कारोबार संवाददाता
सोमवार, माघ १३, २०७६
514

प्रतिनिधिसभाको रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एकमात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गरेका हुन् । प्रतिनिधिसभाको रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एकमात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गरेका हुन् । बैठकमा सभामुखको उम्मेदवारको सूचनासम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पारदर्शिता र जवादेहिताका आधारमा सदनका काम कारवाहीमा जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यसमा सिङ्गो संसद्लाई विश्वासमा लिएर काम गर्ने विश्वासका साथ सापकोटालाई प्रस्ताव गरिएको बताए । बैठकमा उनको विकल्पमा अरू कुनै उम्मेदवारी नपर्नुले आफूहरुको चयन उपयुक्त रहेछ भन्ने देखिएको उनले बताए । प्रस्तावमाथि सोही पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङ र ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए । पूर्वसभामुख घर्तीले भने, “सापकोटाको एकमात्र उम्मेदवारी पर्नुले सहमतिको वातावरण बनेको छ,  शान्ति प्रक्रियाका बाँकी काम तथा राष्ट्रिय मामिलाका विषयमा काम गर्न सहज हुनेछ ।” तीन दशक लामो शैक्षिक क्षेत्रमा अनुभवका साथै जनयुद्ध र शान्ति प्रक्रियामा भूमिका निर्वाह गरेकाले सापकोटाको उम्मेदवारी उपयुक्त भएको उनले बताइन् । सांसद घर्तीले भनिन्, “उहाँमा सांसद र मन्त्रीको समेत अनुभव छ, उहाँ राजनीतिमा इमान्दार र निष्ठावान नेता हुनुहुन्छ । भोलिका दिनमा प्रतिनिधिसभालाई तटस्थ, सन्तुलित र जनपक्षीयरुपमा कुशल नेतृत्व दिनुहुनेछ भन्ने मेरो विश्वास छ ।”प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका डा मीनेन्द्रप्रसाद रिजालले सापकोटालाई सत्तारूढ दलको यथेष्ट मत रहेको र आफ्नो उम्मेदवार तोकिसकेको स्थितिमा सभामुख तटस्थ रहनुपर्ने व्यक्ति भएकाले आफ्नो पार्टीले उम्मेदवारी नदिने निर्णय संसदीय दलको बैठकले गरेको जानकारी दिए । “आफूहरुले उपसभामुख पद पाउनका लागि सभामुखमा उम्मेदवारी नदिएको होइन । संविधानले दुई पदमा फरक फरक पार्टीका उम्मेदवार हुनुपर्ने उल्लेख गरेकाले त्यसमा सत्तापक्षले नै विचार गर्ला तर हामी उपसभामुखका लागि हातमा कमण्डलु लिएर हिँडेका छैनौँ । सभामुखका उम्मेदवारका बारेमा आज उत्पन्न आशङ्का मेट्न भोलिका दिनमा आश्वस्त हुने गरी काम गर्न सक्नुहोस् । हामी सहयोग गर्न तयार छौँ,” उनले भने । रिजालले व्यक्तिका विषयमा काँगे्रसको समर्थन र विरोध नरहेको पनि स्पष्ट गर्दै जनाउँदै विधिको शासन र लोकतान्त्रिक चरित्रका आधारमा जनता र संसद् सदनप्रति उत्तरदायी हुनुपर्छ भन्नेमा ध्यानाकर्षण गराए । 
यही माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले आजका लागि निर्वाचनको मिति निर्धारण गरेको थियो । सो दिनको बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले भएको राजीनामाबारे बैठकलाई जानकारी गराएकी थिइन् । तत्कालीन सभामुख कृष्णबहादुर महराले महिलामाथिको यौन दुव्र्यवहारको विवादपछि गत असोज १५ गते सो पदबाट राजीनामा दिएका थिए । प्रतिनिधिसभाको अर्काे बैठक यही माघ १४ गते दिउँसो १ बजे बस्नेछ ।

‘जनता र सांसदको आवाज उठाउने मञ्च बनाउनुपर्छ’सत्तापक्ष र विपक्षी दलका नेताहरुले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई जनता र सांसद्को आवाज उठाउने मञ्चका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा सभामुखको निर्वाचनपछि पत्रकारसँग कुरा गर्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सांसद हुने योग्यता नै सभामुख हुने योग्यता भएको उल्लेख गर्दै सापकोटाले शिक्षकको समेत लामो समय अनुभव सम्हालेकाले सभामुखको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नसक्ने जनाए । नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपालले सभामुख सापकोटाले निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्नसक्ने अपेक्षा व्यक्त गरे । नेता नेपालले विभिन्न माध्यमबाट प्राप्त सुझाव र प्रतिक्रिया तथा आलोचनालाई समेत आत्मसात् गरेर अघि बढ्न सुझाव दिए । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले सभामुखको भूमिकामा निर्वाचित सापकोटाले लोकतान्त्रिक मूल्यमान्यतालाई कायम गर्ने अपेक्षा व्यक्त गरे । सभामुखले सरकारलाई संसद्प्रति जवाफदेही बनाउँदै प्रतिपक्षी र जनताका आवाजलाई यथेष्ट समय दिने काम गर्न तथा निष्पक्ष र सन्तुलितरूपमा नेतृत्व गर्ने काममा आफ्नो पार्टीले सहयोग गर्ने उनले उल्लेख गरे । उपसभामुखमा कांग्रेसले दाबी गर्छ कि गर्दैन ? भन्ने प्रश्नमा उनले सभामुख र उपसभामुखमा फरकफरक दल हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले त्यसबारे आफूहरुले पछि निर्णय गर्ने जनाए । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सभामुख सर्वसम्मतरूपमा चयन हुनु सकारात्मक भएको उल्लेख गर्दै उपसभामुखका लागि सत्तारूढ दलले जसलाई दिन चाहन्छ त्यही हुने बताए । सङ्घीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सापकोटा बौद्धिक व्यक्तित्वसमेत रहनुभएको र जनयुद्धकालमा सहकार्य रहेको उल्लेख गर्दै कार्यकाल सफलताको कामना गरे । 
शपथ ग्रमण आजप्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटको शपथ सोमबार बिहान हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा उनले शपथ लिने कार्यक्रम तय भएको छ ।  प्रतिनिधिसभाको आइतबारको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।  नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट सभामुखले शपथ लिनेछन् ।बक्ससापकोटाविरुद्धको रिटमा आज सुनुवाइनेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटालाई सभामुख निर्वा्चित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आइतबार हेर्न नमिल्ने भएपछि सोमबार (आज)का लागि पेसी तोकिएको छ । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा पेसी तोकिएको थियो तर सर्वोच्च अदालतकोे न्यायाधीश हुनुअघि सापकोटा विरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेको हुनाले मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही माघ १० गते दायर गरेको निवेदनमा संविधान एवं कानूनको गम्भीर उल्लङ्घन हुने जनाउँदै सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वाचन नगर्न माग गरिएको थियो । निवेदनमा सापकोटालाई सभामुखमा निर्वाचित गरिएमा पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने एवं प्रतिनिधिसभा पूर्णरूपमा अमर्यादित हुने भई अपूरणीय क्षति पुग्ने जिकिर गर्दै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजलाई कार्य नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ ।