कारोबार संवाददाता
बुधवार, फाल्गुन २८, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. नारायण खड्काले पार्टीभित्र छरपष्ट रूपमा गुट मौलाएको भन्दै त्यसको अन्त्यको लागि पनि आगामी १४औं महाधिवेशनमा नेतृत्व बहुअध्यक्षीय प्रणालीमा जानुपर्ने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले पार्टीभित्रका गुटहरु अलि बढिनै छताछुल्ल भएको तर्क गरे । प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता खड्काले भने, “हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो, हुन त हरेक पार्टीमा गुट हुन्छन् । तर, हाम्रोमा अलिक बढी नै भयो । हामी सबैले अराजक स्वतन्त्रताको उपयोग गरेका छौं ।

743
कारोबार संवाददाता
सोमवार, फाल्गुन २६, २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले नेपालका महिलाहरु देशको नेतृत्व गर्न सक्षम रहेकोले प्रधानमन्त्री बन्न पनि धेरै महिला योग्य र सक्षम रहेको स्पष्ट पारेकी छिन् । ११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

633
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २२, २०७६

सङ्घीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बुधबार आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाए । शपथ लिनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का दुई सदस्य छन् । शपथ लिनेमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव, गङ्गाकुमारी बेल्बासे र वेदुराम भुसाल छन् ।

932
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २०, २०७६

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टी र शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन झापाद्वारा सोमबार चन्द्रगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले तोकिएको मितिमा कांग्रेसको महाधिवेशन हुन नसके पार्टी संगठनभित्र जटिल समस्या उत्पन्न हुने चिन्ता व्यक्त गरे ।

691
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २०, २०७६

सदनमा कोरोना भाइरस (कोभिड–१९), भ्रष्टाचार र समसमायिक विषयमा सांसदहरूले संसद् र सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आइतबार भएको अमानवीय व्यवहारको भत्र्सना गरे । उनले सो विषयमा गृहमन्त्रालयको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षालाई सुदृढ बनाउन जोड दिए ।

581
कारोबार संवाददाता
बुधवार, फाल्गुन २१, २०७६

नेपाली कांग्रेसका नेतृ डा. डिला संग्रौलाले कम्युनिष्ट सरकार समृद्धि, सुशासन र कानुन बनाउन असफल भएको भएको बताएकी छन् । नेपाल प्रेस युनियन बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाली जनताले विकासको अनुभुती गर्न नपाएको र जनतामा निराशा पैदा भएको बताईन । सरकार अलोकतान्त्रिक बाटोमा जान खोजिरहेको उनको धारणा छ । ‘प्रत्यक्ष राष्ट्रपतिको सिस्टममा जान खोजेर राष्ट्रपतिलाई थप अधिकार दिन सरकार उद्धत हुदैछ, प्रधानमन्त्री केपी शर्मा ओली श्रीपेच बिनाको राजा बन्दैछन, मुलुक अराजक अवस्थामा जादैछ,’ उनले भनिन् ।

632
कारोबार संवाददाता
बुधवार, फाल्गुन २१, २०७६

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का चौधौँ महासचिवका रुपमा श्रीलङ्काका वरिष्ठ कूटनीतिज्ञ इसाला रुवान विराकुनले कार्यभार सम्हालेका छन् । सार्कको महासचिवमा नियुक्त हुनुअघि उनी श्रीलङ्काली राष्ट्रपतिका वरिष्ठ अतिरिक्त सचिव र्थि । श्रीलङ्काको परराष्ट्र सेवामा ३२ वर्ष बिताएका महासचिव विराकुनले त्यहाँको परराष्ट्र र पर्यटन विकास मन्त्रालयको सचिवको जिम्मेवारी पूरा गरेका छन् ।

612
कारोबार संवाददाता
बुधवार, फाल्गुन २१, २०७६

गाँजा खेतीलाई वैधानिक बनाउन माग गदै वाग्मती प्रदेशसभा सचिवालयमा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता भएको छ ।

498
कारोबार संवाददाता
बुधवार, फाल्गुन २१, २०७६

राष्ट्रिय सभाका एक चौथाइ सदस्य दुईवर्षे कार्यकाल सकेर बिदा भएका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले बाहिरिँदै गरेका सांसदहरूलाई बोल्न ५–५ मिनेटको समय दिएका थिए । सांसदहरुले राष्ट्रिय सभामा पाएको अवसप्रति खुसी व्यक्त गर्दै कार्यकाल अविष्मरणीय रहेको बताएका थिए । अधिकांश सांसदले मिर्गौलाको पुनः प्रत्यारोपण गर्न अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य लाभको कामना गरेका थिए । राष्ट्रिय सभामा कार्यकाल सकेर बिदा हुनेमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे र प्रमुख सचेतक सरिता प्रसाईँ पनि छन्

529
सागर परियार
बुधवार, फाल्गुन २१, २०७६

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीले समृद्ध कर्णालीका लागि दक्ष जनशक्तिको खाँचो रहेको बताए । गृह जिल्ला भ्रमणमा आएका मन्त्री भण्डारीले मंगलबार कर्णाली प्राविधिक शिक्षालयका गुनासा सम्बोधन गर्दै कर्णालीलाई अभाव दक्ष जनशक्ति शिक्षालय दिनगरी स्तरबृद्धिमा लगानी गरिने प्रतिबद्धता गरे ।

484
मनिषा चम्लागाईँ
सोमवार, फाल्गुन १९, २०७६

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टी र शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्नेमा अडान राखेका छन् । नेपाल प्रेस युनियन झापाद्वारा सोमबार चन्द्रगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले तोकिएको मितिमा कांग्रेसको महाधिवेशन हुन नसके पार्टी संगठनभित्र जटिल समस्या उत्पन्न हुने चिन्ता व्यक्त गरे ।

814
केशव समर्पण
सोमवार, फाल्गुन १९, २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर दउवाले शनिबार विभिन्न विभाग गठन गरेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टीको १४ औं महाधिवेशन आउन एक वर्षमात्रै बाँकी छँदा सभापति देउवाले एकलौटी ढंगले विभाग गठन गरिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष चिढिएको हो ।

542
कारोबार संवाददाता
आइतवार, फाल्गुन १८, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका छन् ।

586
कारोबार संवाददाता
आइतवार, फाल्गुन १८, २०७६

गृहमन्त्री रामबहादुर थापाले विगतका तुलनामा देशमा शान्ति सुरक्षा तथा सुशासन कायम हुँदै गएको बताएका छन् । गृह मन्त्रालय र गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले सरकारको मात्र दाबी नभई अन्तर्राष्ट्रिय सङ्घसंस्थासमेतले विगतको भन्दा सुशासनमा राम्रो भएको निष्कर्ष निकालेको उल्लेख गरे ।

528
रासस
आइतवार, फाल्गुन १८, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । विदुरमा शनिबार प्रेस सङ्गठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले पार्टीको सचिवालयले गरेको निर्णयमा सबैले मान्नुको विकल्प नभएको बताएका हुन् ।

474