कारोबार संवाददाता
सोमवार, माघ २०, २०७६
608

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार २१. २६ अंकले उकालो लागेको छ । उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आइतबार २१.२६ ले बढेर १ हजार ३४६.६४ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९९ विन्दुले बढेर २८६.७५ मा पुगेको छ ।
नेप्सेले उकालो यात्रा तय गर्दा कारोबार रकम भने २ अर्ब रुपैयाँ माथि नाघेको । कुल १ सय ७५ कम्पनीका ५३ लाख ४६ हजार ५ सय ८ कित्ता सेयर २ अर्ब ७ करोड ७९ लाख ८७ हजार ७ सय ९९ रुपैयाँमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये आइतबार दुई उपसमूहको सेयर ओरालो लाग्दा १० उपसमूहको सेयर भने बढेको छ । व्यापार ०.६२ र जीवन बिमा १.०९ले घटेको छ । यस्तै बैंकिङ २७.०४, होटल ८.६६, विकास बैंक २८.३२, जलविद्युत् ३.०९, वित्त ४.१८, निर्वीवन बिमा १०१.५२, उत्पादन ४७.७८, अन्य ३.१६, लघुवित्त २२.१३ र सामूहिक लगानीकोष ०.०७ ले बढेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा आइतबार सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको १० करोड ११ लाख ४ हजार ९ सय ६७ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै, गरिमा विकास लघुवित्त ९ करोड ४८ लाख ५८ हजार ३ सय ३० रुपैयाँ, एनआईसी एसिया बैंक ६ करोड २९ लाख ९५ हजार ६ सय ८९ रुपैयाँ, प्रभु बैंक ६ करोड १९ लाख ९८ हजार १ सय ३५ रुपैयाँ, हिमालयन डिस्टिलरी ६ करोड १४ लाख ५५ हजार २ सय २३ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ५ लाख ४७ हजार ८ सय ६७ रुपैयाँबराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
आइतबार गरिमा विकास लघुवित्त ९.९३, नयाँ नेपाल लघुवित्त ९.८९, मिथिला लघुवित्त वित्तीय संस्था ९.८८, ग्लोबल आईएमई समुन्नत स्किम एक ८.८८, खानीखोला हाइड्रोपावर ७.१४ र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले ७.०९ प्रतिशतले कमाए । त्यस्तै सिनर्जी पावर ४.७१, समता माइक्रोफाइनान्स ४.६३, अरुण काबेली ४, रिडी हाइड्रोपावर ३.७९, गुह्येश्वरी मर्चेन्ट बैंक ३.५९ र युनाइटेड फाइनान्सका लगानीकर्ताले ३.२७ प्रतिशतले गुमाए ।