कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६
298

पोखरा- मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित सांसद राजिव गुरुङ अर्थात् दीपक मनाङे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेसँगै गण्डकी प्रदेशमा नेकपाको दुइतिहाई बहुमत पुगेको छ । मनाङे नेकपा प्रवेश गर्नुअघि ६० प्रदेश सांसद रहेको गण्डकीमा नेकपाका ३९ प्रदेश सभा सदस्य थिए । मनाङे प्रवेशसँगै दुइतिहाई बहुमत पु-याएको नेकपा ४० प्रदेश सभा सदस्यसहित सत्तासीन छ । नेकपामा नवप्रवेशी सांसद मनाङेलाई प्रदेश मुख्यमन्त्री तथा नेकपा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले बिहीबार अबिर र माला लगाएर पार्टीमा भित्र्याएका थिए ।