भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा भाग लिन बिहीबार अपरान्ह नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश सचिवले स्वागत गरेका छन् ।
ओलीलाई स्वागत गर्न भारतीय विदेश मन्त्रालयका सचिव गितेश शर्मासहित नेपाली राजदूत निलाम्बर आचार्य र नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी विमानस्थल पुगेका थिए ।
शपथग्रहण कार्यक्रममा भाग लिन भुटान, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्याण्ड, कीर्तिस्तान तथा मौरिससका सरकार प्रमुख पनि दिल्ली पुगेका छन् । ओली शुक्रबार (आज) स्वदेश फर्कनेछन् ।