कारोबार संवाददाता
आइतवार, असार ८, २०७६
412

सत्तारुढ दल नेकपाको केन्द्रीय सचिवालय बैठक कुनै निर्णय नगरी स्थगित भएको छ । मुस्लिम समुदायको रमदानसम्बन्धी कार्यक्रममा अध्यष केपी शर्मा ओली जानुपरेकाले बैठक स्थगित गरिएको हो ।
अर्काे बैठकको मिति तय गरिएको छैन । प्रम ओलीले बोलाएपछि बैठक हुनेछ । शनिबारको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न विषयमा सचिवालय सदस्यहरुलाई जानकारी दिएका थिए ।

यसअघि प्रधानमन्त्री ओलीको युरोप भ्रमणअघि बैठक बसेको थियो । तर, केन्द्रीय सदस्यहरूको कार्य विभाजन टुंग्याउन सकेको थिएन । शनिबारको बैठकमा पनि पुरानै एजेण्डामा छलफल भएको थियो ।
बैठकमा स्थायी कमिटीको बैठक बोलाउनेबारे पनि छलफल भएको थियो । नेकपामा गत पुस १३ यता स्थायी कमिटीको बैठक बसेको छैन । केन्द्रीय कमिटीको बैठक त शपथ ग्रहणपछि एकपटक पनि बसेको छैन ।