कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६
1020

नेप्से परिसूचक मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । नयाँ वर्षको पहिलो कारोबारका रूपमा सोमबार उकालो लागेको बजार मंगलबार पनि २३.३३ बिन्दुले बढेर १ हजार २१२.०५ बिन्दुमा पुगेको हो ।
यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४८ बिन्दुले बढेर २६०.२४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार संख्या र रकममा समेत वृद्धि भएको छ । कुल १७० कम्पनीको २४ लाख ११ हजार ६ सय ५० कित्ता सेयर ७४ करोड २७ लाख १८ हजार ७ सय ५१ रुपैयाँमा खरिद बिक्री भयो ।

कारोबार भएका दश उपसमूहकै मंगलबार सेयर बढेको छ । बैंकिङ २९.४१, होटल १४, विकास बैंक २०.०२, जलविद्युत् ५.८९, वित्त १०.७४, निर्जीवन बिमा ४८.९२, उत्पादन २.४६, अन्य २.९३, लघुवित्त ३५.८ र जीवन बिमा ८०.१९ बिन्दुले बढेको छ ।
कारोबार रकमका आधारमा मंगलबार एनएमबी बैंक शीर्ष स्थानमा पुगेको छ । उक्त बैंकको ६ करोड ७० लाख ६० हजार ५ सय ६८ रुपैयाँ, एनआईसी एसिया बैंक ४ करोड ९८ लाख २१ हजार ६ सय ३९ रुपैयाँ, प्रभु बैंक ४ करोड ५८ लाख ७९ हजार ७ सय १ रुपैयाँ, सिभिल बैंक ३ करोड ३२ लाख ९३ हजार ५ सय ५८ रुपैयाँ, नेपाल बैंक लिमिटेड ३ करोड २४ लाख ९० हजार ७ सय १५ रुपैयाँ, कुमारी बैंक २ करोड ७५ लाख ७४ हजार २ सय ८४ रुपैयाँ, नेपाल क्रेडिट एन्ड कमर्स बैंक २ करोड ३० लाख ९१ हजार १ सय ५९ रुपैयाँ, साना किसान विकास बैंक २ करोड २४ लाख २० हजार ४ सय ४० रुपैयाँ बराबरको सेयर कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार मंगलबार श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका सेयरधनीले ६.६७ प्रतिशतले कमाए । यस्तै सेन्ट्रल फाइनान्स कम्पनी ६.५४, सामुदायिक लघुवित्त वित्तीय संस्था ५.९६, डिप्रोक्स लघुवित्त वित्तीय संस्था ५.५६, प्रभु बैंक ५.१८, सिद्धार्थ बैंकका सेयरधनीले ५.०५ प्रतिशतले कमाए । यस्तै युनिभर्सल पावर कम्पनीका सेयरधनीले ३.२२ प्रतिशतले गुमाए । एभरेस्ट इन्स्योरेन्स कम्पनी २.३४, समुन्नति माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक २.३०, सिनर्जी पावरका सेयरधनीले १.९० प्रतिशतले गुमाए ।

 


सातामा धेरै पढिएको