कारोबार संवाददाता
आइतवार, असार १५, २०७६
349

 धितोपत्र बजारमा यस साता पनि उतारचढावपूर्ण कारोबार भयो । अघिल्लो बिहीबार अर्थात् असार ५ गते १ हजार २६४.३६ अंकमा रहेको नेप्से परिसूचक यस साताको अन्तिम दिन असार १२ गते १ हजार २५७.१५ अंकमा पुगेर बजार बन्द भएको छ ।  धितोपत्र बजारमा यस साता पनि उतारचढावपूर्ण कारोबार भयो । अघिल्लो बिहीबार अर्थात् असार ५ गते १ हजार २६४.३६ अंकमा रहेको नेप्से परिसूचक यस साताको अन्तिम दिन असार १२ गते १ हजार २५७.१५ अंकमा पुगेर बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर २ अर्ब ५२ करोड ६१ लाख ५७ हजार ४ सय ४४ रुपैयाँमा ७६ लाख ७२ हजार ५ सय ६४ कित्ता सेयर कारोबार भए । कुल १ सय ७४ कम्पनीको सेयर साताभर कारोबार भए । यस साताको पहिलो दिन कारोबार मापक नेप्से परिसूचक १० दशमलव ०१ अंकले घटेर १ हजार २५४ दशमलव ३५ अंकमा ओर्लिएको छ  । सो दिन ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ०१ अंकले घटी २६९.६० अंकमा पुगेको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम समेत घट्यो । कुल १ सय ७२ कम्पनीको १५ लाख ७५ हजार ३ सय ४० कित्ता सेयर ४८ करोड १८ लाख ५९ हजार रुपैयाँमा खरिद–बिक्री भए । यस्तै सोमबार नेप्से परिसूचक ५.७५ अंकले उकालो लागेर १ हजार २६०.१० अंकमा पुग्यो । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४४ अंकले बढेर २७१.०४ मा पुग्यो । सो दिन नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने उल्लेख्य मात्रामा अगाडि बढ्न सकेन । कुल १ सय ७३ कम्पनीको १५ लाख चार हजार ६ सय ७२ कित्ता सेयर ४८ करोड १४ लाख ९२ हजार ८ सय २१ रुपैयाँमा खरिद बिक्री भए । मंगलबार नेप्से परिसूचक ०.९६ अंकले बढेर १ हजार २६१.०७ अंकमा पुग्यो भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४ अंकले बढेर २७१.४४ मा पुग्यो ।  सामान्य अंकले बढेको बजारमा त्यस दिन कारोबार रकम भने सामान्य देखियो । कुल १ सय ७४ कम्पनीको १३ लाख २४ हजार ५ सय १९ कित्ता सेयर ३६ करोड ४७ लाख ७३ हजार ३ सय ३० रुपैयाँ बराबरको खरिद–बिक्री भए । सोमबार र मंगलबार उकालो लागेको नेप्से परिसूचक बुधबार भने ओरालो लाग्यो । त्यस दिन परिसूचक २.७८ अंकले घटेर एक हजार २५८.२९ अंकमा झ¥यो  भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६३ अंकले घटेर २७०.८१ मा पुग्यो । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने वृद्धि भयो । कुल १ सय ६७ कम्पनीको १४ लाख १३ हजार ३५७ कित्ता सेयर ५७ करोड १ लाख २३ हजार ४ सय ८१ रुपैयाँमा खरिद बिक्री भए । साताको अन्तिम दिन बिहीबार परिसूचक १.१४ अंकले घटेर १ हजार २५७.१५ अंकमा पुग्यो । त्यस दिन नेप्से परिसूचक घटे पनि ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने सामान्य अंकले वृद्धि भयो ।  कुल १७२ कम्पनीका १८ लाख ५४ हजार ६ सय ७६ कित्ता सेयर ६२ करोड ७९ लाख ८ हजार ८ सय १२ रुपैयाँमा बिक्री भए । यससाता पनि बजारमा वाणिज्य बैंकहरुकै बोलवाला रह्यो । बजार पूँजीकरणका आधारमा नेपाद दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहँदा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेस्ट बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबिआई बैंक र कृषि विकास बैंक क्रमशः उत्कृष्ठ दश कम्पनीका रुपमा रहे । यस साता नेपाल इन्स्योरेन्स कम्पनीको ४० लाख ४ हजार ६ सय ५१ कित्ता सेयर लाभांश स्टकमा सूचीकृत भए ।
स्थानीय तहमा बैंक नहुँदा सदरमुकाममा भीड  डोटी, १४ असार (कास) ः जिल्लाका ९ वटा स्थानीय तहमध्ये आठ वटामा बैंकिङ सुविधा नहुँदा सदरमुकामका बैंकमा हिजो–आज उपभोक्ताको भीडभाड लाग्ने गरेको छ । सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा हिजो–आज सेवाग्राहीको थेगी नसक्नु भीड लाग्ने गरेको छ ।असार महीनाको सुरुआतदेखि नै बैंकमा भीड बढेको राष्ट्रिय वाणिज्य बैंक दिपायलका कर्मचारी गणेश विष्टले बताए । उनले भने, “अन्य स्थानीय तहमा बैंक छैनन्, उपभोक्ताका काम सरकारी बैंकमार्फत हुने भएकाले अहिले उपभोक्ता समितिका पदाधिकारीका कारण बढी भीड भाड भएको हो ।” स्थानीय तहमार्फत सञ्चालित योजनाको भुक्तानी लिनेको भीडा पनि राष्ट्रिय वाणिज्य बैंकमै लागेको छ ।बैंकमा दिनभर लाइन लागेपछि मात्रै पालो आउने गरेको जिल्लाको बडीकेदारबाट आउनुभएका सेवाग्राही प्रकाशबहादुर कलेलले बताए । दीपायल सिलगढी नगरपालिकाबाहेक अन्य आठवटा स्थानीय तहमा अहिलेसम्म पनि सरकारी बैंकहरु स्थापना हुन सकेका छैनन् । निजी क्षेत्रका बैंक स्थापना भएका केही स्थानीय तहमा पनि ढिलो बैंकका शाखा खुलेको तथा उनीहरुको कारोबार पनि वाणिज्य बैंकबाट नै भइरहेकाले सदरमुकाममा उपभोक्ताको बढी भीड लाग्ने गरेको हो ।जिल्ला सदरमुकाममा अन्य बेला सुनसान भए पनि असार शुरु भएदेखि निकै भीड बढेको स्थानीय व्यापारी मोहन पातलीले बताउनुभयो । उनले भने, “जेठमै सम्पन्न भएका योजनाको भुक्तानी दिन ढिलाइ हँुदा असारमै आएर उपभोक्ताको भीडभाड बढेको हो ।” 
गत वर्षको साउन महीनामै स्थानीय तहमा बैंक स्थापना हुने भनिएपनि सुरक्षा, सडक सुविधा विद्युत्लगायतका कारणले बैंकहरु जान नमानेपछि  जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिक बैंकिङ कारोबार तथा तलब भत्ताका लागि जिल्ला र क्षेत्रीय सदरमुकाम दिपायल धाउन बाध्य छन् ।