कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

सेयर बजार सुचारु भएको छ । अर्थ मन्त्रालयले पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्न सहमत भएपछि नेप्से खुलेको हो । सरकारले हालै कार्यान्वयनमा ल्याएको हकप्रद र बोनस सेयरमा लाग्ने लाभकरको निर्णय स्थगन गरेको छ । लगानीकर्ताको निरन्तरको आन्दोलन र बजार नै ठप्प पार्ने सम्मका गतिविधिका कारण सरकार घुँडा टेक्न बाध्य भएको हो ।

1853
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

नेपाली कांग्रेसले सेयर बजारको आन्दोलनलाई साथ दिएको छ । नेपाली कांग्रेसका प्रवत्ता विश्व प्रकाश शर्माले पनि सेयर बजारको आन्दोलनलाई साथ दिएका हुन् । उनले उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै ट्विट लेखेका छन् -- सेयर मार्केटमा `कम्युनिस्ट कर´ ! नाफा कमाउंदा कर तिर्नु पर्छ l तर नाफा-घाटा टुंगो हुनु अघिनै कर तिर्नुपर्ने, सेयर मार्केटमा पसेको जनवादी बौद्धिकताको यो नितिले समृद्धिको यात्रालाई किमार्थ सघाउ पुर्‍याउंदैन l खारेज गरियोस् !!

1884
भुवन पौडेल
बुधवार, जेठ २३, २०७५

हकप्रद र बोनस सेयरमा अंकित मूल्यलाइ आधार मूल्य मानेर पुँजीगत लाभकर लगाउने सरकारको निर्णयविरुद्ध आन्दोलित लगानीकर्ताले मंगलबार कारोबार नै ठप्प पारेका छन् । आन्तरिक राजस्व विभागले आइतबार यस्तो व्यहोराको पत्र पठाएसँगै आन्दोलित लगानीकर्ताले सोमबार दिनभर वार्ताद्वारा सहमति खोज्ने प्रयास गरेका थिए । तर, सोमबारको वार्ताबाट कुनै सहमति नजुटेपछि मंगलबार कारोबार नै ठप्प भएको हो ।

1807
भुवन पौडेल
मंगलबार, जेठ २२, २०७५

आन्तरिक राजस्व विभागले हाल अभ्यासमा रहेको पुँजीगत लाभकर गणना पद्धति आफूअनुकुल व्याख्या गर्दा सेयर लगानीकर्तामाथि करको अप्रत्याशित भार थपिएको छ । हाल हकप्रद र बोनस सेयरको आधार मूल्य निर्धारण अन्तराष्ट्रिय अभ्यासअनुसार गर्दा पनि आन्तरिक राजस्व विभागले स्वीकार नगरेपछि समस्या झनै बढेको हो ।

3177
कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५

यस साता नेपाल स्टक एक्सचेन्जमा १८३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २३५४८ कारोबारबाट दुई अर्ब आठ करोड ७३ लाख ५१ हजार रुपैयाँ बराबरका ४७ लाख ४४ हजार आठ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ८.५६ प्रतिशत बढी हो ।

1074
कारोबार संवाददाता
शुक्रवार, जेठ १८, २०७५

रैराङ हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको सेयर व्यवस्थापन भिवोर क्यापिटल लिमिटेडले गर्ने भएको छ ।

1406
कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५

यस साता नेपाल स्टक एक्सचेन्जमा १८३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १९७१३ कारोबारबाट एक अर्ब ९२ करोकड २७ लाख ३१ हजार रुपैयाँ बराबरका ४१ लाख ३७ हजार चार सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

1470
कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५

सेयर बजार घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । मंगलबार ४ अंक भन्दा धेरैले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बुधबार पनि सोही गतिमा घटेको हो ।

1554
कारोबार संवाददाता
सोमवार, जेठ ७, २०७५

नेपाल धितोपत्र बोर्डले सी–आस्बा प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएको छ । धितोपत्रको सार्वजनिक निष्कासनमा सी–आस्बा प्रणालीमा कनेक्टिभिटी जाने समस्या देखिएपछि त्यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बोर्डले सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिएको हो ।

1422
कारोबार संवाददाता
आइतवार, जेठ ६, २०७५

काठमाडौं यस साता नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १४०२६ कारोबारबाट एक अर्ब आठ करोड १९ लाख ४१ हजार रुपैयाँ बराबरका २३ लाख २९ हजार चार सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४५.९६ प्रतिशत कम हो ।

1402
अमृता राई
बिहिवार, जेठ ३, २०७५

नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निर्देशिकाअनुसार सेयर कारोबार गर्ने लगानीकर्ताको व्यक्तिगत विवरण अनिवार्य गरेपछि सेयर कारोबार सुस्त भएको छ ।

1323
रासस
सोमवार, बैशाख ३१, २०७५

नियमित ओरालो लाग्दै आएको शेयर बजार आज पनि १०.२८ अंकले घटेर एक हजार ३३८ बिन्दुमा झरेको छ ।

1872
कारोबार संवाददाता
सोमवार, बैशाख ३१, २०७५

काठमाडौं गएको साता नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २९३१९ कारोबारबाट दुई अर्ब १९ लाख ९९ हजार रुपैयाँ बराबरका ४८ लाख १२ हजार सात सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २७.७६ प्रतिशत बढी हो ।

1822
कारोबार संवाददाता
बिहिवार, बैशाख २७, २०७५

सेयर बजारमा लगानी गर्दा एकोहोरो अर्थात भेडा प्रवृत्तिमा लगानी नगर्न अर्थमन्त्री डा.युवराज खतिवडाले लगानीकर्तालाई सुझाएका छन् । लगानीकर्ताले जोखिम लिन नसक्ने भए म्युचुअल फण्डमा लगानी गर्ने विकल्प दिँदै खतिवडाले सेयर बजारमा लगानी गर्दा अरुले जे गर्छ त्यही गर्ने भेडा मनोविज्ञान लिएर लगानी नगर्न सुझाएका हुन ।

2726
कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

काठमाडौं यस साता नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १८४८३ कारोबारबाट एक अर्ब ५६ करोड ७० लाख ४२ हजार रुपैयाँ बराबरका ३२ लाख ४४ हजार पाँच सय कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ६६.६३ प्रतिशत कम हो ।

1309