कारोबार संवाददाता
मंगलबार, आश्विन २८, २०७६
616

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.०५ विन्दुले घटेर एक हजार १३६.९६ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.७६ विन्दुले घटेर २४९.१७ मा झरेको छ । दसैंको बिदा लगत्तै सोमबार दोस्रो कारोबार दिनमा कुल १ सय ५४ कम्पनीको ८ लाख ३३ हजार ७ सय ५३ कित्ता सेयर २१ करोड ८६ लाख ३५ हजार ६ सय ९१ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कुल १२ उपसमूहमध्ये सोमबार सामूहिक लगानी कोषको बाहेक ११ उपसमूहको सेयर ओरालो लागेको छ । सामूहिक लगानी कोष ०.०५ विन्दुले बढ्दा बैंकिङ १३.४५, व्यापार २.२८, होटल ५३.६६, विकास बैंक ११.४३, जलविद्युत् ९.०७, वित्त ६.३, निर्जीवन बिमा ४९.५३, उत्पादन १.५२, अन्य २.२१, लघुवित्त १३.८५ र जीवन बीमा ३७.१ विन्दुले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा सोमबार प्रभु बैंकको २ करोड ६५ लाख ७३ हजार १ सय २७ रुपैयाँमा सेयर खरिद बिक्री भई शीर्ष स्थानमा छ । यस्तै, सिद्धार्थ बैंक २ करोड ६४ लाख ५ हजार ८ सय ९४ रुपैयाँ, नबिल बैंक १ करोड २६ लाख २८ हजार ६ सय ७९ रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार राधी विद्युत् कम्पनीका सेयरधनीले ५.८४, एचआईडीसएलका लगानीकर्ताले ४.५१ प्रतिशतले कमाउँदा सिनर्जी पावर ६.४९ र अरुण काबेलीका सेयरधनीले ५.६३ प्रतिशतले गुमाए ।