कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६
168

स्वास्थ्यमा अचानक समस्या आएपछि बुधबार बिहान धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ डिस्चार्ज भएका छन् । ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीको मृगौलाको डायलाइसिस सकिएकाले डिस्चार्ज गर्ने निर्णय भएको जानकारी दिए ।
“प्रधानमन्त्री केपी शर्मा ओलीको डायलाइसिस सकिएको छ । उहाँलाई आज डिस्चार्ज गर्ने निर्णय भएको छ,” अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा पाण्डेले भने । दुई दिनमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस भएको बताइएको छ । ओलीलाई भेट्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल, रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा नेताहरु भीम रावल तथा नारायणकाजी श्रेष्ठ अस्पताल पुगेका थिए ।