कारोबार संवाददाता
बुधवार, माघ २९, २०७६
551

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.११ विन्दुले बढेर मंगलबार एक हजार ३४१.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.७५ ले बढेर २८५.३७ मा पुगेको छ । नेप्से उकालो लाग्दा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कुल १ सय ७५ कम्पनीको ३९ लाख ९६ हजार ८ सय ७७ कित्ता सेयर १ अर्ब ५३ करोड २२ लाख ५० हजार ४ सय ४० रुपैयाँमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये मंगलबार व्यापार उपसमूहको मात्रै सेयर ओरालो लागेको छ ।
सो उपसमूह १०.६७ ले घट्दा बैंकिङ १४.४८, होटल १.५६, विकास बैंक १८.६४, जलविद्युत् ९.८९, वित्त २.९१, निर्जीवन बिमा ९३.४७, उत्पादन २०.२६, अन्य ६.३९, लघुवित्त ७०.२२, जीवन बिमा ५३.२६ र सामूहिक लगानी कोष ०.१६ ले बढेको छ । कारोबारका आधारमा मंगलबार शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १५ करोड २ लाख १२ हजार ४५ मूल्य बराबरको सेयर कारोबार भई शीर्ष स्थानमा रहे ।
यस्तै एनआईसी एसिया बैंक ११ करोड २३ लाख २० हजार ३ सय २ रुपैयाँ, सिभिल बैंक ८ करोड ३४ लाख १० हजार २ सय १८ रुपैयाँ, छिमेक लघुवित्त विकास बैंक ५ करोड ३३ लाख ५० हजार ८ सय ३४ रुपैयाँ, नागरिक लगानी कोष ५ करोड २२ लाख ८२ हजार ९ सय २६ रुपैयाँ र स्वरोजगार लघुवित्त विकास बैंकको ३ करोड ४९ लाख २२ हजार ६ सय ६४ रुपैयाँबराबरको कारोबार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार कालिका पावर १०, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ९.८३, नेपाल हाइड्रो डेभलपमेन्ट ७.५०, लक्ष्मी लघुवित्त वित्तीय संस्था ६.३४, स्वरोजगार लघुवित्त विकास बैंक ६.१८ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ५.८८ प्रतिशतले कमाए । त्यस्तै, युनियन हाइड्रोपावर ५.०८, सेन्ट्रल फाइनान्स ४.०८, रिलायन्स फाइनान्स ३.३५, साल्ट टे«डिङ कर्पोरेसन २.०५, बोटलर्स नेपाल तराई १.९९ र रैराङ हाइड्रोपावरका सेयरधनीले १.९२ प्रतिशतले गुमाए ।