कारोबार संवाददाता
बुधवार, पुष २६, २०७४

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको बैंकक जाँदैछन् । उनी आज मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक जाने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

1221
कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४

नेकपा एमालेले माओवादी केन्द्रसँग पार्टी एकताका लागि बाँडफाँड र वैचारिक मतभेद टुंगो लगाउन कार्यदल बनाउने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

1253
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रदेशको अस्थायी राजधानी नतोक्ने सरकारको निर्णय बेइमानीपूर्ण भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उपाध्यक्ष रावलले सरकार आफ्नो कर्तव्यबाट पछि हटेको आरोप लगाए ।

904
तीर्थराज बस्नेत
सोमवार, पुष २४, २०७४

संविधानअनुसार अबको १९ दिनभित्रै सात वटा प्रदेशले मुख्यमन्त्री पाउने भएका छन् । गएको मंसिर १० र २१ गते भएको प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा पहिलो पटक संघीयता कार्यान्वयन भएको छ । जसअनुसार सातवटै प्रदेशमा सरकार गठन हुन लागेको हो ।

1234
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार २ सय ९९ रुपैयाँ खर्च भएको छ । खर्च गरिएको रकममध्ये ४ अर्ब ८६ करोड १४ लाख ६८ हजार ६०८ रुपैयाँ ७७ जिल्लामा निकासा भएको छ भने आयोगको केन्द्रीय कार्यालयबाट ७६ करोड ६ लाख ७८ हजार ६९१ रुपैयाँ खर्च भएको तथ्यांक छ ।

1054
कारोबार संवाददाता
आइतवार, पुष २३, २०७४

प्रदेश नम्बर २ को राजधानी वीरगन्जलाई बनाउनुपर्ने मागसँगै शुक्रबार सुरु भएको रिले अनशन शनिबार दोस्रो पनि जारी रह्यो । नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका युवाहरूले सुरु गरेको आन्दोलनमा विभिन्न संघसंस्थाले पनि ऐक्यबद्धता जनाएका छन् । आन्दोलनमा वीरगन्ज उद्योग वाणिज्य संघ, नेपाल चिकित्सक संघ, गैरसरकारी संस्था महासंघ, वीरगन्ज युवा समाजलगायत संघसंस्थाले ऐक्यबद्धता जनाएका हुन् ।

774
कारोबार संवाददाता
आइतवार, पुष २३, २०७४

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो हुने बताएका छन् ।

815
रासस
शुक्रवार, पुष २१, २०७४

प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा वाम गठबन्धनका नेताहरुले ठोस सल्लाह नदिएपछि अब सरकारले आफैं गृहकार्य गरी त्यसबारे निर्णय गर्ने भएको छ ।

1387
कारोबार संवाददाता
बिहिवार, पुष २०, २०७४

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादीबीच पार्टी एकता भएरै छाड्ने दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा नेपालले आवश्यकताअनुसार सबै नेताको व्यवस्थापन गरेर पार्टी एकता गरिने बताए । सानो, प्रभावकारी र चुस्त सांगठनिक संरचना बनाएर पार्टी एकता गर्नुपर्ने विषयमा गृहकार्य भइरहेको उनले जानकारी दिए । ८ करोड सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य २ सय जना, पोलिटब्यूरो सदस्य २१ जना भएको उदाहरण दिँदै उनले नेपालमा पनि सानो कमिटि बनाएर ठूलो काम गर्न सक्ने गरी अघि बढ्नुपर्ने बताए ।

1031
तीर्थराज बस्नेत
बुधवार, पुष १९, २०७४

नेकपा माओवादी केन्द्रले सरकार गठनअघि नै नेकपा एमालेसँग पार्टी एकता गरिसक्नुपर्ने जोड दिएको छ । मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले सरकार गठनअगावै पार्टी एकता गरिसक्नुपर्नेमा जोड दिएको हो ।

1349
कारोबार संवाददाता
मंगलबार, पुष १८, २०७४

बाम गठबन्धनले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम तत्काल सार्वजनिक गर्न माग गरेको छ । सोमबार गठबन्धनका नेताहरुले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर गएको मंसिर १० र २१ गते भएको निर्वाचनको मतपरिणाम तत्काल सार्वजनिक गर्न माग गरेका हुन् ।

985
जगन्नाथ दुलाल
सोमवार, पुष १७, २०७४

२०३३ साल पुस १६ गते नेपाली कांग्रेसका तत्कालिन सभापति वीपी कोइराला मेलमिलापको नीति अख्तियार गर्दै भारत निर्वासनबाट स्वदेश फर्किएका थिए । जतिबेला उनीमाथि फाँसीसम्म हुनसक्ने मुद्दा लगाइएका थिए । देशभित्रैका शक्तिहरू मिल्नुपर्छ भन्दै जोखिम मोलेर स्वदेश आएका उनी विमानस्थलबाटै पक्राउ परेको सोही दिनलाई कांग्रेसले ‘मेलमिलाप दिवस’को रूपमा मनाउने गर्छ ।

1052
रासस
आइतवार, पुष १६, २०७४

वाम गठबन्धनमा आबद्ध दलका अध्यक्षहरुले आफूहरुको एकता र सहकार्यलाई टुटाउने कोसिस भए पनि त्यस्ता प्रयास सफल नहुने बताएका छन् । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तकको विमोचन कार्यक्रममा उनीहरुले स्थायित्य र समृद्धिका लागि आफूहरुको चुनावी तालमेल भएको र जनताले बहुमत दिएकाले त्यसको अवमूल्यन नगरिनेमा जोड दिए । एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले सत्ता लम्ब्याउने तथा सानासाना नियुक्ति र रकम वितरणको काममा अल्झिएकामा आपत्ति जनाउँदै यस्तो खेलमा नलाग्न आग्रह गरे ।

2045
रासस
शुक्रवार, पुष १४, २०७४

राष्ट्रियसभा गठन नभई सरकार गठन लगायतका काम कारबाही नगर्न नगराउन आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोगको कार्यालय लगायतलाई विपक्षी बनाई अधिवक्ता यज्ञमणि न्यौपानेले बिहीबार दायर गरेको निवेदनमा राष्ट्रियसभा गठन नगरी सरकार गठन, प्रधानमन्त्री तथा प्रदेश प्रमुख नियुक्तिलगायतका काम कारबाही नगर्न नगराउन माग गरिएको छ ।

1183
कारोबार संवाददाता
शुक्रवार, पुष १४, २०७४

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रवार (आज) बस्दैछ । सभापति शेरबहादुर देउवाले निर्वाचन परिणाम र वर्तमान राजनीतिक गतिरोधबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।बैठक बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

1225