कारोबार संवाददाता
सोमवार, असार २३, २०७६
440

साताको पहिलो दिन नै आइतबार सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.४५ बिन्दुले घटेर १ हजार २५६.०४ अंकमा पुगेको हो ।
यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.११ अंकले घटेर २७०.३५ अंकमा पुगेको छ । नेप्से ओरालो लागे पनि आइतबार कारोबार रकम भने औसत नै देखिएको छ । कुल १ सय ७३ कम्पनीको २२ लाख १६ हजार ४ सय ९३ कित्ता सेयर ५४ करोड ५ लाख २९ हजार ४ सय ६५ रुपैयाँमा खरिद बिक्री भए ।

स्टकका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये आइतबार ६ उपसमूहको सेयर बढेको छ भने ६ उपसमूहको सेयर घटेको छ । बैंकिङ ६.७, व्यापार १.३५, जलविद्युत् ३.१६, अन्य ०.४६, लघुवित्त ९.०७, जीवन बिमा ५०.२४ अंकले घटेका छन् । यस्तै होटल ६.८४, विकास बैंक ३.१५, वित्त २.६९, निर्जीवन बिमा ३८.३२, उत्पादन ११.०७ र सामूहिक लगानी कोष ०.०१ अंकले बढेको छ ।
कारोबारका आधारमा आइतबार सिभिल बैंक शीर्ष स्थानमा पुगेको छ । सो बैंकको ५ करोड ७९ लाख ८० हजार ७ सय ४८ रुपैयाँ, मेगा बैंकको ४ करोड ६९ लाख १ हजार ८ सय ८७ रुपैयाँ, नेपाल बैंकको ४ करोड १० लाख ६३ हजार २२ रुपैयाँ, सेञ्चुरी बैंक ३ करोड २६ लाख ७ हजार ६२ रुपैयाँ, कुमारी बैंक २ करोड ५४ लाख १९ हजार २ सय ५३ र प्रभु बैंक २ करोड ११ लाख ४९ हजार ३ सय ८ रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार आइतबार स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरधनीले ९.८६, दिव्यश्वेरी हाइड्रो पावरको ९.२३, रैराङ हाइड्रो पावर ४.६३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ४.३७, वेस्ट फाइनान्स कम्पनी ३.९६ र सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनीले ३.९५ प्रतिशतले कमाए । यस्तै जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका सेयरधनीले ११.३०, स्वरोजगार लघुवित्त विकास बैंक ४.७४, मिथिला लघुवित्त वित्तीय संस्था ४.७३, खानीखोला हाइड्रोपावर ४.०५ र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३.६१ प्रतिशतले गुमाए ।