कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डेढ वर्षसम्म पनि संघीय कानुन नबन्दा संघीयता कार्यान्वयनमा जटिला देखिएको बताएका छन् । रफत सञ्चार क्लबमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री शाहीले संघियतामा नेपाल प्रवेश गरेको डेढ वर्षसम्म पनि संघीय कानुनले पूर्णता पाउन नसक्दा संवैधानिक प्रश्न उब्जिएकाले संघीय, प्रदेश र स्थानीय सरकार बीच दूरी बढेको बताए ।

225
कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले ‘कम्युनिस्ट स्टेट’ बनाउने खतरा बढ्दै गएको बताएका छन् । नेपाल प्रेस युनियनले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले वर्तमान सरकारले मुलुकलाई ‘कम्युनिस्ट स्टेट’ बताउने खतरा बढेको बताएका हुन् ।

243
कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

198
कारोबार संवाददाता
बुधवार, भदौ ११, २०७६

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाएका छन् । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा नेता सिंहले अलोकप्रिय कदमका कारण सरकारले नागरिकको भरोसा गुमाउँदै गएको दाबी गरे ।

237
कारोबार संवाददाता
बुधवार, भदौ ११, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फरेन्सबाट मन्त्रीपरिषद् बैठक गरिएकोमा गम्भीर आपत्ति जनाएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले उच्च र आधुनिक प्रविधिको उपयोग र सदुपयोग गर्नु राम्रो भए पनि प्रविधिको दुरुपयोग कसैको लागि पनि उपयुक्त नहुने बताए ।

286
कारोबार संवाददाता
मंगलबार, भदौ १०, २०७६

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद महेन्द्र राय यादवले सरकारसँग काश्मीरको विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद यादवले काश्मीरका विषयमा आधिकारिक धारणा सार्वजनिक गरेर जनतालाई प्रष्ट पार्न माग गरेका हुन् ।

275
कारोबार संवाददाता
मंगलबार, भदौ १०, २०७६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेताहरूको कार्यविभाजनमा देखिएको असन्तुष्टिलाई मिलाउँदै नयाँ निर्णय सार्वजनिक गरेको छ । साथै पार्टीका नेताहरूलाई पार्टीको नीति र प्रक्रियाविपरीत बोले कारबाही गर्ने निर्णय पनि गरेको छ । पार्टी एकता भएयता पहिलोपटक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सचिवालयको बैठक बसेको हो । यसअघि नेकपाको बैठक बस्न दुईजना अध्यक्षको अनिवार्य उपस्थिति चाहिने भए पनि अध्यक्षता भने केपी शर्मा ओलीले मात्रै गर्ने गरेका थिए ।

330
कारोबार संवाददाता
मंगलबार, भदौ १०, २०७६

प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर रहेका बेला पनि मन्त्रिपरिषद् बैठक बसेको छ । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीलाई भिडियो कन्फ्रेन्सका माध्यमबाट जोडेर सोमबार मन्त्रिपरिषद् बैठक बसेको हो ।

249
रासस
मंगलबार, भदौ १०, २०७६

प्रतिनिधिसभाको आजको बैठकमा ‘विज्ञापन (नियमन गर्ने) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ सदनसमक्ष पेश भएको छ । उक्त विधेयक विकास तथा प्रविधि समितिमा झण्डै एक महिनासम्म दफावार छलफल भई सोमबार पेश भएको हो ।

220
कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक कलहमा दुःख व्यक्त गरेका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबै दलहरु मिलेर काम गर्नुपर्ने बेलामा नेकपाभित्र दुई शिर्ष नेताहरुबीच भएको संवाद र तिक्तताले सबै राजनीतिक दलका कार्यकर्ताको शीर निहुरिएको बताए ।

285
कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सरकार सुतेर नबसेको र विकास निमार्णका कामहरु धमाधम तीव्र गतिमा अगाडि बढेको बताएका छन् । देशमा राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक क्रान्ति गरेर देशलाई समृृद्धि बनाउन मिडियाले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्न आग्रह उनले गरे ।

332
कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) को एकीकरण यही भदौ मसान्तसम्म टुंग्याउने गरी दुवै पार्टीका नेताहरू सक्रिय भएका छन् । राजपा अध्यक्ष मण्डलका केही नेताहरूलाई विश्वासमा लिने प्रयास भइरहेको र उनीहरूले त्यसमा सहमति देखाए एकीकरण टुंगिने समाजवादी पार्टीका नेताहरूको भनाइ रहेको छ ।

408
केशव समर्पण
सोमवार, भदौ ९, २०७६

दुई महिनापछि बसेको प्रदेश–३ को आइतबारको प्रदेशसभामा सरकारको चर्को आलोचना भएको छ । प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भए पनि प्रदेश सरकारले जनतामाझ आफ्नो उपस्थिति देखाउन नसकेको भन्दै प्रदेशसभा सदस्यहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि पोखेका हुन् ।

262
कारोबार संवाददाता
आइतवार, भदौ ८, २०७६

सरकारले उपनिर्वाचनको मिति तोकेसँगै पाँचथरमा एक गाउँपालिका र दुई वडाहरुमा उपनिर्वाचन हुँदैछ । जिल्लाको फाल्गुनन्द गाउँपालिका, फिदिम नगरपालिकाको १ नम्बर वडा र हिलिहाङ गाउँपालिकाको ७ नम्बर वडामा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मिति तोकिएसँगै नेकपा पाँचथरले उपनिर्वाचनका लागि कमिटी नै तयार पारेको छ । फाल्गुनन्द गाउँपालिकामा प्रेमप्रसाद रिजालको संयोजन तथा शंखध्वज नेम्बाङको सहसंयोजनमा १ सय ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन गरिसकेको छ ।

287
कारोबार संवाददाता
शुक्रवार, भदौ ६, २०७६

राष्ट्रिय सभाका सदस्यहरुले संघीयता कार्यान्वयन गर्ने गम्भीरता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरीवेक्षण र समन्वय विधेयक २०७६ माथिको सैद्धान्तिक छलफलको क्रममा सांसदहरुले विधेयक संविधानको मूल मर्म विपरीत भएको भन्दै संविधान अनुसार संघीयताको सफल कार्यान्वयनका लागि गम्भीर हुन सरकारको ध्यानाकार्षण गराएका हुन् ।

289