कारोबार संवाददाता
आइतवार, पुष ३०, २०७४

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि ७ वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । निर्वाचन कार्यतालिका अनुसार आयोगले शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

824
कारोबार संवाददाता
शुक्रवार, पुष २८, २०७४

२०६२-०६३ सालको राजनीतिक परिवर्तनपछि पहिलो पटक राष्ट्रिय एकता दिवस मनाइएको छ । त्यसअघि नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आए पनि गणतन्त्र आएपछि मनाउन छाडिएको थियो ।

989
कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४

राष्ट्रियसभा निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न गठित संयुक्त कार्यदललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काम गर्न निर्देशन दिएका छन् । बुधबार बिहान ओली निवास बालकोटमा कार्यदलका सदस्यहरूसमेत उपस्थित बैठकमा दुई नेताले प्रदेशसभा र राष्ट्रिय सभा गठनका विषयमा निर्देशन दिएका हुन् । ओली र दाहालले प्रदेशसभा गठन र राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशसभा र स्थानीय तहमा दुवै दलले प्राप्त गरेको मतलाई आधार

931
कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४

काठमाडौं, २६ (कास) ः निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबार बसेको आयोगको बैठकले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका स्विकृत गरि सार्वजनिक गर्ने निर्णय गरेको हो ।

1753
कारोबार संवाददाता
बुधवार, पुष २६, २०७४

नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समिति बैठक मंगलबार साँझ एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा सम्पन्न भएको छ । बैठकले राष्ट्रियसभा र प्रदेशसभा गठनमा देखिएका जटिलता अन्त्यको प्रयास खोज्न कार्यदल बनाउने निर्णय गरेको छ ।

1415
कारोबार संवाददाता
बुधवार, पुष २६, २०७४

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको बैंकक जाँदैछन् । उनी आज मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक जाने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

1072
कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४

नेकपा एमालेले माओवादी केन्द्रसँग पार्टी एकताका लागि बाँडफाँड र वैचारिक मतभेद टुंगो लगाउन कार्यदल बनाउने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

1034
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रदेशको अस्थायी राजधानी नतोक्ने सरकारको निर्णय बेइमानीपूर्ण भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उपाध्यक्ष रावलले सरकार आफ्नो कर्तव्यबाट पछि हटेको आरोप लगाए ।

699
तीर्थराज बस्नेत
सोमवार, पुष २४, २०७४

संविधानअनुसार अबको १९ दिनभित्रै सात वटा प्रदेशले मुख्यमन्त्री पाउने भएका छन् । गएको मंसिर १० र २१ गते भएको प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा पहिलो पटक संघीयता कार्यान्वयन भएको छ । जसअनुसार सातवटै प्रदेशमा सरकार गठन हुन लागेको हो ।

961
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार २ सय ९९ रुपैयाँ खर्च भएको छ । खर्च गरिएको रकममध्ये ४ अर्ब ८६ करोड १४ लाख ६८ हजार ६०८ रुपैयाँ ७७ जिल्लामा निकासा भएको छ भने आयोगको केन्द्रीय कार्यालयबाट ७६ करोड ६ लाख ७८ हजार ६९१ रुपैयाँ खर्च भएको तथ्यांक छ ।

889
कारोबार संवाददाता
आइतवार, पुष २३, २०७४

प्रदेश नम्बर २ को राजधानी वीरगन्जलाई बनाउनुपर्ने मागसँगै शुक्रबार सुरु भएको रिले अनशन शनिबार दोस्रो पनि जारी रह्यो । नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका युवाहरूले सुरु गरेको आन्दोलनमा विभिन्न संघसंस्थाले पनि ऐक्यबद्धता जनाएका छन् । आन्दोलनमा वीरगन्ज उद्योग वाणिज्य संघ, नेपाल चिकित्सक संघ, गैरसरकारी संस्था महासंघ, वीरगन्ज युवा समाजलगायत संघसंस्थाले ऐक्यबद्धता जनाएका हुन् ।

617
कारोबार संवाददाता
आइतवार, पुष २३, २०७४

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो हुने बताएका छन् ।

652
रासस
शुक्रवार, पुष २१, २०७४

प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा वाम गठबन्धनका नेताहरुले ठोस सल्लाह नदिएपछि अब सरकारले आफैं गृहकार्य गरी त्यसबारे निर्णय गर्ने भएको छ ।

1176
कारोबार संवाददाता
बिहिवार, पुष २०, २०७४

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादीबीच पार्टी एकता भएरै छाड्ने दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा नेपालले आवश्यकताअनुसार सबै नेताको व्यवस्थापन गरेर पार्टी एकता गरिने बताए । सानो, प्रभावकारी र चुस्त सांगठनिक संरचना बनाएर पार्टी एकता गर्नुपर्ने विषयमा गृहकार्य भइरहेको उनले जानकारी दिए । ८ करोड सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य २ सय जना, पोलिटब्यूरो सदस्य २१ जना भएको उदाहरण दिँदै उनले नेपालमा पनि सानो कमिटि बनाएर ठूलो काम गर्न सक्ने गरी अघि बढ्नुपर्ने बताए ।

865
तीर्थराज बस्नेत
बुधवार, पुष १९, २०७४

नेकपा माओवादी केन्द्रले सरकार गठनअघि नै नेकपा एमालेसँग पार्टी एकता गरिसक्नुपर्ने जोड दिएको छ । मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले सरकार गठनअगावै पार्टी एकता गरिसक्नुपर्नेमा जोड दिएको हो ।

1127