कारोबार संवाददाता
बिहिवार, असार ५, २०७६

पूर्व उपप्रधानमन्त्री तथा नेकपा नेता भीम रावलले अपर कर्णाली आयोजना नेपाल सरकार आफैंले बनाउनुपर्ने बताएका छन् । नेकपा अछामले विनायकमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै रावलले अपर कर्णाली आयोजना निर्माण गर्न नेपाल सरकारसँग क्षमता भएको बताएका हुन् ।

432
कारोबार संवाददाता
बिहिवार, असार ५, २०७६

संसदीय सुनुवाई विशेष समितिले सरकारद्वारा प्रस्तावित विभिन्न चार देशका राजदूतको सुनुवाई प्रक्रिया सुरु गरेको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सरकारद्वारा प्रस्तावित राजदूतहरु अष्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशीधर मिश्रको सुनुवाईका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

311
कारोबार संवाददाता
बिहिवार, असार ५, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारले प्रतिपक्षी दललाई हेपेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले प्रतिपक्षी दललाई सरकारले हेप्ने गरेको बताएका हुन् । उनले सरकारले विपक्षी दलमाथि बलमिच्याइँ गर्दै अघि बढेको भन्दै त्यो कुनै पनि अवस्थामा आफूहरुलाई त्यो स्वीकार्य नहुने चेतावनी दिए ।

355
कारोबार संवाददाता
बिहिवार, असार ५, २०७६

राष्ट्रिय जनता पार्टीले चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई चेतावनी दिएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधान संशोधन, लाल आयोग प्रतिवेदन सार्वजनिक, लोकसेवा आयोगको विज्ञापन रद्द लगायतका माग गर्दे आएपनि सरकारले नसुनेको भन्दै चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई चेतावनी दिएका हुन् ।

351
कारोबार संवाददाता
बिहिवार, असार ५, २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल विधेयक, मानव अधिकारसम्बन्धी विधेयक, सेना सञ्चालनसम्बन्धी विधेयक र गुठी व्यवस्थापन विधेयक जस्ता विवादास्पद विधेयक फिर्ता लिन आग्रह गरेका छन् ।

220
कारोबार संवाददाता
बिहिवार, असार ५, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकको सडक आन्दोलनमा समर्थन जनाउँदै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

188
कारोबार संवाददाता
बिहिवार, असार ५, २०७६

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकार केन्द्रीकृत शासनमा जान लागेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा इमुरेट्स सम्पूर्णानन्द विश्वविद्यालय वाराणसीका प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री जी’को लोकार्पण गर्दै उनले सरकार तानाशाह बन्न खोजेकोले त्यसविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताए ।

246
कारोबार संवाददाता
बुधवार, असार ४, २०७६

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेका छन् । आफ्नो पार्टीको विरोधका बाबजुद सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिएको भन्दे उनीहरुले नाराबाजी गरेका हुन् ।

297
कारोबार संवाददाता
बुधवार, असार ४, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सामाजिक मर्यादा कायम राख्न अनुरोध गरेका छन् । मंगलबार साँझ सिंहदरबारमा पत्रकार सम्मेलन डाकेका ओली आफ्नो सम्बोधनका क्रममा सामाजिक सञ्जाल र मिडियाप्रति निकै आक्रामक देखिए । ओलीले प्रश्न गरे– सामाजिक सञ्जाललाई गुरु थापेर कस्तो समाज बनाइँदैछ ? प्रधानमन्त्री ओलीले पत्रकारहरुले नै भाषा बिगारेको आरोप लगाए ।

946
कारोबार संवाददाता
बुधवार, असार ४, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा एवं प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध वागी उमेदवारी दिएका नेताहरुलाई कारबाही गर्ने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले तीनवटै तहको निर्वाचनमा वागी उमेदवारी दिएका नेता, तिनका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

391
कारोबार संवाददाता
बुधवार, असार ४, २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल विधेयक, मानव अधिकारसम्बन्धी विधेयक, सेना सञ्चालनसम्बन्धी विधेयक र गुठी व्यवस्थापन विधेयक जस्ता विवादास्पद विधेयक फिर्ता लिन आग्रह गरेका छन् ।

237
कारोबार संवाददाता
सोमवार, असार २, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपबीचको सम्बन्ध विस्तारमा युरोप भ्रमण अत्यन्त फलदायी भएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को स्वीट्जरल्याण्डको जेनेभामा आयोजित शतवार्षिकी समारोहलाई सम्बोधन तथा फ्रान्स र बेलायतको औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् ।

369
कारोबार संवाददाता
सोमवार, असार २, २०७६

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउँदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । आइतबार चितवनमा पत्रकारसँगको कुराकानीमा उनले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औँल्याएका हुन् ।

308
कारोबार संवाददाता
सोमवार, असार २, २०७६

नेपाली कांग्रेसका सांसद गगन थापाले गुठीसम्बन्धी विधेयक किसान नभई ‘यार’ पोस्नका लागि ल्याइएको भन्दै किसानले केही पनि नपाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सत्तारुढ सांसदहरुले गुठी विधेयकले भूमिहीन किसानले जमिन पाउन लागेको तर्क गरेपछि जवाफमा उनले यस्तो बताएका हुन् ।

391
कारोबार संवाददाता
आइतवार, असार १, २०७६

पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० करोड जनतालाई पुग्ने उत्पादन तागत भएको दाबी गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयले रामपुरमा आयोजना गरेको कृषि प्रदर्शनी तथा कृषक मेलाको शनिबार उद्घाटन गर्दै उनले भने, “सचिवज्यूले मान्छे धेरै भएकाले आयात गर्नुपरेको भन्ने तर्क गर्नुभयो, एउटा सत्यता होला, मुख्य सत्य त्यो होइन । विकासलाई गति दिन नसक्नुनै मुख्य जरो हो ।”

363