जगन्नाथ दुलाल
बुधवार, माघ ३, २०७४

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ । गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दोस्रो दलमा खुम्चिएको कांग्रेसले परिणाम आएको करिब डेढ महिनापछि समीक्षा बैठक बोलाएको हो ।

707
कारोबार संवाददाता
मंगलबार, माघ २, २०७४

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले तत्काल प्रदेश प्रमुख तोक्न सरकारलाई आग्रह गरेका छन् । विराटनगरमा सोमबार आयोजित क्षेत्रीय निर्वाचन कार्यालयको भवन उद्घाटन कार्यक्रममा यादवले तत्कालै प्रदेश प्रमुख तोक्न आग्रह गरेका हुन् ।

666
कारोबार संवाददाता
मंगलबार, माघ २, २०७४

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचनका विषयमा आन्तरिक छलफल गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवाले सोमबार बालुवाटारमा बोलाएर पार्टीका शिर्ष नेताहरूसँग आसन्न राष्ट्रिय सभा निर्वाचनबारे छलफल गरेका हुन् ।

752
कारोबार संवाददाता
सोमवार, माघ १, २०७४

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको व्यवस्था विधानमै भएकाले आवश्यक पर्दा त्यहाँसम्म जान सकिने बताएका छन् । राजधानीमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा उनले पार्टीको विधानमा हुनसक्छ भनेको कुरालाई हुँदैन भनेर भन्न नमिल्ने भन्दै महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन पनि हुनसक्ने बताए ।

1026
जगन्नाथ दुलाल
सोमवार, माघ १, २०७४

सर्वोच्च अदालतले पूर्वसांसदहरूको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र निर्वाचन क्षेत्र विकास कोषमा रहेको करिब १० अर्ब रुपैयाँ खर्च नगर्न आदेश गरेको छ । एमाले नेता झपटबहादुर रावलले दायर गरेको रिटमा आइतबार सुनवाई गर्दै न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।

1003
कारोबार संवाददाता
आइतवार, पुष ३०, २०७४

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि ७ वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । निर्वाचन कार्यतालिका अनुसार आयोगले शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

808
कारोबार संवाददाता
शुक्रवार, पुष २८, २०७४

२०६२-०६३ सालको राजनीतिक परिवर्तनपछि पहिलो पटक राष्ट्रिय एकता दिवस मनाइएको छ । त्यसअघि नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आए पनि गणतन्त्र आएपछि मनाउन छाडिएको थियो ।

967
कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४

राष्ट्रियसभा निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न गठित संयुक्त कार्यदललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काम गर्न निर्देशन दिएका छन् । बुधबार बिहान ओली निवास बालकोटमा कार्यदलका सदस्यहरूसमेत उपस्थित बैठकमा दुई नेताले प्रदेशसभा र राष्ट्रिय सभा गठनका विषयमा निर्देशन दिएका हुन् । ओली र दाहालले प्रदेशसभा गठन र राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशसभा र स्थानीय तहमा दुवै दलले प्राप्त गरेको मतलाई आधार

912
कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४

काठमाडौं, २६ (कास) ः निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबार बसेको आयोगको बैठकले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका स्विकृत गरि सार्वजनिक गर्ने निर्णय गरेको हो ।

1719
कारोबार संवाददाता
बुधवार, पुष २६, २०७४

नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समिति बैठक मंगलबार साँझ एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा सम्पन्न भएको छ । बैठकले राष्ट्रियसभा र प्रदेशसभा गठनमा देखिएका जटिलता अन्त्यको प्रयास खोज्न कार्यदल बनाउने निर्णय गरेको छ ।

1387
कारोबार संवाददाता
बुधवार, पुष २६, २०७४

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको बैंकक जाँदैछन् । उनी आज मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक जाने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

1052
कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४

नेकपा एमालेले माओवादी केन्द्रसँग पार्टी एकताका लागि बाँडफाँड र वैचारिक मतभेद टुंगो लगाउन कार्यदल बनाउने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

1015
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रदेशको अस्थायी राजधानी नतोक्ने सरकारको निर्णय बेइमानीपूर्ण भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उपाध्यक्ष रावलले सरकार आफ्नो कर्तव्यबाट पछि हटेको आरोप लगाए ।

678
तीर्थराज बस्नेत
सोमवार, पुष २४, २०७४

संविधानअनुसार अबको १९ दिनभित्रै सात वटा प्रदेशले मुख्यमन्त्री पाउने भएका छन् । गएको मंसिर १० र २१ गते भएको प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा पहिलो पटक संघीयता कार्यान्वयन भएको छ । जसअनुसार सातवटै प्रदेशमा सरकार गठन हुन लागेको हो ।

930
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार २ सय ९९ रुपैयाँ खर्च भएको छ । खर्च गरिएको रकममध्ये ४ अर्ब ८६ करोड १४ लाख ६८ हजार ६०८ रुपैयाँ ७७ जिल्लामा निकासा भएको छ भने आयोगको केन्द्रीय कार्यालयबाट ७६ करोड ६ लाख ७८ हजार ६९१ रुपैयाँ खर्च भएको तथ्यांक छ ।

868