कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६
160

आगामी मङ्सिर १४ को उपनिर्वाचनका लागि भक्तपुर– १ को प्रदेशसभामा साझा पार्टीले सुरज प्रधानलाई उमेदवार तोकेको छ । साझा पार्टी भक्तपुर जिल्ला संयोजकका रूपमा सक्रिय प्रधानलाई भक्तपुर– १ को प्रदेशसभाको उमेदवार बनाउने निर्णय गरेको पार्टीले जनाएको छ ।
समाजसेवा र वातावरण अभियानकर्ताको रुपमा क्रियाशील प्रधान वातावरणमैत्री ईट्टा उत्पादकका रूपमा परिचित छन् । पद्धति, पारदर्शिता, इमान्दारी र उत्कृष्टताको चार खम्बामा अडिग रहेर राजनीतिक जिम्मेवारी वहन गर्न प्रतिवद्ध भएकैले प्रधानलाई उमेदवार तोकिएको र निर्वाचित भएमा पूरै तलब आफ्नो निर्वाचन क्षेत्रभित्र कल्याणकारी गतिविधिमा खर्चने पूर्वघोषणा गरेको पार्टीले जनाएको छ ।