कारोबार संवाददाता
आइतवार, जेठ १२, २०७६
383

भक्तपुर-नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकारका प्रधानमन्त्री संघीयता बिफल पार्न सक्रिय रहेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले प्रदेश र स्थानीय सरकारलाई संबिधान बिपरित गएर केन्द्रिय सरकारको इकाइ हो भन्नुले संघीयता बिरोधको आक्रोश प्रष्ट पारेकोे बताए । पौडेलले बिगतमा एक राजा मात्र रहेता पनि हाल धेरै राजाहरुको जन्म भएको भन्दै बिगतका राजा र हालको राष्ट्रपतिमा कुनै भिन्नता पाउन नसकेको बताए ।
नेता पौडेललले सिंहदरवारको अधिकार गाउँ गाउँमा नभएर सिंहदरवारनै गाउँमा पुगेको जनप्रतिनिधिहरुले गरेको भ्रष्टाचारले प्रमाणीत गरिदिएको पनि बताए । उनले वर्तमान सरकारका प्रधानमन्त्रीको सर्वसत्तावाद मोहका कारण संघीयता र लोकतन्त्र माथि नै खतरा देखा परकोे बताए ।

लोकतन्त्रमा प्रेसमाथि अंकुस लगाउन गलत रहेको भन्दै पञ्चायतकै शैलिमा आफ्नो गुणगान गाउनेका लागि छुट र बिरोधमा जानेलाई जरिवाना र जेल सजाएको प्रावधान ल्याउन खोज्नुले सरकार लोकतन्त्र विरोधी रहेको बताए । सरकारले बिभिन्न शक्तिशाली निकाय प्रधानमन्त्रीको मातहतमा ल्याउन खोज्नु गलत अभ्यास भएको र यसले वर्तमान सरकारका प्रधानमन्त्रीको शक्ति सञ्चयको मोह स्पष्ट देखा परेको उनको भनाइ छ ।
वर्तमान नेकपा सरकारले चुनावमा लगेको घोषणपत्रको धज्जी आफैंले उडाइरहेको समयमा प्रधानमन्त्रीको भाषण र ब्यवहारमा कुनै तालमेल नपाएको र हाल सम्म कुनै बिकासका गतिबिधि नहुनु र पुरानै कामलाई निरन्तरता दिनुले प्रष्टाएको उनको ठहर छ । वर्तमान सरकारका अर्थमन्त्रीले राजश्व अनुसन्धान प्रधानमन्त्रीको मातहतमा आएपछि आर्थिक सुधार आएको भन्नु लज्जाको बिषय रहेको भन्दै अर्थमन्त्रीले आफ्नो मन्त्रलायको सामान्य काम समेत गर्न नसक्ने भए अर्थ मन्त्रालयको कुनै औचित्य नरहेको जिकिर पौडेलले गरे ।