कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
461

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले बिहीबार साँझ मसाल जुलुस निकालेको छ । कांग्रेसप्रति सरकारका अभिव्यक्ति गैरजिम्मेवार भएको, विषादी परीक्षण नगरी तरकारी भित्र्याउन लागिएको भन्दै नेविसंघले मसाल जुलुस निकालेको हो ।
नेविसंघका पूर्वसहमहामन्त्री बलदेव तिमल्सिनाको नेतृत्वमा ओम अस्पताल अगाडिबाट निस्किएको मसाल जुलुस चाबहिल चोकसम्म पुगेको थियो । नेविसंघका पूर्वमहामन्त्री कुन्दन काफ्लेले घोषणा गरेको पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत मसाल जुलुस निस्किएको हो । उपत्यकाका ११ स्थानमा बिहीबार साँझ जुलस निकालेको नेविसंघले जनाएको छ ।