कारोबार संवाददाता
बुधवार, जेठ २१, २०७७

राष्टिय प्रजातन्त्र पार्टीले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अपनाएको लकडाउनको दुई महिनाभन्दा बढिको समयमा अपनाउनुपर्ने अन्य उपाय, योजना र व्यवस्थापन पक्षलाई उपेक्षा गरेकोले कोरोना संक्रमणले देशमा विकराल स्थिति सिर्जना गरेको जनाएको छ ।राप्रपाका तीनै अध्यक्ष पशुपतिशमशेर राणा, कमल थापा र डा.प्रकाशचन्द्र लोहनीले लकडाउनको समयको उपयोग गरेर नेपाल सरकारले कोरोनाविरुद्ध औषधी उपलब्धी, भण्डारण र व्यवस्थापनमा लापरवाही गरेको भन्दै औषधी खरिदमा भएको भ्रष्टाचारलाई पनि छोप्ने प्रयासले जनतामा निरासा र आक्रोश दुवै बढेर गएको जनाएका छन् ।

257
कारोबार संवाददाता
सोमवार, जेठ १९, २०७७

प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक पेश भएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभाको आइतबारको बैठकमा उक्त विधेयक पेश गरेकी हुन् । सरकारले हालै भारतले अतिक्रमण गरेको भूमि समावेश गरेर नयाँ नक्सा प्रकाशित गरेको थियो । उक्त नक्सालाई संवैधानिकता दिन संविधान संशोधन गर्न लागिएको हो ।

557
कारोबार संवाददाता
आइतवार, जेठ १८, २०७७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्झौता संसद्ले अनुमोदन गरेपछि त्यससँग सम्बन्धित बजेट र कार्यक्रम अघि बढाउने समझदारी भएको छ । नेकपाभित्र एमसिसी सम्झौताका कतिपय प्रावधान राष्ट्रिय हितविपरित भएकाले त्यसलाई परिमार्जन गरेर पारित गर्न आवाज उठेपछि झण्डै एक वर्षदेखि उक्त सम्झौता अनुमोदनको विषय प्रतिनिधिसभामा विचाराधीन छ ।

577
कारोबार संवाददाता
बिहिवार, जेठ १५, २०७७

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन शुरु हुनासाथ अवरुद्ध भएको छ । प्रदेश सभाको बुधबार बोलाइएको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादीले भारतद्वारा अतिक्रमित गरिएको भूमिको विषयमा अवरोध गरेका हुन् । हिउँदे अधिवेशनमा नेपाली कांग्रेसले दर्ता गराएको लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्बन्धी संकल्प प्रस्तावमा छलफल गर्नुपर्ने, आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई विवादित भूमि भनेको फिर्ता लिई माफी माग्नुपर्ने लगायतको माग गर्दै कांग्रेस र राजपाका प्रदेश सभा सदस्यहरुले बुधबार बैठक शुरु हुने वित्तिकै अवरोध गरेका थिए ।

491
कारोबार संवाददाता
बिहिवार, जेठ १५, २०७७

राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान सशोधनसम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने भएको छ । पार्टी अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीको बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकले निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख धु्रवबहादुर प्रधान र भास्कर भद्राद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

480
कारोबार संवाददाता
बिहिवार, जेठ १५, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा भएको घटनाबारे गहिरो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । संघले घटनाको कडा निन्दा पनि गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले उक्त घटना दलित समूदायका लागि मात्रै नभएर सम्पूर्ण मानव समूदायका लागि अत्यन्तै दुःखद् एवम् अमानवीय घटना भएको पनि बताएको छ ।

364
कारोबार संवाददाता
बुधवार, जेठ १४, २०७७

प्रतिनिधि सभा सदस्य सूर्य बहादुर केसीले सांसद विकास कोषको रकमलाई कोरोनाबिरुद्ध स्वास्थ्य क्षेत्रमा खर्च गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य, उद्योगपति समेत रहेका सांसद केसीले विभिन्न कारणले गर्दा खर्च कम भएकोले कोरोना बिरुद्ध लड्न कोषको रकमलाई पनि खर्च गर्न आग्रह गरेका हुन् ।

432
कारोबार संवाददाता
बुधवार, जेठ १४, २०७७

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशैभरका पत्रकारहरूलाई कोरोना संक्रमणको जोखिमबाट बच्न सुरक्षा सामग्रीको व्यवस्था गर्न माग गरेका छन् । नेपाल प्रेस युनियनले स्थापना दिवसमा गरेको कार्यक्रममा सभापति देउवाले कोरोना महामारीमा रिपोर्टिङमा खटिएका पत्रकार जोखिममा रहेको भन्दै देउवाले पत्रकारका लागि सुरक्षा सामग्री व्यवस्थापन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

364
कारोबार संवाददाता
बुधवार, जेठ १४, २०७७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले प्रधानमन्त्री केपी ओली धेरै व्यस्त र असाधारण विशेषज्ञ भएकोले सरकारले कोरोना महामारीविरुद्ध ठोस तयारी नगरेको टिप्पणी गरेका छन् । ‘कति नेपाली मरे, कति संक्रमित भए प्रधानमन्त्रीलाई ठ्याक्क थाहा छैन । उहाँ धेरै व्यस्त हुनुहुन्छ । छिमेकको भाइरस कति कडा भनेर जाँच्नु छ, उखान टुक्का झार्नु छ, पार्टीभित्रको विरोधीसँग लड्नु छ, सुरक्षित बस्नु छ,’ अध्यक्ष राणाले मंगलबार भने, ‘६२ दिन निःशर्त घर बन्दमा बसेका देशबासीलाई गरिनेछ, हुनेछ भने भइहाल्यो ।’

383
कारोबार संवाददाता
मंगलबार, जेठ १३, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रका नाममा सोमबार सम्बोधन गर्नुहुँदै उनले यो महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक कार्य गरिरहेको बताए ।

349
कारोबार संवाददाता
मंगलबार, जेठ १३, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा जाने पैसा रोक्न दबाब दिएको छ । पूर्वअर्थमन्त्री डा.रामशरण महतको सयोजकत्वमा गठित विशेष समितिले आइतबार एक प्रतिवेदन सार्वजनिक गर्दै सांसदका नाममा हरेक निर्वाचन क्षेत्रमा जाने पैसा रोक्न सुझाव दिएको हो ।

751
कारोबार संवाददाता
बुधवार, जेठ ७, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्शा, निशान छाप र प्रतीक चिह्नसहितको व्यवस्थाका लागि संविधान संशोधन प्रस्ताव चाँडै संसदमा ल्याइने बताएका छन् ।

443
कारोबार संवाददाता
बुधवार, जेठ ७, २०७७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले निशान छापमा लिम्पियाधुरा समावेश गर्ने, त्यस भेगमा सेना तैनाथ गर्ने र सरकारी कार्यालय खडा गरी स्थानीय जनतालाई विशेष सुविधा दिनु पर्ने मत सार्वजनिक गरेका छन् । ‘सन् १८१६ मा बेलायतसँग भएको नेपालको सन्धिबमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि हो,’ अध्यक्ष लोहनीले सामाजिक संजालमा सन्देश जारी गर्दै मंगलबार भनेका छन् ।

661
कारोबार संवाददाता
मंगलबार, जेठ ६, २०७७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भारतीय सेनाप्रमुखले नेपाल कसैको इशारामा चलेको भन्नु आपत्तिजनक भएको बताएका छन् । जनरल मनोज मुकुन्द नराभनेले लिपुलेक समस्याबारे दिएको अभिव्यक्तिले दुई देशबीचको मित्रतामा सघाउ नपुग्ने अध्यक्ष लोहनीले सोमबार ट्वीट गर्दै बताएका हुन् ।

591
कारोबार संवाददाता
आइतवार, जेठ ४, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराएको छ । शनिबार बसेको काँग्रेस संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव हालेको छ । संशोधन प्रस्तावमा प्रस्तावक काँग्रेसका छाया सरकारका अर्थमन्त्री मिनेन्द्र रिजाल र समर्थक सचेतक पुष्पा भुसाल र सांसद संजय गौतम रहेका छन् । सरकारले कोराना संकटका बेला नीति तथा कार्यक्रम ल्याउँदा प्राथमिकता नै पहिचान गर्न नसकेको बैठकले निष्कर्ष निकालेको छ ।

392