कारोबार संवाददाता
बुधवार, बैशाख १७, २०७७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रपति कुनै पनि दलको प्रभावमा रहन नपाउने वैकल्पिक व्यवस्थाबारे नयाँ बहसको आग्रह गरेका छन् । राष्ट्रपतिको गतिविधि संविधानको मर्म र भावना अनुकूल पटक्कै नरहेको, पार्टी र गुट विशेषको पक्षमा प्रष्ट देखिएको भन्दै राणाले यस्तो प्रस्ताव सार्वजनिक गरेका हुन् ।

525
कारोबार संवाददाता
मंगलबार, बैशाख १६, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरुद्ध संयुक्त संघर्ष गर्ने भएका छन् । तीन दलबीच कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार भएको छलफलले संयुक्त रुपमा संघर्ष गर्ने निर्णय गरेको हो । बैठकपछि तीनै दलले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा सरकार लोकतान्त्रिक मूल्यमान्यतालाई कुल्चिँदै स्वेच्छाचारी भएकाले संयुक्त संघर्ष गर्ने प्रतिबद्धता जनाइएको छ ।

692
कारोबार संवाददाता
शुक्रवार, बैशाख १२, २०७७

राष्ट्रिय जनता पार्टी र समाजवादी जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । बिहीबार बिहान ११ बजे दुई दलबीच एकताका लागि भएको सहमतिपत्र दर्ता गराइएको राजपाका प्रवक्ता केशव झाले जानकरी दिएका छन् । राजपा र समाजवादी पार्टीबीच बुधबार अबेर पार्टी एकीकरणको सहमति भएको थियो । अब एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी हुनेछ । त्यस्तै झण्डा मसाल अंकित यसअघिको समाजवादीको हुनेछ भने चुनाव चिह्न राजपाको छाता हुनेछ ।

632
कारोबार संवाददाता
बिहिवार, बैशाख ११, २०७७

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । वैशाख १७ गते दिउँसो १ बजे बैठक बोलाइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन सानेपामा बस्ने बैठकमा हालै सरकारले ल्याएका दुई अध्यादेशको विषयमा छलफल हुने बुझिएको छ ।

675
कारोबार संवाददाता
बिहिवार, बैशाख ११, २०७७

लेखक, अभियन्तालगायत विभिन्न पेशा, व्यवसायमा आवद्ध ११४ जना नागरिकले नेपाल सरकारले जारी गरेको अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् । बुधबार एक अपिल जारी गर्दै उनीहरूले अध्यादेश बेमौसमी बाजा भएको बताएका छन् ।

784
कारोबार संवाददाता
बुधवार, बैशाख १०, २०७७

नेपाली कांग्रेसले मुलुक कोरोना भाइरसविरुद्धको लडाइँमा रहेका बेला कम्युनिस्ट सरकारले लोकतान्त्रिक संविधान असफल बनाउने षड्यन्त्रस्वरुप अनावश्यक अध्यादेश ल्याएको ठहर गरेको छ । मंगलबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले मुलुक महामारीसँग लडिरहेका बेला सरकारले नियोजित रुपमा संविधान कमजोर बनाउने प्रयत्न गरेको ठहर गरेको हो ।

627
रासस
मंगलबार, बैशाख ९, २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दुई अध्यादेश जारी गरेकी छिन् ।

776
रासस
मंगलबार, बैशाख ९, २०७७

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को जोखिम सामना गर्न परीक्षणको दायरा समुदायस्तरमा तीव्र रुपले विस्तार गर्नुपर्ने आवश्यकता पुनः औँल्याएका छन् ।

608
कारोबार संवाददाता
मंगलबार, बैशाख ९, २०७७

समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले संसदको बजेट अधिवेशन आह्वान गर्ने बेला भइसकेको तथा देश कोविड–१९ को विरुद्ध लड्न राष्ट्रिय एकता र मेलमिलाप आवश्यक भएको बेलामा अप्रत्यासित रूपमा पार्टी विभाजनलाई सहज बनाउने सहित सरकारले दुईवटा अध्यादेश ल्याउनु ‘कसलाई के धन्दा घरज्वाँईलाई खाने धन्दा’ भनेजस्तो भएको बताएको छ ।

910
कारोबार संवाददाता
सोमवार, बैशाख ८, २०७७

सुदूरपश्चिम प्रदेशसभामा पाँचौं तथा हिउँदे अधिवेशन अन्त्य भएको छ । मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सर्मिला कुमारी पन्तले आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् । कोरोना भाइरस (कोभिड–१९) का कारण लकडाउन रहेकाले बैठक बस्न नसक्ने भएको हुनाले आइतबार नै सबै सांसद्हरुलाई एसएमएस गरेर प्रदेश सभा सचिवालयले हिउँदो अधिवेशन अन्त्य भएको जानकारी गराएको छ ।

480
कारोबार संवाददाता
सोमवार, बैशाख ८, २०७७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा जागिरबाट निकालिएका, त्यहाँको सरकार र रोजगारदाताले जिम्मा नलिएका र अलपत्र अवस्थाका नेपाली नागरिकलाई उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएर धेरै नेपाली अलपत्र अवस्थामा रहेको भन्दै राप्रपाले विमान चार्टर गरेर भए पनि उनीहरुलाई स्वदेश फर्काउन आग्रह गरेको हो ।

542
कारोबार संवाददाता
सोमवार, बैशाख ८, २०७७

नेपाल तरुण मोरङले विराटनगरस्थित कोशी अस्पतालका बिरामी, आफन्त र कर्मचारीहरूलाई खाना खुवाएको छ । तरुण दलले विगत १४ दिनदेखि उनीहरूलाई खाना खुवाएको हो ।

492
कारोबार संवाददाता
आइतवार, बैशाख ७, २०७७

नेपाली कांग्रेसले लकडाउनको २५ औँ दिन बित्दा समेत सरकारले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक तथा मजदुरको गाँस र बासको व्यबस्था गर्न नसकेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

373
कारोबार संवाददाता
मंगलबार, बैशाख २, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले असहज परिस्थिति बीच नयाँ वर्षको आगमनलाई स्वागत गर्न परेको भन्दै परिस्थितिको शीघ्र अन्त्यको अपेक्षासहित नयाँ वर्ष २०७७ को शुभकामना व्यक्त गर्दै यस्तै, आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउनु पर्ने भन्दै कोरोना महामारी समाप्त नभएसम्म आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको घोषण गरे ।

707
कारोबार संवाददाता
आइतवार, चैत्र ३०, २०७६

ईन्द्रावती गाउँपालिका कोरोना भाइरस (कोभिड–१९)को सामना गर्न चार रणनीतिक योजना बनाएर अघि बढेको छ । सर्बदलीय, सर्बपक्षीय बैठकको निर्णयले कोभिड १९ विरुद्ध एक्सन टिम निर्माण गरेर रणनीति साथ उत्रेको हो ।

920