कारोबार संवाददाता
मंगलबार, आश्विन २८, २०७६

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.०५ विन्दुले घटेर एक हजार १३६.९६ विन्दुमा पुगेको छ ।

181
रासस
शुक्रवार, आश्विन १०, २०७६

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकको ओरालो यात्रा बिहीबार पनि कायम रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.७३ विन्दुले घटेर एक हजार १२९.८० विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.३९ विन्दुले घटेर २४७.३२ विन्दुमा सीमित भएको छ । नेप्से आरोलो लाग्दा कारोबार रकमसमेत सस्तैमा समेटिएको छ । कुल १ सय ६८ कम्पनीको ७ लाख ९९ हजार १ सय २८ कित्ता सेयर २१ करोड २५ लाख ४१ हजार ३ सय ५२ रुपैयाँमा खरिद बिक्री भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये चार उपसमूहको सेयर वृद्धि भएको छ भने आठ उपसमूहको सेयर ओरालो लागेको छ । होटल ०.९८, जलविद्युत् ०.६३, जीवन बिमा ६.२७ र सामूहिक लगानीकोष ०.०९ विन्दुले बढेको छ ।

640
कारोबार संवाददाता
मंगलबार, आश्विन ७, २०७६

नेपाल सरकारको आर्थिक वर्ष २०७६।०७७ को बजेटमा सामूहिकलगानी कोष, शेयर अभौतिकरण र सिडिएससी लगायतको कार्य व्यवस्थितगर्नका लागिट्रस्टी ऐन तर्जुमागर्ने भन्ने उल्लेख भएको साथै सोहीबमोजिमबोर्डको आ.व २०७६।०७७ को नीति तथा कार्यक्रममा धितोपत्रबजारको स्थायित्वतथा दीर्घकालीनविकासकालागिआवश्यक ट्रष्ट ऐनको मस्यौदा गरी नेपाल सरकारसमक्ष प्रस्तुतगर्ने र सरकारमार्फत्विधायनप्रक्रियामा लैजाने भन्ने व्यवस्था रहेको सन्र्दभमा ट्रस्टी ऐनको मस्यौदा सम्बन्धीकार्य अगाडि बढाउन बोर्डका नियमनतथाव्यवस्थापनविभाग हेर्नेकार्यकारी निर्देशकको संयोजकत्वमापाँच सदस्यीयसमिति गठन गरिएको छ ।

549
कारोबार संवाददाता
मंगलबार, आश्विन ७, २०७६

साताको पहिलो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक सोमबार भने झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक १.७३ अंकले बढेर एक हजार १४०.९८ मा पुगेको छ ।

612
कारोबार संवाददाता
शुक्रवार, आश्विन ३, २०७६

मंगलबार र बुधबार उकालो लागेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार भने दोहोरो अंकले ओरालो लागेको छ ।

484
कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६

अर्थमन्त्री डा.युवराज खतिवडाले सेयर बजारलाई प्रविधिमैत्री बनाइ लागत घटाएर नाफा बढाउनुपर्ने बताएका छन् । मंगलबार एसिया प्रशान्त क्षेत्रमा रहेका धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायक कम्पनीहरूको संगठन एशिया प्यासिफिक सेन्ट्रल सेक्युरीटिज डिपोजिटरी गु्रप (एसीजी) को २३ औं वार्षिक साधारणसभामा मन्त्री खतिवडाले सेयर बजारको लागत घटाउन सकेन नाफा स्वतःबढ्ने बताएका हुन् । पुँजी बजारमा प्रविधिको प्रयोगको कुरा गर्दा केन्द्रीय निक्षेप सेवाको महत्वपूर्ण भूमिका रहने बताउँदै कुनै पनि साधारण सेयर निष्कासन गर्दा कति छिटो बाँडफाड हुन्छ भन्ने कुरालाइ लगानीकर्ता हेर्ने उनले बताए ।

917
कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६

प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सङ्घीयता स्थापना नहुँदासम्म पुँजी बजारको विस्तार हुन नसक्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ रुपन्देही र नेपाल धितोपत्र बोर्डको संयुक्त आयोजनामा शनिबार बुटवलमा भएको ‘आर्थिक तथा शेयर बजारसम्बन्धी अभिमुखीकरण’मा उनले पुँजी बजारको विषयमा जनसहभागिता नभएको उल्लेख गर्दै एउटा किसान र मजदूरलाई शेयर बजारसँग सरोकार नरहेको बताए ।

774
कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६

नेपाल धितोपत्र बोर्डले ब्रोकरमार्फत हुने मार्जिन कारोबार गर्ने बाटो खोलिदिएको छ । बोर्डले बिहीबार निर्देशन जारी गर्दै मार्जिन कारोबार गर्न मिल्ने केन्द्रीय निक्षेप सेवा विनियमावलीको पाँचौं संशोधनलाई स्वीकृति दिएपछि ब्रोकरमार्फत हुने मार्जिन कारोबार गर्ने बाटो खुलेको हो । मार्जिन कारोवार सुविधा सञ्चालनमा आइ धितोपत्र बजारको दायरा बृद्धि हुने तथा कारोवारमा समेत विस्तार भइ धितोपत्र बजार थप चलायमान हुने बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।

1157
कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६

धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । गत साता उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से साताको पहिलो दिन आइतबार पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.४५ विन्दुले घटेर एक हजार २०९.६२ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले घटेर २६३.४३ विन्दुमा पुगेको छ ।

830
कारोबार संवाददाता
आइतवार, भदौ ८, २०७६

धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक उचार चढावपूर्ण अवस्थामा रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कुल १ सय ७५ कम्पनीको ६१ लाख ५ सय ५९ कित्ता सेयर १ अर्ब ३० करोड ७ लाख २३ हजार ८ सय ५६ बराबरको कारोबार भयो । कारोबारका आधारमा हेर्दा साताभर बजार ओरालो लागेको असर देखिएको छ । अघिल्लो साताको बिहीबार १ हजार २२४.०३ बिन्दुमा पुगेर बन्द भएको बजार यस साताको पहिलो दिन नेप्से ९.२० बिन्दुले घटेर १ हजार २१४.८३ बिन्दुमा झ-यो ।

754
रासस
मंगलबार, भदौ ३, २०७६

धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोबार मापक नेप्से परिसूचक साताको दोस्रो दिन सोमबार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.२३ बिन्दुले बढेर १ हजार २२२.०६ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.८५ बिन्दुले बढेर २६४.९६ मा पुगेको छ ।

772
कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६

धितोपत्र बजारमा यस साता कुल १ सय ७१ कम्पनीको सेयर कारोबार भयो । चालू आर्थिक वर्ष लागेदेखि नै निरन्तर ओरालो लागेको बजार यस साताको अन्तिम दिन १ हजार २२४.०३ मा पुगेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कुल ७५ लाख ४४ हजार १३ कित्ता सेयर १ अर्ब ७८ करोड ९२ लाख २३ हजार ६ सय ६६ रुपैयाँमा खरिद बिक्री भए ।

620
कारोबार संवाददाता
बिहिवार, श्रावण ३०, २०७६

वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दुई महिना ढिलो हुने भएको छ । अर्थ समितिको बुधवार बसेको बैठकले सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा उपसमिति गठन गरेर अध्ययन गर्ने निर्णय गरेको छ ।

906
कारोबार संवाददाता
सोमवार, श्रावण २७, २०७६

साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले घटेर २६७.६० बिन्दुमा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकमसमेत सस्तैमा समेटिएको छ । कुल १ सय ६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता सेयर ३१ करोड १७ लाख ५६ हजार ८ सय ५६ रुपैयाँमा खरिद बिक्री भए ।

698
कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६

नेपालको पुँजी बजारको इतिहासमै बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा कारोबार भएको छ । कारोबार विवरणअनुसार २९ हजार ४ सय ९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँबराबरका १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच भएका छन् । बिहीबारको कारोबार संख्यामा रसुवागढी हाइड्रोपावर कम्पनी (कारोबार संख्याः १२५०९) र सान्जेन जलविद्युत् कम्पनी (कारोबार संख्याः ११९९१) को सबैभन्दा बढी योगदान रहेको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले बताए ।

873

सातामा धेरै पढिएको