मंगलबार र बुधबार उकालो लागेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार भने दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार र बुधबार उकालो लागेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार भने दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक १८ दशमलव १२ अंकले घटेर एक हजार १५५ दशमलव ३० मा पुगेको छ ।
त्यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ४९ अंकले घटेर २५२ दशमलव २१ मा झरेको छ । स्टकका अनुसार बिहीबार कुल १ सय ६६ कम्पनीको १२ लाख २४ हजार ५ सय ७२ कित्ता सेयर ३९ करोड ९९ लाख ३० हजार ८ सय ७१ रुपैयाँमा खरिद बिक्री भयो । कारोबार भएका १२ उपसमूहमध्ये दुई उपसमूहको मात्र सेयर बढेको छ । व्यापार २ दशमलव ३७ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य दुईले बढ्दा बैंकिङ १४ दशमलव ७९, होटल ४८ दशमलव ९३, विकास बैंक ११ दशमलव ७८, जलविद्युत् १३ दशमलव २२, वित्त शून्य दशमलव ६९, निर्जीवन बिमा १०५ दशमलव ३२, उत्पादन ४४ दशमलव १२, अन्य १८ दशमलव २४, लघुवित्त १२ दशमलव ५६, जीवन बिमा १०५ दशमलव ६ अंकले घटेकोे छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो ।
गुराँस लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले ८ दशमलव ४६ प्रतिशतले गुमाउँदा स्पर्स लघुवित्त वित्तीय संस्था ८ दशमलव १३, नेपाल इन्स्योरेन्स कम्पनी ७ दशमलव २१, सूर्यलाइफ इन्स्योरेन्स कम्पनी ६ दशमलव १० र अरुण काबेली पावर लिमिटेडका सेयरधनीले ५ दशमलव ६७ प्रतिशतले गुमाए ।