कारोबार संवाददाता
आइतवार, जेठ ४, २०७७

तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको दुई वर्ष पूरा भएको छ । २०७५ जेठ ३ गते दुई पार्टी एकीकृत भएर नेकपा बनेको थियो ।

425
कारोबार संवाददाता
शुक्रवार, जेठ २, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार नीति तथा कार्यक्रम तथा बजेटको तयारीमा रहेका बेला वनलाई आय आर्जनको प्रमुख स्रोतका रुपमा विकास गरी वातावरण संरक्षणको ठोस योजना बनाउन सरकारसँग माग गरेको छ । वनमा आधारित विभिन्न कार्यक्रम समावेश गर्न सके कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा परेको असर न्यूनीकरण गर्न सहयोग पुग्ने जनाइएको छ ।

381
रासस
बिहिवार, जेठ १, २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षाका लागि सरकारले उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका छन् । आफूलाई कुनै सुरक्षाको खतरा महसुस नभएको उल्लेख गर्दै उनले राज्यको आवश्यकताका लागि सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका हुन् ।

653
कारोबार संवाददाता
बुधवार, बैशाख ३१, २०७७

संघीय संसद् सचिवालयले सांसदहरुलाई एकान्तबासको नियमहरु पालना गर्न अनुरोध गरेको छ । सचिवालयले १३ बुँदे नियम जारी गर्दै सांसदहरुलाई बैठकपछि घरमा गई एकान्तबासको नियमहरु पालना गर्न अनुरोध गरेको हो ।

523
रासस
बुधवार, बैशाख ३१, २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक डाकेको छ । पार्टी कार्यालय सचिव ईश्वरी रिजालका अनुसार बुधबार पार्टी मुख्यालय धुम्रबाराहीमा बिहान ११ बजे बैठक बोलाएको जानकारी गराए । यो पार्टी एकतापछिको तेस्रो बैठक हो । यसअघि गत पुसको अन्तिम साता बैठक बसेको थियो ।

295
रासस
बुधवार, बैशाख ३१, २०७७

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ २ गते शुक्रबार प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।

438
कारोबार संवाददाता
मंगलबार, बैशाख ३०, २०७७

कोरोना महाव्याधिबाट प्रभावित विभिन्न देशमा अफ्ठ्यारामा परेका नेपालीलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापा प्रस्तावक रहेको सो प्रस्तावको समर्थकमा सांसद डिला संग्र्रौला र प्रकाश रसाइली स्नेही छन् ।

464
कारोबार संवाददाता
मंगलबार, बैशाख ३०, २०७७

नेपाली कांग्रेसका सांसद गगन थापाले सोमबारको प्रतिनिधिसभा बैठकमा कविता सुनाएका छन् । सभामुखमार्फत् प्रधानमन्त्रीलाई थापाले व्यग्यांत्यमक कविता बाचन गरेका हुन् । यस्तो छ, थापाले संसद् बैठकमा सुनाएको कविता–

534
कारोबार संवाददाता
सोमवार, बैशाख २९, २०७७

सरकारले नेपालको भूमिभित्र कुनै गतिविधि नगर्न भारत सरकारसँग आग्रह गरेको छ । प्रतिनिधिसभा तथा राष्ट्रियसभाको आइतबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा समस्याको कूटनीतिक समाधान खोज्न भारत सरकारसँग आग्रह गरे । उनले नेपालको भूमिभित्र भारतले सडक निर्माण गरेको विषयमा सरकारले कूटनीतिक माध्यामबाट समाधान खोज्न तथा नेपालले राष्ट्रिय हितलाई सर्वोपरी राखेर छिमेकीसँग सुमधुर सम्बन्ध बनाउन चाहेको पनि प्रष्ट पारे ।

503
कारोबार संवाददाता
आइतवार, बैशाख २८, २०७७

भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरेको भन्दै सर्वत्र विरोध भएको छ । शुक्रबारदेखि भारतले उक्त सडक उद्घाटन गरेर काम थालेपछि त्यसको विरोध भएको हो । यसै विषयलाई लिएर काठमाडौंमा प्रदर्शनहरु भएका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत विभिन्न पार्टी तथा संघसंस्थाले विरोध गरेका छन् ।

740
कारोबार संवाददाता
शुक्रवार, बैशाख २६, २०७७

गामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संघीय संसदमा जेठ २ गते प्रस्तुत हुने भएको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारले आर्थिक वर्ष २०७७-७८ को लागि बजेटका प्राथामिकता तथा सिद्धान्त जेठ २ गते पेश गर्ने कार्यतालिका तय गरेको हो । संसद सचिलायका अनुसार प्रि बजेट छलफल प्रतिनिधिसभामा तीन दिन र राष्ट्रियसभामा दुई दिने हुने छ । प्रतिनिसभामा बैशाख २८, २९ र ३० गते तथा राष्ट्रियसभामा २८ र २९ गते हुनेछ । त्यस्तै सरकारले आर्थिक सर्वेक्षण जेठ १३ गते पेश गर्नेछ ।

503
कारोबार संवाददाता
बुधवार, बैशाख २४, २०७७

इलाममा ससस्त्र प्रहरी एवम् नेपाल प्रहरीको संयुक्त टोली र विप्लव समूहका कार्यकर्ताबीच सोमबार राति भिडन्त भएको छ । जिल्लाको माई नगरपालिका–९ बोरुङ भन्ने स्थानमा पुगेको संयुक्त टोलीमाथी विप्लवका कार्यकर्ताले हवाई फायर गरेपछि दोहोरो भिडन्त भएको हो । राति करिब १२ बजे उनीहरुलाई घेराबन्दी गरेपछि विप्लव कार्यकर्ताले गोली चलाएको र भिडन्त भएको ससस्त्र प्रहरी बलका केन्द्रिय प्रवक्ता तथा उपमहानिरिक्षक प्रविनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार ससस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीमाथी गोली प्रहार भएपछि ससस्त्र प्रहरीले पनि जवाफी सात राउण्ड गोली चलाएको थियो ।

1517
कारोबार संवाददाता
सोमवार, बैशाख २२, २०७७

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकार एक अर्काका पूरकका रुपमा रहेको बताएका छन् ।

532
कारोबार संवाददाता
शुक्रवार, बैशाख १९, २०७७

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले कोरोना महामारी पछिको लकडाउनको कारण जलविद्युत् आयोजनाहरुमा बढ्ने ब्याजको भार नपर्ने गरी राहत ल्याउन माग गरेका छन् ।

624
कारोबार संवाददाता
शुक्रवार, बैशाख १९, २०७७

जापान सरकारको राष्ट्रिय उत्कृष्ट विभूषणबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल विभूषित हुने भएका छन् । नेता पौडेल जापानको ग्राण्ड कोरडोन अफ दि अर्डर अफ दि राईजिङ सन नामको यो विभूषण प्राप्त गर्ने पहिलो नेपाली नागरिक हुन् । समाचारअनुसार जापानको यो उत्कृष्ट विभूषणबाट सम्मानित हुनेमा माईक्रोसफ्टका प्रमुख बिल गेट्स समेत रहेका छन् । जापानले देश र जनताको लागि गर्दै आएको सेवाको मूल्यांकन गर्दै यो पदक प्रदान गरेको बताईएको छ ।

1110