कारोबार संवाददाता
सोमवार, श्रावण २७, २०७६
318

साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले घटेर २६७.६० बिन्दुमा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकमसमेत सस्तैमा समेटिएको छ । कुल १ सय ६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता सेयर ३१ करोड १७ लाख ५६ हजार ८ सय ५६ रुपैयाँमा खरिद बिक्री भए ।
स्टकका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये आइतबार ५ उपसमूहको सेयर बढेको छ भने सात उपसमूहको सेयर ओरालो लागेको छ । व्यापार १३.७७, होटल १६.४६, वित्त १.२५, अन्य १.८८ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ५.०३, विकास बैंक ४.२९, जलविद्युत् ८.८४, निर्जीवन बिमा ३२.१९, उत्पादन १४.७३, लघुवित्त ६.६ र जीवन बिमा ३७.६६ बिन्दुले घटेको छ ।

स्टकका अनुसार कारोबारका आधारमा आइतबार रसुवागढी जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको कुल ४ करोड ५९ लाख ५९ हजार ४ सय ६८ रुपैयाँबराबरको सेयर कारोबार भयो । यस्तै साञ्जेन जलविद्युत् कम्पनीको २ करोड ७९ लाख ९७ हजार १ सय १४ रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंक १ करोड ३७ लाख ३८ हजार ५ सय ३१ रुपैयाँ, नेपाल बैंक लिमिटेड १ करोड १८ लाख ४४ हजार ७ सय ६६ रुपैयाँ, कृषि विकास बैंक १ करोड १० लाख ८३ हजार ३९ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १ करोड ७ लाख ६३ हजार २ सय ७६ रुपैयाँबराबरको सेयर कारोबार भई शीर्ष स्थानमा रहेको छ ।
स्टकका अनुसार साल्ट टेड्रिङ कर्पोरेसन ९.११ स्वाभिमान लघुवित्त वित्तीय संस्था ५.५५, सिर्जना फाइनान्स ४.३०, साञ्जेन जलविद्युत् कम्पनी ४.०२, मल्टीपर्पोज फाइनान्स कम्पनी ३.६४ र युनिभर्सल पावर कम्पनीका सेयरधनीले २.३३ प्रतिशतले कमाएका छन् । यस्तै एनसीसी बैंक ९.९१, जोशी हाइड्रोपावर ८.१०, पाँचथर पावर ८.०२, राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयर ४.४८, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ४.१३, आशा लघुवित्त ३.५५ र छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ३.५२ प्रतिशतले गुमाएका छन् ।