Logo

गुटको राजनीति छोडौंः वरिष्ठ नेता पौडेल

बैतडी- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुटबन्दीको अन्त्य हुनुपर्ने बताएका छन् । कांग्रेसको राष्ट्रिय जनजागरण अभियानका लागि यहाँ आइपुगेका वरिष्ठ नेता पौडेलले आइतबार पाटनमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी एक भएको सन्देश जागरण अभियानले दिइसकेको र जागरण अभियानपछि पार्टीमा कुनै गुटबन्दी नदेखिने बताए ।
कांग्रे्रेस बिपी कोइरालाको सिद्धान्तअनुसार अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । नेता पौडेलले बिपीको सिद्धान्तलाई व्यवहारमा उतार्नुपर्ने बताए । उनले भने, “बिपीको नाम जपेर मात्रै हुँदैन, सबै जागरुक हुनु जरुरी छ ।” जागरण अभियानले कांग्रेसलाई बलियो बनाउने नेता पौडेलले उल्लेख गरे । अभियानले कार्यकर्ता अनुशासित र मर्यादित हुने पौडेलले विश्वास व्यक्त गरे ।
सञ्चारमाध्यमले सरकारका गतिविधि बाहिर ल्याइराखेकाले सरकार मिडिया काउन्सिल विधेयक पास गर्न लागि परेको नेता पौडेलको आरोप थियो । उनले भने, “कांग्रेसले कुनै पनि हालतमा मिडिया काउन्सिल विधेयक पास गर्न दिँदैन ।”

प्रतिक्रिया दिनुहोस्