कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार (आज)का लागि बोलाइएको छ । एकताका बाँकी कार्य पूरा गर्नका लागि थप छलफल गर्नुपर्ने भएकोले बैठक बोलाइएको हो । यसअघि शुक्रबार ३२ केन्द्रीय विभागको जिम्मेवारी तोक्दै एकीकरण प्रक्रिया लगभग पूरा गरेको नेकपाको केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्युरो गठन, जनवर्गीय संगठनका इञ्चार्ज र सहइञ्चार्ज निर्धारणको काम बाँकी छ । सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास सङ्गठनको एकता बाँकी रहेको छ ।

139
कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको सम्बोधनपछि प्रश्नोत्तरको समय उपलब्ध नगराएको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेका थिए । संसद सञ्चालन नियमावलीअनुसार सम्बोधनपछि प्रश्नोत्तरको समय उपलब्ध नगराइएको प्रति सांसद रिजालले व्यंग्यात्मक शैलीमा सभामुखको ध्यानाकर्षण गराए ।

284
कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

कृषि तथा पशुपंक्षी व्यवसाय प्रबद्र्धन विधेयक पारित गर्दै सुदूरपश्चिम प्रदेशसभाको चौथो अधिवेशन आइतबार अन्त्य भएको छ । प्रदेशसभाको आइतबारको बैठकमा सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपञ्क्षी व्यवसाय प्रबद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई पारित गरी बजेट अधिवेशन अन्त्य गरिएको हो ।

279
कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले हिन्दूहरुको धार्मिक ग्रन्थ गीता र वेदमा जातीय विभेदको नभई समानताका बारेमा चर्चा गरिएको बताएका छन् । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनले ५६ औं मुक्ति दिवसको अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले हिन्दूहरुको धार्मिक ग्रन्थमा जातीय छुवाछूत नभएको बताएका हुन् ।

236
कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

प्रतिनिधिसभाको बैठकमा आइतबार पाँच विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा प्रस्ताव प्रस्तुत भएको छ । ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’, ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’, ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५’ ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ र ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७५’ समितिमा प्रस्ताव प्रस्तुत भएको हो ।

263
कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अधिनायकवादतिर नगएको दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारबारे नचाहिने हल्ला चलाइएको भन्दै असन्तुष्टि पनि जनाए । जनताको निराशामा टेकेर सरकारबारे नचाहिने हल्ला फैलाइएको उनको भनाइ थियो । “जनताको विश्वास भत्काउने प्रयास गरिँदैछ । कोहीभन्दा कम लोकतन्त्रका लागि संघर्ष गरेर सफलता प्राप्त गरेको होइन हामीले ।

212
कारोबार संवाददाता
शुक्रवार, श्रावण ३१, २०७६

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी बम विस्फोट गरिएको छ । कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न पुगेका मुख्यमन्त्री शाहीलाई लक्षित गरी कार्यक्रम स्थल नजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

395
नीरज पिठाकोटे
शुक्रवार, श्रावण ३१, २०७६

प्रदेश नं. २ मा सरकार बनेको १८ महिना भइसक्दा पनि अहिलेसम्म प्रदेशको नामाकरण र राजधानीको विषय टुंगो लाग्न सकेको छैन । २०७४ फागुन १६ र ०७५ साउन ९ गते गरी दुईपटक प्रदेश नं. २ मा मुख्यमन्त्री लगायत मन्त्री र राज्यमन्त्री गरी १३ सदस्यीय मन्त्रिपरिषद्को गठन भएको छ । १०७ जना प्रदेशसभा सदस्यहरू छन् ।

554
कारोबार संवाददाता
बुधवार, श्रावण २९, २०७६

संविधानमा समाजवादउन्मुख लेखेर सरकारले त्यसै अनुसारको अव्यावहारिक नीति लागू गरेको कारण अर्थतन्त्र संकंटग्रस्त भएको राप्रपा (संयुक्त) ले ठहर गरेको छ । विकल्पको रूपमा सो पार्टीले कल्याणकारी उदारवादको नीति अवलम्बन गर्नुपर्ने प्रस्ताव गरेको छ । “नेपालको वर्तमान आर्थिक परिवेश एकदमै प्रतिकुल र डरलाग्दो छ ।

456
कारोबार संवाददाता
मंगलबार, श्रावण २८, २०७६

आत्मसमर्पण हुनेगरी पार्टी एकीकरणमा नजाने राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरूले बताएका छन् । समाजवादी पार्टीसँगको पार्टी एकीकरणका सन्दर्भमा राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले समाजवादी पार्टीसँगको वार्ताबारे आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए । नयाँ शक्ति पार्टीसँग संघीय समाजवादी फोरमले पार्टी एकीकरण गरी बनाएको समाजवादी पार्टीभित्र आन्तरिक समस्या चर्किन थालेपछि राजपासँगको एकीकरण वार्ता प्रक्रियालाई अगाडि बढाउने रणनीति अध्यक्ष उपेन्द्र यादवले लिएको उनको पार्टीका एक नेताले बताए । सपाका नेताहरूले राजपाका विभिन्न नेताहरूसँग छलफल गर्दै आएका छन् ।

375
कारोबार संवाददाता
सोमवार, श्रावण २७, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको अन्तरिम संरचना गठन गर्न बनाएको निर्देशिका पारित गरेको छ । पार्टी मुख्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीको विभिन्न तहको कार्य समिति समायोजन गर्ने गरी पार्टीको निर्देशिका पारित गरेको हो ।

378
कारोबार संवाददाता
सोमवार, श्रावण २७, २०७६

अझ कसेको छ । प्रतिनिधिसभाको एक समितिको बैठकमा भने आइतबार यसै विषयमा गर्मागर्मी बहस चल्यो । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समाजमा विद्यमान रितिरिवाज, धर्म, संस्कृति र जातिय परम्पराका नाममा चलिआएका प्रथालाई कानुनतः दण्डनीय मान्न नमिल्ने तर्कका साथ बहस भएको हो ।

322
कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालमा राष्ट्रप्रमुखको रुपमा रहेका प्रथम र वर्तमान राष्ट्रपति दुवैको भूमिका निश्पक्ष र स्वतन्त्र हुन नसकेकोले अब राजसंस्थालाई उक्त भूमिकामा राख्नुपर्ने बताएका छन् । अध्यक्ष जबराले पार्टीको नेता राष्ट्रपति भएकोले उनीहरुको भूमिका निश्पक्ष हुन नसकेको औंल्याए ।

283
कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६

कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सरकारले संघीय निजामती सेवा ऐन बनाउँदा आफूहरुले दिएका सल्लाह र सुझावलाई आत्मसात नगरे आन्दोलनको ज्वारभाटा सुरु गर्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा अध्यक्ष ढकालले मुलुक संघीय व्यवस्थाअनुसार अघि बढिरहेको सन्दर्भमा संघीयतालाई पूर्ण रुपमा कार्यान्वयन गर्नको लागि पनि संघको ऐन राम्रो बनाउनुपर्ने धारणा राखे ।

344
कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६

प्रदेशसभा गठन भएयता प्रदेश नम्बर १ का प्रदेश प्रमुख प्रा.डा गोविन्दबहादुर तुम्बाहाङले ३३ विधेयक प्रमाणीकरण गरेका छन् । आर्थिक वर्ष २०७४÷७५ को तुलनामा आर्थिक वर्ष २०७५-७६ मा ७ विधेयक बढी प्रमाणीकरण भएकोे छ । अघिल्लो आवमा १३ विधेयक प्रमाणीकरण गरेका तुम्बाहाङले आव २०७५-७६ को असार मसान्तसम्ममा २० विधेयकसहित ३३ विधेयक प्रमाणिकरण गरिसकेको प्रदेश प्रमुखका प्रेस सल्लाहाकार शेखर रेग्मीले बताए ।

300