मातृका दाहाल
बुधवार, मंसिर २०, २०७४

सरकारले प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको भन्दै निर्भयका साथ मतदानमा सहभागी हुन आह्वान गरेको छ । चारवटै सबै सुरक्षा निकायका जनशक्तिलाई सुरक्षामा तैनाथ गरिएको स्पष्ट पार्दै सरकारले राष्ट्रिय पर्वको रूपमा रहेको निर्वाचनलाई सफल बनाउन आम मतदातालाई अपिल गरेको हो । सरकारले बम विष्फोटलगायत निर्वाचन विरोधी गतिविधिमा संलग्नको विवरण निर्वाचन पछिमात्रै सार्वजनिक गरिने समेत स्पष्ट पारेको छ । निर्वाचन बिथोल्न ‘आपराधिक व्यक्ति तथा समूह’ संलग्न रहेको जनाउँदै सरकारले यसबारे केही समयपछि सबै विवरण सार्वजनिक गरिने जनाएको छ ।

772
जगन्नाथ दुलाल
बुधवार, मंसिर २०, २०७४

प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनअन्तर्गत आज ४५ जिल्लामा मतदान हुँदैछ । यसअघि मंसिर १० गते ३२ जिल्लामा पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै आज हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेको छ ।

602
तीर्थराज बस्नेत
बुधवार, मंसिर २०, २०७४

राजनीतिक संक्रमणका नाममा नेपालमा ९-९ महिनामा सरकार परिवर्तन भइरहन्छन् । गणतन्त्र घोषणापछि बनेका अधिकांश सरकार लामो समय टिक्न सकेको छैनन । २०६४ मा भएको संविधानसभाको निर्वाचनपछि मुलुकले ९ वटा सरकार पाएको छ । यो १० वर्षको अवधिमा दलहरू सत्ता केन्द्रित भए ।

937
कारोबार संवाददाता
मंगलबार, मंसिर १९, २०७४

निर्वाचनपछि बन्ने सरकारको पहिलो काम विकासमा मेगा प्रोजेक्टहरूलाई दिशा निर्देश गर्नु हुनेछ भन्दै नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीले चुनावी तयारीसँगै कांग्रेसको आगामी पाँच वर्षको विकासको खाकासमेत कोरिसकेको बताए । उनले निर्वाचन प्रचारको अन्तिम दिन सोमबार बुटवल, भैरहवा र दमौलीमा आयोजित भव्य चुनावी सभाहरूलाई सम्बोधन गर्दै मंसिर २१ गतेको निर्वाचनमा नेपाललाई आर्थिक एवं सामाजिक विकासको बाटोमा प्रवेश गराउने वा अर्को पाँच वर्ष यो एजेन्डालाई थाती राखेर देशमा राजनीतिक सौदावाजी मात्रै गरिरहने भन्ने फैसला गर्नुपर्ने भन्दै विकासका लागि कांग्रेसको विकल्प नरहेकोमा जोड दिए ।

589
कारोबार संवाददाता
मंगलबार, मंसिर १९, २०७४

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ । मंसिर २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले मौन अवधि लगाएको हो । मौन अवधि सुरु भएपछि मतदान सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका उम्मेदवार, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, मतदाता कसैले पनि चुनावी प्रचार गर्न पाइँदैन ।

584
कारोबार संवाददाता
मंगलबार, मंसिर १९, २०७४

नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाको चुनावी अभियानमा बम विष्फोट भएको छ । सोमबार बूढानिलकण्ठ नगरपालिका चपली हाइटमा थापाको घरदैलो कार्यक्रम भइरहेका बेला भएको विष्फोटमा परी थापासहित ११ जना घाइते भएका छन् ।

634
कारोबार संवाददाता
सोमवार, मंसिर १८, २०७४

एउटा उम्मेदवारले निर्वाचनमा कतिसम्म रकम खर्च गर्लान् ? यो प्रश्नको उत्तर कुनै अनुसन्धानले बाहिर ल्याए पनि वस्तुगत हँदैन । किनकी वेपर्वाह, बेहिसाब र सीमाहीन रूपले गरिने उम्मेदवारको निर्वाचन खर्चको बिलभर्पाइ राखेर न कतै फरफारक गर्नुपर्छ, न त कतै कहीँ अभिलेख नै राख्नुपर्छ । राजनीतिक दलको सिद्धान्त, घोषणापत्र तथा नीतिमा जेजस्ता आर्थिक पारदर्शिताको रटान गरे पनि निर्वाचनमा हुने खर्च भने सधैं अपारदर्शी रहँदै आएको छ ।

487
कारोबार संवाददाता
आइतवार, मंसिर १७, २०७४

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम प्रधानमन्त्री भन्दै आफ्नो सक्षमता प्रमाणित गर्न चुनौती दिएको छ । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारमाथि श्रृंखलाबद्ध आक्रमण हुँदा पनि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन नसकेको भन्दै एमालेले प्रधानमन्त्री देउवालाई आफ्नो सक्षमता प्रमाणित गर्न चुनौती दिएको हो ।

554
भीम गौतम
आइतवार, मंसिर १७, २०७४

नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सामाजिक एवं आर्थिक विकासको छुट्टै मार्गचित्र सार्वजनिक गरेको छ । सबै क्षेत्रलाई समेटेर घोषणापत्र जारी गरेको कांग्रेसले आर्थिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर ‘समृद्धि र विकास, नयाँ गति, नयाँ दिशा’ मुख्य उद्देश्य राखेर छुट्टै र विस्तृत रूपमा मार्गचित्र सार्वजनिक गरेको हो ।

695
कारोबार संवाददाता
शुक्रवार, मंसिर १५, २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरमा एम्बुसमा परी घाइते भएकाहरूलाई भेटेर सान्त्वना दिएका छन् । बुधबार एम्बुस विष्फोटमा परी गम्भीर घाइते कांग्रेस नेता तथा प्रतिनिधिसभा उम्मेदवार नारायणबहादुर कार्की र विद्यार्थी नेतृ मीरा कटुवाललाई काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उदयपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार रहेका कार्की र कटुवालको अवस्था अहिले खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

631
निरु अर्याल
शुक्रवार, मंसिर १५, २०७४

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरूको मात्र नभइ निर्वाचन आयोगकै खर्च पनि अत्यधिक देखिएको छ । संविधानसभाको दोस्रो निर्वाचन सवा चार अर्ब रुपैयाँमा सम्पन्न गरेको आयोगले चार वर्षपछि भइरहेको निर्वाचनमा दोब्बरभन्दा बढी अर्थात १० अर्ब ५३ करोड रुपैयाँ खर्च गर्ने अनुमान गरेको छ । प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूबीच कसले बढी खर्च गर्ने भन्ने होडबाजी चलेको छ भने राजनीतिक दल र तिनका उम्मेदवारहरू निर्वाचन आयोगले तोकेको सिलिङ नाघेर खर्चको प्रतिस्पर्धामा उत्रिएका छन् ।

660
जगन्नाथ दुलाल
बुधवार, मंसिर १३, २०७४

बाम गठबन्धनका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी ओली नेपाली कांग्रेसप्रति आक्रामक देखिएका छन् । बाम गठबन्धनले मुख्य प्रतिस्पर्धीका रूपमा हेरेको कांग्रेसमाथि मंगलबार आयोजित आफ्नो चुनावी सभामा पनि ओली कडा रूपमा प्रस्तुत भए । ललितपुरको लगनखेल र काठमाडौंको नयाँ बानेश्वरमा आयोजित सभालाई ओलीले मंगलबार कांग्रेसप्रति कटाक्षपूर्ण सम्बोधन गरे ।

624
कारोबार संवाददाता
मंगलबार, मंसिर १२, २०७४

पहिलो चरण अन्तर्गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका मतपेटिका भण्डारण स्थानमा ३ वटा निकायले छुट्टाछुट्टै तालाचाबी लगाएर सुरक्षा व्यवस्था मिलाएका छन् । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका तर्फबाट नेपाल प्रहरीका अधिकारीले मतपेटिका भण्डारण गरिएका कोठामा छुट्टाछुट्टै ३ तालाचाबी लगाएर मुचुल्का उठाएका छन् ।

577
कारोबार संवाददाता
सोमवार, मंसिर ११, २०७४

केही छुटफुट घटनाबाहेक पहिलो चरणमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण तथा उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । ३२ जिल्लामा भएको निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मत खसेको आयोगको अनुमान छ ।

837
कारोबार संवाददाता
आइतवार, मंसिर १०, २०७४

१ सय ११ मतदान केन्द्र रहेको रुकुम पश्चिमका ३ वटा मतदान केन्द्रहरुमा सुरक्षाकर्मीदेखि कर्मचारीसम्म सबै महिलामात्र खटिएका छन् । सदरमुकाम मुसिकोट नगरपालिकाभित्रका सरस्वती मावि सल्ले, शिव आधारभूत विद्यालय पिपलनेटा र यमुना नन्द नमुना मावि सेरीगाँउ मतदान केन्द्रमा सबै कर्मचारी र सुरक्षाकर्मी महिलामात्र खटिएका हुन् ।

517