कारोबार संवाददाता
बुधवार, बैशाख ३१, २०७७
531

संघीय संसद् सचिवालयले सांसदहरुलाई एकान्तबासको नियमहरु पालना गर्न अनुरोध गरेको छ । सचिवालयले १३ बुँदे नियम जारी गर्दै सांसदहरुलाई बैठकपछि घरमा गई एकान्तबासको नियमहरु पालना गर्न अनुरोध गरेको हो ।
यसैगरी, सदन वा समितिको बैठकमा आउँदा अत्यावश्यक सहयोगी र सुरक्षाकर्मी बाहेकलाई नल्याउन अनुरोध गरिएको छ । सांसदका सहयोगी र सुरक्षाकर्मीलाई आ–अफ्नै गाडीभित्र बस्न अनुरोध गरिएको छ ।

संसदमा प्रवेश गर्दा साबुनपानीले हात धोएर प्रवेश गर्न आग्रह गरिएको छ भने संसदभित्र प्रवेश गर्दा वा बाहिरिँदा छुटाछुटै द्वारबाट प्रवेश गर्न आग्रह गरिएको छ ।
तोकिएको कुर्सीमा बस्न, संसदभित्र मास्क प्रयोग गर्न, हल र लवीमा समाजिक दूरी कायम गर्न सांसदहरुलाई सचिवालयले आग्रह गरेको छ । यसैगरी चमेना गृह प्रयोग गर्दा एक पटकमा एउटा टेबलमा एक जना मात्र बस्न सचिवालयले आग्रह गरेको छ ।