कारोबार संवाददाता
शुक्रवार, माघ १७, २०७६
537

साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक बिहीबार झन्डै २० अंकले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से १९.५१ विन्दुले बढेर एक हजार ३२५.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५७ ले बढेर २८१.७६ मा पुगेको छ ।
नेप्से उकालो लाग्दा कारोबार रकममा समेत उच्च अंकको वृद्धि भएको छ । कुल १ सय ७८ कम्पनीका ४६ लाख २ हजार १ सय १ कित्ता सेयर १ अर्ब ९६ करोड ६२ लाख १९ हजार ७ सय ४९ रुपैयाँमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक अरू सबै उपसमूहको सेयर उकालो लागेको छ । व्यापार १५.३१ ले घटदा बैंकिङ १८.२५, होटल २४.०८, विकास बैंक १६.४३, जलविद्युत् ९.६६, वित्त ६.३६, निर्जीवन बिमा २२४.६४, उत्पादन ९.४२, अन्य १.९२, लघुवित्त १८.६, जीवन बिमा १६८.६३ र सामूहिक लगानी कोष ०.०४ विन्दुले बढेको छ ।

नेप्सेका अनुसार बिहीबार कारोबारका आधारमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको ११ करोड ३६ लाख १९ हजार १ सय ४७ रुपैयाँबराबरको कारोबार भयो । यस्तै प्राइम लाइफ ७ करोड २० लाख १४ हजार २ सय १८ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स ६ करोड ९३ लाख २४ हजार ९ सय ४३ रुपैयाँ, एसियन लाइफ ६ करोड ८१ लाख ३ हजार ३ सय २० रुपैयाँ, नेसनल लाइफ ६ करोड ६८ लाख १५ हजार २ सय ३१ रुपैयाँ, प्रभु बैंक ५ करोड ६६ लाख १२ हजार ९ सय ४९ रुपैयाँ र गुराँस लाइफ ५ करोड ६० लाख ९५ हजार ४ सय ७७ रुपैयाँमा खरिद बिक्री भई शीर्षस्थानमा रहे ।
नेप्सेका अनुसार एभरेस्ट इन्स्योरेन्स १०, सूर्य लाइफ इन्स्योरेन्स ९.८६, युनाइटेड फाइनान्स ८.९३, हिमालयन जनरल इन्स्योरेन्स ८.२९, युनाइटेड इन्स्योरेन्स ७.३२ र गुराँस लाइफ इन्स्योरेन्सका सेयरधनीले ७.२४ प्रतिशतले कमाए । त्यस्तै, हिमालयन ऊर्जा विकास कम्पनी ५.३५, नाडेप लघुवित्त ४.९८, गोर्खाज फाइनान्स ४.६८, कर्णाली डेभलपमेन्ट बैंक ३.६०, घोडीघोडा लघुवित्त ३.२६ र रिलायन्स फाइनान्सका सेयरधनीले २.८५ प्रतिशतले गुमाए ।