कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६

पूर्वमन्त्री एवम् नेकपाका सांसद महेश बस्नेतले निर्माण व्यवसायीको गल्तीका कारण सिंगो सरकारले नै गाली खानुपरेको बताएका छन् । उनले जिम्मेवारी बोध गरी काम गर्न निर्माण व्यवसायीलाई सुझावसमेत दिए ।

341
कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशको राजधानी हेटौंडैमा हुनुपर्ने भन्ने पक्षमा आफू नरहेको बताएका छन् । मुख्यमन्त्री पौडेलले प्रदेश ३ को राजधानी काठमाडौंमा भने हुन नदिने अडान उनको छ ।

437
कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारसँग बाढीपहिरो प्रभावित जिल्लामा थप बजेट पठाउन माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रमुख सचेतक खाँणले सरकारसँग बाढीपहिरो प्रभावित जिल्लामा थप बजेट पठाउन माग गरेका हुन् ।

300
कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले सत्यतथ्य पत्ता लगाई न्याय निरुपण नगरी शान्ति प्रक्रियाको काम पूरा नहुने भन्दै संवेदनशील विषयलाई हेलचेक्र्याइँ नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले जिम्मेवारीपूर्वक आयोग तत्काल गठन गरी काम अघि बढाउन आग्रह गरे ।

334
कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीतिनियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउन आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर कांग्रेसको धारणा राखेका हुन् ।

325
कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६

नेपाली कांग्रेसकी सांसद सुजाता परियारले संसद भवनमा एसी नचल्दा गर्मीमा गुम्सनुपरेको भन्दै गुनासो गरेकी छन् । बिहीबार शून्य समयमा बोल्दै सांसद परियारले ३ दिनसम्म पनि एसी बनाउन नसक्नु संसद् सचिवालयको लापरवाही भएको भन्दै सम्बन्धित निकायलाई निर्देशन दिन पनि सभामुखसँग आग्रह गरिन् ।

347
कारोबार संवाददाता
बिहिवार, श्रावण २३, २०७६

नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले बिनाटेन्डर मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्पन्न हुने लागतभन्दा दोब्बर रकममा दिइएको विषय संसदमा उठाएकी छन् । बुधबार खानेपानी तथा सरसफाई विधेयकमाथिको छलफलका क्रममा संग्रौलाले कहिलेसम्म आयोजनाको ठेक्का दिँदै जाने र सम्झौता तोड्दै जाने भन्दै मन्त्री बिना मगरलाई प्रश्न पनि गरिन् ।

357
कारोबार संवाददाता
बिहिवार, श्रावण २३, २०७६

खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना आफ्नै कार्यकालमा पूरा हुने दाबी गरेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा खानेपानी विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री मगरले खानेपानी वितरण र आधारभूत खानेपानीको परिपूर्ति तथा पानीको निर्यात गर्ने लक्ष्य चाँडै हासिल हुने दाबी गरिन् ।

387
कारोबार संवाददाता
बिहिवार, श्रावण २३, २०७६

हिन्दीलाई प्रोत्साहन गर्न लोकतान्त्रिक सरकारले दिएको सम्मान गणतान्त्रिक सरकारले खोसेको मैथिली मातृभाषीहरूले गुनासो गरेका छन् । ०४६ सालको जनआन्दोलनपछि नेपाली बाहेकका अन्य प्रमुख भाषाहरूलाई प्रवद्र्धन गर्न नेपाली कांग्रेसका नेता नरहरि आचार्य नेतृत्वको समितिले गरेको सिफारिस अनुसार रेडियो नेपालको केन्द्रीय प्रसारणमा नेपाली सहित ६ भाषालाई समावेश गरिएको थियो ।

320
कारोबार संवाददाता
बिहिवार, श्रावण २३, २०७६

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयका सचिव महेशप्रसाद दाहालसँग कार्य सम्पादन सम्झौता गरेका छन् । मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो । सचिव दाहालले पनि मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवं सहसचिव, विभागका महानिर्देशकसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।

243
कारोबार संवाददाता
बिहिवार, श्रावण २३, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रसेवक कर्मचारीहरुको संगठन आधिकारिक ट्रेड युनियन खारेजीको धारणा स्वीकार्य नहुने प्रष्ट पारेको छ । कांग्रेस संसदीय दलले बुधबार प्रेस वक्तव्य जारी गरेर खारेजीको तयारीमा रहेको भनिएको यूनियन स्वीकार्य नहुने प्रष्ट पारेको हो ।

251
कारोबार संवाददाता
बुधवार, श्रावण २२, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरुले सरकारका साथै सत्तारुढ दल नेकपाको पनि आलोचना गरे ।

383
कारोबार संवाददाता
मंगलबार, श्रावण २१, २०७६

मधेशी आयोगले संविधानसँग बाझिएर रहेका ठोस विषयहरु केलाएर अड्किएको संविधान संशोधनको विषयमा पहल गर्ने भएको छ । आफूले पूर्वप्रधानमन्त्री र विभिन्न दलका नेतासँग भेटघाट गरिसकेको र अझ थप छलफल गर्न बाँकी रहेको मधेशी आयोगका अध्यक्ष विजय दत्तले बताए । ०७५ साल चैत ७ गते पद बहाली गरेयता गरेको कार्यहरूको विवरणबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा सोमबार अध्यक्ष दत्तले संविधान संशोधनको पहल गर्ने बताएका हुन् ।

336
कारोबार संवाददाता
मंगलबार, श्रावण २१, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समृद्ध नेपाल निर्माणमा अघि बढ्न सबै पक्षसँग आग्रह गरेका छन् । पालुङ्टार नगरपालिका वडा नं. १ खोप्लाङ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले भने, “समृद्ध नेपाल निर्माणको पक्षमा एकताबद्ध होऔं, एकले अर्कोलाई खुट्टा नतानौं ।”

282
कारोबार संवाददाता
मंगलबार, श्रावण २१, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले केही समयदेखि अवरुद्ध गर्दै आएको प्रतिनिधिसभा सोमबारदेखि सुचारु भएको छ । विगत २६ दिनदेखिको गतिरोध अन्त्य गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल सहमत भएपछि बैठक सुचारु भएको हो ।

312