भुवन पौडेल
मंगलबार, असार ५, २०७५

धितोपत्र बजारमा सुरु भएको अनलाइन कारोबार प्रणाली धितोपत्र दलाल कम्पनीलाइ नै बोझ बन्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले धितोपत्र दलाल कम्पनीको चुक्ता पुँजीबराबरको प्रविधिक पूर्वाधार तयार गर्न भनेपछि समस्या बढेको हो । हाल २ करोड रुपैयाँ चुक्ता पुँजी भएका ब्रोकरलाई नेप्सेले सोही अनुपातमा अनलाइन कारोबार प्रणालीका लागि लगानी गर्ने भन्दै गत बुधबार पत्राचार गरेको छ ।

1173
कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच ५६ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता भएको छ ।

543
रासस
मंगलबार, जेठ २९, २०७५

सोमबार केही बढेको शेयर बजार आज भने सामान्य अंकले घटेको छ ।

496
रासस
मंगलबार, जेठ २९, २०७५

विभिन्न ११ कम्पनीको रु सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ मूल्य बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद शेयर निष्काशनको तयारी गरिएको छ ।

997
भुवन पौडेल
बिहिवार, जेठ २४, २०७५

सरकारले बोनस र हकप्रद सेयरमा अंकित मूल्यलाइ आधार मानी पुँजीगत लाभकर लगाउने व्यवस्था कार्यान्वयन स्थगित गरेपछि १५ दिनको लागि समस्या टरेको छ । लगानीकर्ताले बुधबार पनि सेयर खरिद बिक्री नगरेर बजार ठप्प पारेपछि अर्थ मन्त्रालय आफ्नो निर्णय स्थगित गर्न बाध्य भएको हो ।

823
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

सेयर बजार सुचारु भएको छ । अर्थ मन्त्रालयले पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्न सहमत भएपछि नेप्से खुलेको हो । सरकारले हालै कार्यान्वयनमा ल्याएको हकप्रद र बोनस सेयरमा लाग्ने लाभकरको निर्णय स्थगन गरेको छ । लगानीकर्ताको निरन्तरको आन्दोलन र बजार नै ठप्प पार्ने सम्मका गतिविधिका कारण सरकार घुँडा टेक्न बाध्य भएको हो ।

860
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

नेपाली कांग्रेसले सेयर बजारको आन्दोलनलाई साथ दिएको छ । नेपाली कांग्रेसका प्रवत्ता विश्व प्रकाश शर्माले पनि सेयर बजारको आन्दोलनलाई साथ दिएका हुन् । उनले उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै ट्विट लेखेका छन् -- सेयर मार्केटमा `कम्युनिस्ट कर´ ! नाफा कमाउंदा कर तिर्नु पर्छ l तर नाफा-घाटा टुंगो हुनु अघिनै कर तिर्नुपर्ने, सेयर मार्केटमा पसेको जनवादी बौद्धिकताको यो नितिले समृद्धिको यात्रालाई किमार्थ सघाउ पुर्‍याउंदैन l खारेज गरियोस् !!

790
भुवन पौडेल
बुधवार, जेठ २३, २०७५

हकप्रद र बोनस सेयरमा अंकित मूल्यलाइ आधार मूल्य मानेर पुँजीगत लाभकर लगाउने सरकारको निर्णयविरुद्ध आन्दोलित लगानीकर्ताले मंगलबार कारोबार नै ठप्प पारेका छन् । आन्तरिक राजस्व विभागले आइतबार यस्तो व्यहोराको पत्र पठाएसँगै आन्दोलित लगानीकर्ताले सोमबार दिनभर वार्ताद्वारा सहमति खोज्ने प्रयास गरेका थिए । तर, सोमबारको वार्ताबाट कुनै सहमति नजुटेपछि मंगलबार कारोबार नै ठप्प भएको हो ।

565
भुवन पौडेल
मंगलबार, जेठ २२, २०७५

आन्तरिक राजस्व विभागले हाल अभ्यासमा रहेको पुँजीगत लाभकर गणना पद्धति आफूअनुकुल व्याख्या गर्दा सेयर लगानीकर्तामाथि करको अप्रत्याशित भार थपिएको छ । हाल हकप्रद र बोनस सेयरको आधार मूल्य निर्धारण अन्तराष्ट्रिय अभ्यासअनुसार गर्दा पनि आन्तरिक राजस्व विभागले स्वीकार नगरेपछि समस्या झनै बढेको हो ।

2268
कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५

यस साता नेपाल स्टक एक्सचेन्जमा १८३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २३५४८ कारोबारबाट दुई अर्ब आठ करोड ७३ लाख ५१ हजार रुपैयाँ बराबरका ४७ लाख ४४ हजार आठ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ८.५६ प्रतिशत बढी हो ।

218
कारोबार संवाददाता
शुक्रवार, जेठ १८, २०७५

रैराङ हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको सेयर व्यवस्थापन भिवोर क्यापिटल लिमिटेडले गर्ने भएको छ ।

517
कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५

यस साता नेपाल स्टक एक्सचेन्जमा १८३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १९७१३ कारोबारबाट एक अर्ब ९२ करोकड २७ लाख ३१ हजार रुपैयाँ बराबरका ४१ लाख ३७ हजार चार सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

519
कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५

सेयर बजार घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । मंगलबार ४ अंक भन्दा धेरैले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बुधबार पनि सोही गतिमा घटेको हो ।

527
कारोबार संवाददाता
सोमवार, जेठ ७, २०७५

नेपाल धितोपत्र बोर्डले सी–आस्बा प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएको छ । धितोपत्रको सार्वजनिक निष्कासनमा सी–आस्बा प्रणालीमा कनेक्टिभिटी जाने समस्या देखिएपछि त्यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बोर्डले सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिएको हो ।

589
कारोबार संवाददाता
आइतवार, जेठ ६, २०७५

काठमाडौं यस साता नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १४०२६ कारोबारबाट एक अर्ब आठ करोड १९ लाख ४१ हजार रुपैयाँ बराबरका २३ लाख २९ हजार चार सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४५.९६ प्रतिशत कम हो ।

539