रतिशतले बजार घटेपछि नकारात्मक सर्किट लागेको नेप्सेमा बुधबार भने राम्रो सुधार भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से झन्डै ४६ अंकले घटेको छ ।

955
कारोबार संवाददाता
बुधवार, फाल्गुन २८, २०७६

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लगाएको छ । सेयर बजार मंगलबार पुनः नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो । गत बिहीबारपछि मंगलबार खुलेको बजारमा कारोवारको सुरुवातीदेखि नै ओरालोको यात्रा तय गरेको हो । स्टकले कारोवार मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको छ । नेप्सेका अनुसार नेप्से ६.०२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो ।

866
भुवन पौडेल
बुधवार, फाल्गुन २८, २०७६

धितोपत्र बजारमा दीर्घकालीन रूपमा उपयुक्त कम्पनी छनोट गरेर सेयरमा लगानी गरेको खण्डमा नोक्सानी नहुने पक्का देखिन्छ । माथिको उदाहरणमा लिइएका विदेशी लगानी रहेका बैंकले आफ्नो आम्दानीवाट सेयरधनीलाई दिएको प्रतिफललाइ हेर्दा पनि पुँजी बजारमा कारोबारीभन्दा पनि लगानीकर्ता हुन सुझाव दिएको स्पष्ट हुन्छ ।

2666
कारोबार संवाददाता
आइतवार, फाल्गुन २५, २०७६

धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । अघिल्लो साता निकै उच्च बिन्दुले बढेको बजार यस साता तुलनात्मक रूपमा ओरालो लाग्यो । ५ कारोबार दिनमा एकाध दिनमात्रै बजारले उकालोको यात्रा तय ग¥यो । यस साता बजारले नकारात्मक सर्किटसमेत सामना गर्नुप-यो । यस्तै नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा समस्या आउँदा लगानीकर्ता मर्कामा समेत परे । साताको पहिलो दिनदेखि नै ओरोलो लागेको बजार अन्तिम दिनसमेत ओरोलो नै लागेर बन्द भयो । बजारमा अल्पकालीन नाफा कमाउने प्रवृत्ति हावी हुँदा बजारले नकारात्मक लय समात्न पुग्यो ।

756
भुवन पौडेल
मंगलबार, फाल्गुन २०, २०७६

धितोपत्र बजारका कारोबारीले प्रतिफल सुनिश्चित गर्दा सोमबार सेयर बजारमा हालसम्मकै उच्च अंकको गिरावट आएको छ । विगत केही सातादेखि निरन्तर उच्च अंकले वढेको सेयर बजार सूचक सोही गतिमा घटेको हो । साताको पहिलो दिन आइतबारदेखि करेक्सन सुरु भएको बजार २ दिनमै करिब १३७ अंकले घटेको हो । आइतबारमात्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब डेढ घण्टा कारोबार हुँदा बजार सूचक ६ प्रतिशत अर्थात ९६.०६ अंकले घटेर बन्द भएको छ । आइतबार आएको उच्च गिरवटलाई रोक्न नेप्सेले कर्किट ब्रेकर नै प्रयोग गरेर नियमित कारोकार समयभन्दा अघि सोमबारका लागि सेयर कारोबार नै बन्द गर्नु परेको थियो ।

1167