कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६
335

 धितोपत्र बजारमा मंगलबार उकालो लागेको नेप्से परिसूचक बुधबार भने ओरालो लाग्यो । उतारचढावकाबीच नेप्से परिसूचक १.१२ अंकले घटेर एक हजार २४९.१५ अंकमा पुगेर रोकियो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७३ अंकले घटेर २६८.३३ मा थामियो ।
स्टकका अनुसार बुधबार कुल १ सय ६८ कम्पनीका २९ लाख ९८ हजार ९४७ कित्ता सेयर ५७ करोड ३४ लाख ४७ हजार ५ सय ९ रुपैयाँमा खरिद बिक्री भए । परिसूचक ओरालो लागे पनि कारोबार भएका ११ मध्ये तीन उपसमूहको सेयर मात्र बढ्यो । बैंकिङ १.७८, लघुवित्त ३.५२ र जीवन बिमा उपसमूहका सेयर १.४४ अंकले बढ्दा होटल ३.७८, विकास बैंक २.७६, जलविद्युत् ४.५४, वित्त ०.९८, निर्जीवन बिमा १६.७५, उत्पादन २७.०१, अन्य ६.९३ र सामूहिक लगानी कोषका सेयर ०.११ अंकले घटे ।

स्टकका अनुसार सिभिल बैंकको संस्थापक सेयर १७ करोड ५३ लाख ५९ हजार ४ सय रुपैयाँमा खरिद बिक्री भई शीर्ष स्थानमा रह्यो । त्यस्तै सिटिजन लगानी कोषको सेयर ४ करोड ११ लाख ६५ हजार ८ सय १० रुपैयाँ, नेपाल बैंक २ करोड २३ लाख १७ हजार १४ रुपैयाँ, एनआईसी एसिया बैंक १ करोड ६५ लाख ९५ हजार ६ सय ३४ र शिवम् सिमेन्ट्सको सेयर १ करोड ५५ लाख ७१ हजार ४ सय ५५ रुपैयाँमा खरिद बिक्री भए ।
घटेको बजारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.८१ प्रतिशतले कमाए । यस्तै समिट लघुवित्त वित्तीय संस्था लिमिटेड ४.४९, मल्टीप्रपोज फाइनान्स कम्पनी ४.४४, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड ४.१३ र नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ३.७९ प्रतिशतले कमाए । सिभिल लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.६७ प्रतिशतले गुमाए । कञ्चन डेभलपमेन्ट बैंक ६.०९, आँखु खोला जलविद्युत् कम्पनी ५.४०, नविल इक्वुटी फन्ड ४.८४, कर्पोरेट डेभलपमेन्ट बैंक ४.८ र घलेम्दी हाइड्रो लिमिटेडका सेयरधनीले ३.३७ प्रतिशले गुमाए ।