केशव समर्पण
बुधवार, भदौ २५, २०७६

हेटौंडा-प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी र स्थायी राजधानी र नामकरणको विषय चाँडै नै टुंग्याइने प्रतिबद्धता दोहो¥याएका छन् । मंगलबारको प्रदेशसभाको विशेष समयमा बोल्दै मुख्यमन्त्री पौडेलले यसअघि कानुन तथा नीति निर्माणमै अल्झनुपरेकाले स्थायी राजधानी टुंग्याउन केही ढिलाइ भएको स्पष्ट पारे ।

365
धर्मेन्द्र कर्ण
मंगलबार, भदौ २४, २०७६

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सुनिश्चित गर्न अझ धेरै तयारी गर्न बाँकी रहेकोले कूटनीतिक पहल गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । भारतले लगाएको नाकाबन्दीका बेला चीनले आड दिने तर पछि इन्डो प्यासिफिक रणनीतिप्रति नेपालले झुकाव देखाएको कुटनीतिक रूपमा देखिएछि नेपाल र चीनबीचको सम्बन्धमा केही तनाव आएको उनीहरूको भनाइ छ ।

1127
कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६

तीनदिने नेपाल भ्रमणका लागि आइतबार साँझ काठमाडौं आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यी सोमबार दिनभर बैठक र भेटघाटमा व्यस्त भए । सोमबारको बैठकमा नेपाल र चीनबीच पारस्परिक सहकार्य एवं साझेदारीका तीनवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ । दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा सम्पन्न द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुई देशबीच दुईवटा ‘लेटर अफ एक्सचेञ्ज’ र एउटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

380
कारोबार संवाददाता
सोमवार, भदौ २३, २०७६

प्रतिनिधिसभाको आइतबारको बैठकले ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन २०७६’ विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा अर्थ समितिको प्रतिवेदनसहितको विधेयक प्रस्तुत गरेका थिए । विधेयकको सैद्धान्तिक पक्षमाथि भएको छलफलमा उठेका विभिन्न जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले राजश्व अनुसन्धानलाई प्रभावकारी बनाउन विधेयक ल्याइएको बताए ।

416
कारोबार संवाददाता
सोमवार, भदौ २३, २०७६

नेपाल भेटेरिनरी एशोसिएसन र पशु कल्याण संघ नेपालले सुर्खेत र खोटाङमा भएका पशु अधिकार विरुद्धका घटनाबारे गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले कान्जी हाउसबाट झण्डै ३७० को संख्यामा गाईगोरु, बाच्छाबाच्छीलाई ८ वटा ट्रकमा दैलेख लैजाने भनी सुर्खेतको विरेन्द्रनगर नगरपालिका, वडा नं. ११ स्थित दैलेख सुर्खेत सडक खण्डको जंगलमा छोडिएको र सो क्रममा ठूलो संख्यामा गाईगोरु, बाच्छाबाच्छीको मृत्युसमेत भएको घटना र खोटाङस्थित दिक्तेल बजारमा सामुदायिक कुकुर नियन्त्रणको नाममा क्रुरतापूर्वक अमानविय ढङ्गबाट कुकुरलाई मारेको घटनाबारे गृहमन्त्रीको ध्यानाकर्षण गराइएको हो ।

421
कारोबार संवाददाता
सोमवार, भदौ २३, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकको राजनीति तल्लोस्तरमा आइपुगेको टिप्पणी गरेका छन् । महामन्त्री कोइरालाले विपी कोइरालाबाट सिकेर मुलुकको राजनीतिलाई सफा र निष्कलंक बनाउन ढिलो गर्न नहुने बताए ।

403
कारोबार संवाददाता
सोमवार, भदौ २३, २०७६

नेपाली कांग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । यही भदौ २४ गतेदेखि प्रारम्भ हुने दोस्रो चरणको जागरण अभियानका लागि प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रतिनिधिको नाम टुङ्गो लगाई खटाइएको पार्टी कार्यालयले जनाएको छ ।

371
कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्था लागू गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमात्रै चलाउनुपर्ने र पार्टी चलाउने एकल जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिनुपर्ने बताए ।

361
कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६

नेपाली कांग्रेस स्याङ्जाले राज्यको पुनर्संरचना अनुसार जिल्लाका क्षेत्र नं. १ र २ लाई संघीय र प्रादेशिक समिति बनाएर समायोजन गरेको छ । केन्द्रीय समितिले जारी स्थानीय तह संगठनको अन्तरिम निर्देशिका २०७६ बमोजिम संघ र प्रदेशको समायोजन गरिएको हो । स्याङ्जा कांग्रेस कार्यालयस्थित पुतलीबजारमा भएको भेलाले संघीय र प्रादेशिक संरचना अनुरुपको कार्यसमिति चयन गरेको छ । संघीय संरचना अन्तर्गत क्षेत्र नं. १ का तुलसीराम रेग्मीको सभापतित्वमा १८ सदस्यीय समिति चयन गरेको छ ।

423
कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकार हावादारी प्रचारमा केन्द्रित भएको आरोप लगाएका छन् । डा. महतले वर्तमान सरकारले आकाशे र उडन्ते कुरा गरेर समय व्यतित गरिरहेको आरोप लगाएका हुन् । ‘सरकारले पानीजहाज, रेल ल्याउने लगायतका हावादारी कुरा गरिरहेको छ’ उनले भने, ‘कहिले १५ हजार अट्ने सम्मेलन केन्द्र बनाउँछु भन्छ, कहिले के भन्छ ? कहिले प्रधानमन्त्री निवास करोडौं खर्चिएर नयाँ बनाउने कुरा त, कहिले राष्ट्रपति निवासलाई फराकिलो बनाउने कुरा भएका छन् ।’ महतले सरकारले उपभोग्य कुरामा बढी खर्च गरेको गुनासो गरे । सरकारले वास्तविक आवश्यकत्ता के हो भनेर खुट्याउन नसकेको र कार्यक्रमको प्राथमिकीकरण नै गर्न नसकेको उनको आरोप छ ।

291
कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६

नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले दुईतिहाई बहुमतसहितको कम्युनिष्ट नेतृत्वको सरकार ऐन, नियम, विधि र कानून मिच्न उद्यत रहेको आरोप लगाएका छन् । नेपाल चिया बगान श्रमीक संघको प्रथम जिल्ला परिषद भेलामा बोल्दै सिटौलाले मौलिक हकमा ब्यवस्था भएको जनअधिकार कार्यान्वयन गर्न सरकार असफल भएको बताए ।

362
कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६

नेपाली कांग्रेस झापाले झापाले पाँचवटा संसदीय निर्वाचन क्षेत्र र १० वटा प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति गठन गरेको छ । भदौ २० गतेसम्म ७७ वटै जिल्लाका संसदीय तथा प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति समायोजन सक्ने नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशनअनुरुप गत १५ गते संसदीय निर्वाचन क्षेत्रका सभापति चयन गरिसकेको नेपाली कांग्रेस झापाले बिहीबार १० वटै निर्वाचन क्षेत्रका सभापति चयन गरेको हो ।

317
कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६

नेपाली कांग्रेसले यही भदौ २४ गतेबाट दोस्रो चरणको राष्ट्रिय जारण अभियान सुरु गर्ने भएको छ । पार्टीका संस्थापक नेता वीपी कोइरालाको १०६ औं जन्मजयन्तिको अवसर पारेर कांग्रेसले दोस्रो चरणको जारण अभियान चलाउन लागेको हो । ‘हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरण’ नाम दिइएको दोस्रो चरणको अभियान असोज ७ गते समापन हुने कांग्रेसले जानकारी दिएको छ । ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित गरेर सञ्चालन हुने अभियानका लागि सोही संख्यामा केन्द्रीय प्रतिनिधिहरु खटाइने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

406
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम गर्न दिन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले नेकपासँग प्रधानमन्त्री ओलीलाई विश्राम दिन आग्रह गरेका हुन् ।

433
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा बचैनी बढेकाले छिटो एक्सनमा जानुपर्ने बताएका छन् । बुधबार चितवनमा भरतपुर विमानस्थल विस्तार तथा सुधार गर्न सरोकारवालासँगको अन्तरक्रियामा सहभागी हुँदै उनले ‘अब मिटिङिभन्दा पनि एक्सनमै जानुपर्ने’ खाँचो औँल्याए ।

435