कारोबार संवाददाता
बिहिवार, माघ ९, २०७६
473

मंगलबार सामान्य सुधार देखिएको धितोपत्र बजारमा बुधबार नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक ७.०५ अंकले घटेर एक हजार ३१३.४२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.१३ अंकले घटेर २८२.३० मा समेटिएको छ । परिसूचक ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्ब नाघेको छ । आज कुल १ सय ८७ कम्पनीका ४९ लाख १४ हजार ४ सय ३७ कित्ता सेयर १ अर्ब ५८ करोड १३ लाख ८१ हजार ३ सय ६४ रुपैयाँमा खरिद बिक्री भयो ।
कारोबार भएका कुल १२ उपसमूहमध्ये जीवन बीमा उपसमूहको सेयर मात्र बढेको छ । सो उपसमूहको सेयर १६२.७४ अङ्कले बढेको छ । बैंकिङ ८.६१, व्यापार ११.१३, होटल २३.६७, विकास बैंक १७.७२, जलविद्युत् १५.९३, वित्त १.९४, निर्जीवन बिमा २३.०५, उत्पादन २३.५८, अन्य ५.९४, लघुवित्त १०.३६ र सामूहिक लगानी कोषको सेयर ०.०६ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा बुधबार ग्लोबल आईएमई बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको सेयर ६१ करोड १२ लाख २८ हजार ७ सय ४६ रुपैयाँमा खरिदबिक्री भयो । यस्तै नेपाल बैंकको ९ करोड ९ लाख ३१ हजार १ सय ८५ रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ६९ लाख ९ हजार २ सय ३४ रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ८३ लाख ६७ हजार ३ सय ५३ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ८१ लाख ७१ हजार ५ सय ७९ रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ४१ लाख २७ हजार १ सय १२ र एनआईसी एसिया बैंकको २ करोड ९५ लाख ७७ हजार ४ सय ८८ रुपैयाँमा खरिद बिक्री भयो ।
स्टकका अनुसार बुधबार एसियन लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले सबैभन्दा बढी ८.४७ प्रतिशतले कमाए । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी ८.२०, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी ५.२४, सिर्जना फाइनान्स ३.९६, सिद्धार्थ इक्विटी फन्ड ३.९३ र ग्लोबल आइएमई समुन्नत स्किम–१ का लगानीकर्ताले ३.९१ प्रतिशतले कमाए ।
यस्तै सबैभन्दा बढी पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८.६९ प्रतिशतले गुमाए । कञ्चन डेभलपमेन्ट बैंक ७.५१, सेन्ट्रल फाइनान्स ७.२३, नविल इक्विटी फन्ड ५.२९, सिनर्जी पावर डेभलपमेन्ट ५ र स्पर्श लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ४.९९ प्रतिशतले गुमाए ।