कारोबार संवाददाता
मंगलबार, कार्तिक २६, २०७६

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका केन्द्रीय निकाय तथा आयोगको नेतृत्व चयन गरेको छ । सोमबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सचिवालय बैठकले विभिन्न निकायको नेतृत्व टुंगो लगाएको हो ।

323
कारोबार संवाददाता
मंगलबार, कार्तिक २६, २०७६

भारतले जारी गरेको नयाँ नक्साको विरोधमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव समूहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो त्रिचन्द्र कलेज क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । विप्लव समूहले त्रिचन्द्र कलेजबाट प्रदर्शन सुरू गरेर भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको थियो ।

326
अनुपमा खनाल
आइतवार, कार्तिक २४, २०७६

गोरखाका संघीय सांसदहरुले जिल्लाको विकास निर्माणका काममा भएको ढिलाइप्रति असन्तुष्टि जनाएका छन् । जिल्ला प्रशासन कार्यालयमा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुसँग केही दिनअघि भएको छलफलमा उनीहरुले जिल्लाको विकास निर्माणका काममा भएको ढिलाइप्रति असन्तुष्टि जनाएका हुन् ।

210
कारोबार संवाददाता
आइतवार, कार्तिक २४, २०७६

लमजुङको सुन्दरवजारमा उपनिर्वाचनको सारगर्मी बढेसँगै सुन्दरवजार–२, का कार्यवहाक वडा अध्यक्ष जगतबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् । कार्यबहाक वडा अध्यक्ष खड्काले नगर प्रमूख जनकराज मिश्र समक्ष शुक्रबार अपरान्ह राजीनामा पत्र बुझाएका हुन् । गत स्थानीय तह निर्वाचनमा साविक नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित खड्काले राजनितिक असन्तुष्टिका कारण पदबाट राजीनामा दिएको प्रतिक्रिया दिएका छन् ।

220
कारोबार संवाददाता
आइतवार, कार्तिक २४, २०७६

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नम्बर २ नेपालमा नरहेको जस्तो संघीय सरकारले दुव्र्यवहार गरेको आरोप लगाएका छन् । शनिबार जनकपुरमा नेपाल साहित्य उत्सवले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले संघ सरकारको द्वैध चरित्रका कारण प्रदेश नम्बर २ नेपाल भित्र छ कि छैन भन्नेमा शंका लागिरहेको बताएका हुन् ।

182
किरण कर्ण
आइतवार, कार्तिक २४, २०७६

नेपाल साहित्य उत्सव जनकपुरधाम संस्करणमा चुरेको चिन्ता माथि बहस गरिएको छ । उत्सवमा चुरेको चिन्ता शिर्षकमा आयोजित सेशनमा पूर्व राष्टपति डा. रामवरण यादव र पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल चुरे विनाश भईरहेको प्रति चिन्ता व्यक्त गरेका हुन् । पूर्व राष्टपति यादवले चुरे विनाश भईरहेकै कारण देशभरी प्राकृति विपति, मरुभूमि करण बढीरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

143
कारोबार संवाददाता
सोमवार, कार्तिक २५, २०७६

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । ठगीको आरोप लागेपछि उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।

301
रासस
सोमवार, कार्तिक २५, २०७६

आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेश सभा (क) मा हुने उपनिर्वाचनमा यसपटक पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । गाविस हुदाँदेखि नै तत्कालीन एमालेको पकड रहेको यो क्षेत्रमा गत प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा (एमाले)का उम्मेदवार हरिशरण लामिछाने विजयी भएका थिए । मष्तिस्कघातका कारण लामिछानेको निधन भएपछि यस क्षेत्रमा रिक्त रहेको प्रदेशसभा सदस्यमा उपनिर्वाचन हुने भएको हो ।

365
कारोबार संवाददाता
सोमवार, कार्तिक २५, २०७६

कास्की–२ को उपनिर्वाचनमा २१ जना उमेदवारले भाग लिने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय, कास्कीले २१ जना उमेदवार कायम भएको जानकारी दिएको छ ।२१ गतेको मनोनयनमा २२ जनाको उमेदवारी दर्ता भए पनि एकजना स्वतन्त्र उमेदवारले भने उमेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार स्वतन्त्र उमेदवार पुरुषोत्तम खनालले उमेदवारी फिर्ता लिएका हुन् । आइतबार दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय राखिएकोमा खनालले मात्र फिर्ता गरेको कार्यालयले जनाएको छ ।

232
कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६

सुदूरपश्चिम प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले पदभार ग्रहण गरेकी छन् । बुधबार साँझ धनगढी पुगेकी पन्तले बिहीबार प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन् । उनको स्वागतमा नेपाली सेनाले सलामी दिएको थियो भने प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत मन्त्री, सांसद् र कर्मचारीहरूको स्वागत गरेका थिए ।

422
कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६

भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि परेको भन्दै नेपालभित्र तीव्र विरोध भइरहेका बेला भारत सरकारको औपचारिक प्रतिक्रिया आएको छ । भारतले दुई देशबीचको सीमानामा कुनै परिमार्जन नगरिएको दाबी गरेको छ । भारतको विदेश मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी नयाँ नक्सामा नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नभएको दाबी गरेको हो ।

452
दीननाथ बराल
शुक्रवार, कार्तिक २२, २०७६

कास्की क्षेत्र नं. २ प्रतिनिधि सभा उप–निर्वाचनमा जिल्लाका १४ वटा राजनीतिक दलसहित २५ जनाको उमेदवारी परेको छ । मंसिर १४ गते हुने उपनिर्वाचनमा ११ स्वतन्त्रसहित २५ जनाको उमेदवारी परेको जिल्ला निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले बताए । जिल्ला निर्वाचन कार्यालय कास्कीमा बिहीबार विभिन्न बाजा गाजा सहितको हजारौंको जुलुस सहित नेकपा, कांग्रेसलगायतका पार्टीका उम्मेदवारसहित २५ जनाले मनोनयन दर्ता गराएका हुन् ।

404
कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६

निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न रिक्त पदका लागि आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा गरेर कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी गराएको छ । उपनिर्वाचनको तयारीबारे जानकारी दिन आयोगको मिडिया सेन्टरमा बुधबार आयोजित पत्रकार भेटघाटमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित हुने जनप्रतिनिधि र मतदाताको संख्याका हिसाबले त्यति ठूलो नभए पनि उपनिर्वाचनले निकै ठूलो राजनीतिक अर्थ र महत्व बोकेको बताए ।

332
कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६

सरकारले केही दिनअघि नियुक्त गरेको प्रदेश–३ का प्रदेश प्रमुख विष्णु प्रसाईंले पदभार ग्रहण गरेका छन् । प्रदेश राजधानी हेटौंडामा बुधबार दिउँसो एक कार्यक्रमका बीच प्रसाईंलाई स्वागत गरिएको थियो । स्वागतपछि हेटौंडा–१०, बसपार्क नजिकै रहेको प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरेका थिए ।

337
कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६

कास्की क्षेत्र नं. २ प्रतिनिधिसभा उपनिर्वाचनमा नेपाली कांग्रेसले पनि उमेदवारको टुंगो लगाएको छ । कास्की कांग्रेसले जिल्लाबाट पठाएको १६ जनाको नामबाट कास्कीका पुराना नेता खेमराज पौडेललाई केन्द्रले उमेदवार छनौट गरेको हो । पोखरा–२२ पुम्दी भुम्दीका पौडेल लामो समयदेखि कांग्रेसमा लाग्दै आएका छन् । सामाजिक सञ्जालमा यसअघि धनराज गुरुङ कास्कीबाट उमेदवार हुने चर्चा भएसँगै धनराजले आफू नउठ्ने इच्छा जनाएका थिए ।

424